बिज्ञान तथा प्रबिधि

लामखुट्टे भगाउने टिभि !

काठमाडौं, २९ जेठ । दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी एलजीले लामखुट्टे भगाउने टिभी बनाएको छ। सो नयाँ टिभी सेटको सिरिज हालै सार्वजनिक भएको छ। यस टिभीले लामखुट्टेलाई भगाउने कम्पनीले जनाएको छ । यसमा भएको अल्ट्रासोनीक प्रणालीले लामखुट्टेलाई टाढा राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ। यसमा ध्वनी तरङ्ग प्रविधिको प्रयोग गरिएको छ जसले कुनै प्रकारको हानीकारक रेडिएसन […]

२०७३ जेष्ठ २९ गते, शनिबार

चीनसित पनि जोडियो अप्टिकल फाइबर

काठमाडौँ, २९ जेठ । दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ । गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । ‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले […]

२०७३ जेष्ठ २९ गते, शनिबार

अक्सिजन प्लान्ट बन्दै

काठमाडौँ, २८ जेठ । राप्ती अञ्चल दाङ जिल्लाको तुलसीपुरमा अक्सिजन ग्यास प्लान्ट निर्माण हुने भएको छ । अस्पताललाई आवश्यक पर्ने अक्सिजन ग्यास प्लान्ट निर्माणको काम सुरु गरिएको राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रुद्रमणि शर्माले जानकारी दिए । यो प्लान्ट नेपालमै पहिलोपटक सरकारी अञ्चल अस्पतालले सुरु गर्न लागेको हो । नेपाल सरकारबाट प्राप्त सहयोग रु […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

दमकल केन्द्र निर्माण हुने

काठमाडौँ, २८ जेठ । काठमाडौँ चाबहिलस्थित गङ्गाहिटीमा दमकल केन्द्र निर्माण हुने भएको छ । इटालीको सहयोगमा बनाउन लागिएको उक्त दमकल केन्द्रको निर्माणका लागि गत बिहीबार काठमाडौँ महानगरपालिकासँग सम्झौतासमेत भइसकेको जुद्ध बारुणयन्त्र काठमाडौँका प्रमुख किशोरकुमार भट्टराईले बताए । प्रमुख भट्टराईका अनुसार उक्त दमकल केन्द्र निर्माणका लागि रु दुई करोड लाग्ने अनुमान गरिएको छ भने सन् २०१६ […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

मनसुन असार पहिलो साताबाट

काठमाडौँ, २५ जेठ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार यो वर्ष कम्तीमा जुन १७ (असार ३ गते) अघि मनसुन सक्रिय हुन मुस्किल छ । प्रिमनसुनका पहिला दुई महिना मार्च र अप्रिलमा पानी नपरेको तर मे महिनाको मध्यतिरबाट सक्रिय भएको प्रिमनसुनको प्रभाव अझै कायम छ । सोमबार पनि काठमाडौँ उपत्यका लगायतका […]

२०७३ जेष्ठ २५ गते, मंगलवार

वायु प्रदुषणले सिमा नाघ्यो

काठमाडौं, २५ जेठ । काठमाडौंको वायु प्रदुषण विश्व स्वास्थ्य संगठनको मापदन्डभन्दा पाँच गुणा बढी भएको पाइएको छ । सोमबार राजधानीमा गरिएको कार्यक्रममा काठमाडौंको वायु प्रदुषणलाई समयमै नियन्त्रण नगरे काठमाडौंबासीको स्वास्थ्यमा गम्भीर असरपार्ने चेतावनी दिइयो । कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समयमा वायु प्रदुषणका कारण काठमाडौंका अस्पतालहरुमा स्वासप्रश्वास र मुटुरोगीहरुको संख्या उल्लेख्यरुपमा बढेको बताएका हुन् । नेपाल […]

२०७३ जेष्ठ २५ गते, मंगलवार

इन्टरनेट सेवा कर फिर्ता लिन माग

काठमाडौं, २४ जेठ । इन्टरनेट सेवा प्रदायक कम्पनीले आगामी आ .व . को बजेटमा ब्रोडब्यान्ड इन्टरनेट खरिदमा थप कर लगाएको भन्दै विरोध जनाएका छन् । सरकारले एकातिर ‘हात हातमा मोवाइल, घरघरमा इन्टेरट’ को नारा लगाउने तर अर्कोतिर ब्रोडब्यान्ड इन्टरनेट सेवाको कर ५ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाउनु उचित नभएको भन्दै उनिहरुले विरोध जनाएका हुन् । […]

२०७३ जेष्ठ २४ गते, सोमबार

सुंगुरभित्र मानव अंगहरुको विकास गराइदै

काठमाडौं, २४ जेठ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सुंगुरभित्र मानव अंगहरुको विकास गराउने प्रयास थालेका छन । वैज्ञानिकहरुले पाचन ग्रन्थीको निर्माणका लागि सुंगुरको भ्रूणबाट डिएनएका क्रमहरुलाई हटाइरहेका छन् । त्यसको सट्टा अन्य कोषहरु निर्माण गर्ने स्टीम कोष हालिरहेका छन् । त्यसले सुंगुरभित्र मानव पाचनग्रन्थी विकास हुने आशा गरिएको छ । जीन एडिटिङ भनिने यो विधिमार्फत् […]

२०७३ जेष्ठ २४ गते, सोमबार

रोबोटजस्तै स्मार्टफोन !

काठमाडौं, २२ जेठ । जापानको सार्प इलेक्ट्रोनिक्स कम्पनीले रोबोट जस्तै देखिने स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ‘रोबोहन’ (Robohon) नामक फोन बजारमा ल्याएको हो । हाल यसको विक्री जापानमा मात्र गरिने अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यसको मूल्य करिब १ हजार ८ सय डलर पर्ने जनाइएको छ । यस फोनको उचाई ८ इन्च छ […]

२०७३ जेष्ठ २२ गते, शनिबार

विश्वकै लामो र गहिरो रेलवे सुरुङमार्ग सन्चालनमा

काठमाडौं, २२ जेठ । स्वीट्जरल्यान्डमा विश्वकै सबैभन्दा लामो र गहिरो रेलवे सुरुङमार्ग सन्चालनमा आएको छ । करिब दई दशक लगाएर निर्माण गरिएको ५७ किलोमिटर लामो गोथार्ड टनेल हालै सन्चालनमा आएको हो । यो सुरुङको कुनै भाग जमिनको सतहभन्दा २ दशमलव ३ किलोमिटरसम्म गहिरो छ । स्वीस पर्वतको तलबाट जाने यो टनेल उत्तरी र दक्षिणी युरोपलाई […]

२०७३ जेष्ठ २२ गते, शनिबार