वायु प्रदुषणले सिमा नाघ्यो

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं, २५ जेठ । काठमाडौंको वायु प्रदुषण विश्व स्वास्थ्य संगठनको मापदन्डभन्दा पाँच गुणा बढी भएको पाइएको छ । सोमबार राजधानीमा गरिएको कार्यक्रममा काठमाडौंको वायु प्रदुषणलाई समयमै नियन्त्रण नगरे काठमाडौंबासीको स्वास्थ्यमा गम्भीर असरपार्ने चेतावनी दिइयो । कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समयमा वायु प्रदुषणका कारण काठमाडौंका अस्पतालहरुमा स्वासप्रश्वास र मुटुरोगीहरुको संख्या उल्लेख्यरुपमा बढेको बताएका हुन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाअनुसार उपत्यकामा बस्ने हरेक मानिस वायु प्रदुषण्को शिकार भइरहेका छन् । परिषदको अध्ययनअनुसार उपत्यकामा घरभित्रै बस्ने मानिसमा पनि फोक्सो, मुटु, आँखा र छालाका रोगको जोखिम बढेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार