रोबोटजस्तै स्मार्टफोन !

२०७३ जेष्ठ २२ गते, शनिबार

काठमाडौं, २२ जेठ । जापानको सार्प इलेक्ट्रोनिक्स कम्पनीले रोबोट जस्तै देखिने स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ‘रोबोहन’ (Robohon) नामक फोन बजारमा ल्याएको हो । हाल यसको विक्री जापानमा मात्र गरिने अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यसको मूल्य करिब १ हजार ८ सय डलर पर्ने जनाइएको छ । यस फोनको उचाई ८ इन्च छ र पछाडि तर्फ २ इन्चको स्क्रिन लागाइएको छ । सजिलै कुराकानी गर्ने र हिडडुल गर्ने यस रोबोट फोनको अनुहार (फेस) मा एक क्यामरा र प्रोजेक्टर जडान गरिएको छ । यसले ४ जी एलटीई सपोर्ट गर्ने पनि जनाइएको छ । यस रोबोट स्मार्टफोनले प्रयोगकर्ताको आवार र अनुहार पहिचान गर्ने क्षमता राख्छ । साथै प्रयोगकर्ताको निर्देशन अनुसार फोटो पनि खिच्छ । यसका लागि फोन टच गर्नु नपर्ने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार