सुंगुरभित्र मानव अंगहरुको विकास गराइदै

२०७३ जेष्ठ २४ गते, सोमबार

काठमाडौं, २४ जेठ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सुंगुरभित्र मानव अंगहरुको विकास गराउने प्रयास थालेका छन । वैज्ञानिकहरुले पाचन ग्रन्थीको निर्माणका लागि सुंगुरको भ्रूणबाट डिएनएका क्रमहरुलाई हटाइरहेका छन् । त्यसको सट्टा अन्य कोषहरु निर्माण गर्ने स्टीम कोष हालिरहेका छन् ।
त्यसले सुंगुरभित्र मानव पाचनग्रन्थी विकास हुने आशा गरिएको छ । जीन एडिटिङ भनिने यो विधिमार्फत् प्रत्यारोपणका लागि मानव अंगको अभावसँग जुध्न यसले मद्धत गर्न सक्ने विश्वास पनि लिइएको छ । तर मानव कोषहरु विकसित भइरहेको सुंगुरको मस्तिष्कमा सर्न सक्ने भन्दै नैतिक विषयलाई लिएर चिन्ता व्यक्त भएको छ । विश्वविद्यालयको समूह डेभिसले मानव कोषहरुले बनेको एउटा अंग बाहेक अरुले सामान्य सुंगुरले जस्तै व्यवहार गर्नुपर्ने र देखिनुपर्ने बताएको छ ।
सुंगुरको भ्रूणमा हुने आनुवांशिक शून्यताको मानव कोषहरुले फाइदा लिएर मानव पाचनग्रन्थी बनाउन सघाउ पु¥याउने बताइएको छ । तर यो कार्य विवादास्पद बनेको छ । गत वर्ष अमेरिकाको मुख्य चिकित्सा अनुसन्धान संस्था नेसनल इन्स्टिच्युट अफ हेल्थले त्यस्तो प्रयोगका लागि सहायता रकम दिन रोक लगाएको थियो । कुनै किसिमबाट मानव कोष विकासोन्मुख सुंगुरको मस्तिष्कमा सर्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार