बिज्ञान तथा प्रबिधि

सबैभन्दा सानो र टाढाको ग्रह पत्ता लगाएको दाबी

काठमाडौं, २१ असार । बैज्ञानिकहरुको टोलीले सौर्यमण्डलमा प्लुटो भन्दा पनि निकै टाढा अर्को एउटा ग्रह रहेको पत्ता लगाएका छन् । जुन ग्रह प्लुटो भन्दा आकारमा केही सानो रहेको र यो पृथ्बीबाट ४ अर्व माइल टाढा रहेको पत्ता लगाएका हुन् । यसअघि सम्म सौर्यमण्डलमा प्लुटो सबैभन्दा सानो र टाढाको ग्रह रहेको दाबी थियो । सो ग्रहको […]

२०७३ असार २१ गते, मंगलवार

१९ वर्षीय गुरुङले बनाए तोप र कार !

काठमाडौ, २० असार । पर्वत भोकसिङका १९ वर्षीय राजन गुरुङले घरायसी सामग्री प्रयोग गरेर अत्याधुनिक विज्ञानका सामग्रीहरु निर्माण गरेका छन् । हाल पोखरा बस्दै आएका गुरुङले हातको सेन्सर आदेशले चल्ने तोप, गुड्ने र उड्ने कार, बर्थ डे क्यान्डिल, मार्वल प्ले डिभाइस, धनुषबाँण, म्युजिक प्ले लगायतका सामग्री बनाएका छन् । उनले बनाएका सामग्रीहरुको आइतबार पोखरामा प्रदर्शन […]

२०७३ असार २० गते, सोमबार

जलसतह र वर्षा मापन गर्न ‘डिस्प्ले बोर्ड’

काठमाडौं, १९ असार । जिल्ला प्रशासन कार्यालय कैलालीमा स्थापना गरिएको वर्षा र नदीको जल सतह मापनबारेकोे सूचना दिने ‘डिस्प्ले बोर्ड’ पुनःसञ्चालनमा ल्याइएको छ । मनसुनी वर्षा सक्रिय भएसँगै यो बोर्ड सञ्चालनमा ल्याइएको प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयमा आपत्कालीन कार्य सञ्चालन केन्द्रअन्तर्गत गत वर्ष स्थापना गरिएको यो ‘डिस्प्ले बोर्ड’ले बर्दिया र कैलालीको […]

२०७३ असार १९ गते, आईतवार

साराङकोटमा केबलकार निर्माण हुने

काठमाडौं, १७ असार । अन्नपुर्ण केबलकार प्रालिले पोखराको साराङकोटमा केबलकार निर्माण गर्ने भएको छ । प्रालिले पर्यटकीय गन्तब्य साराङकोटलार्इ लक्षित गरेर केबलकार निर्माण गर्न लागेको बताएको छ । स्थिर पुँजी ५८ करोड ५० लाख र चालु पुँजी एक करोड ५० लाख गरी कुल ६० करोड रुपैंया कुल पुँजीमा टाकासी मियाहराको लगानीमा केबलकार निर्माण हुन लागेको […]

२०७३ असार १७ गते, शुक्रबार

बायोग्यास उत्पादनका लागि मेसिन ल्याइँदै

काठमाडौँ, १७ असार । काठमाडौँ महानगरपालिकाले फोहोरको उचित व्यस्थापन गर्र्नका लागि बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले भारतबाट मेसिन ल्याउने काम भइरहेको जनाएको छ । महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्थापन महाशाखा प्रमुख रबिनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि सबै मेसिन भारतबाट ल्याउनुपर्छ । मेसिन ल्याउने काम सुरु भएको छ, मेसिन दश दिनमा आइपुग्ने अनुमान गरिएको छ । मेसिन ल्याएपछि […]

२०७३ असार १७ गते, शुक्रबार

बाढीपहिरोबारे मोबाइल सन्देश !

काठमाडौ, १६ असार । जल तथा मौसम विज्ञान विभागले अबदेखि नदीमा आउने सम्भावित बाढी र पहिरोको सूचना मोबाइलमै पठाउने भएको छ । पूर्वको कन्काईदेखि पश्चिमको महाकालीसम्मका नदीमा बाढी आउनुअघि विभागले नेपाल टेलिकम र एनसेल मोबाइल प्रयोगकर्तालाई सन्देश पठाउन लागेको हो । विभागका महानिर्देशक डा. ऋषिराम शर्माले यो मनसुनमा अत्याधिक वर्षा हुन सक्ने र धेरै स्थानमा […]

२०७३ असार १६ गते, बिहीबार

शेर्पा संचार समुहद्वारा समाचार लेखन तालिम संचालन

काठमाडौं, १५ असार । शेर्पा किदुक मलेसियाको सहयोगमा शेर्पा संचार समुह नेपालले युवा शेर्पाहरुलाइ ५ दिने समाचार लेखन तालिम संचालन गरेका छ्न । तालिम संचारको कार्यालय बौद्ध टुसालमा आज देखि संचालन भइ रहेका छन । पत्रकार महासंघका महासचिव उजिर मगरले १३ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइरहेका छ्न । शेर्पा समुदायमा समाचार लेखनमा धेरै समस्याहरु आएकाले गर्दा […]

२०७३ असार १५ गते, बुधबार

सरुवा हुन सिंहदरबार धाउन नपर्ने

काठमाडौँ, १४ असार । सामान्य प्रशासन मन्त्रालयले सरुवाका लागि निवेदन दर्ता गर्न सिंहदरबार धाउनुपर्ने बाध्यता अन्त्यकै लागि नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउने भएको छ । अब कर्मचारीले आफ्नो सरुवा तथा बढुवाका लागि निवेदन दिन सिंहदरबार धाउनु पर्ने व्यबस्थाको अन्य हुने भएको छ । कर्मचारीको नियुक्ति, सरुवा तथा बढुवाको व्यवस्थापन गर्ने तालुक निकायको रूपमा रहेको सामान्य प्रशासन […]

२०७३ असार १४ गते, मंगलवार

‘ सिड जिन बैङ्क’ स्थापना हुने

काठमाडौँ, १३ असार । वनस्पति विभागका अनुसार आउँदो आर्थिक वर्षबाट ललितपुरको गोदावरीमा सिड जिन बैङ्कको स्थापना हुनेछ । नेपालमा पहिलो पटक वन, वनस्पतिको बिउ संरक्षण गर्न सिड जिन बैङ्क स्थापना गरिन लागिएको हो । विकसित राष्ट्रहरूले आफ्नो क्षेत्रभित्र रहेका रैथाने वनस्पतिका बिउ संरक्षण गर्न यस्तो बैङ्कको स्थापना गरेका हुन्छन् । विभागका महानिर्देशक राजदेवप्रसाद यादवले भन्नुभयो, […]

२०७३ असार १३ गते, सोमबार

नेपाल—भारत सीमास्तम्भ स्याटेलाइटमा

काठमाडौ, १२ असार । नेपाल र भारतका नापी अधिकारीहरुको तिनदिने उच्चस्तरीय बैठक शनिबार काठमाडौँमा सकिएको छ । नेपाल भारत सीमा कार्य समूह (बोर्डर वर्किङ् ग्रुप) को काठमाडौमा सम्पन्न तेश्रो बैठकले नेपाल—भारत सीमानामा अवस्थित सीमास्तम्भहरुमा आधुनिक प्रबिधियुक्त अन्र्तराष्ट्रिय ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम जडान गर्ने विगतकै निर्णयलाई अनुमोदन गरेको हो । भारतको देहरादुनमा गत वर्ष भएको यही […]

२०७३ असार १२ गते, आईतवार