बिज्ञान तथा प्रबिधि

फिदिम नगरक्षेत्रमा सि.सि क्यामेरा जडान कार्य सुरु

काठमाडौँ, ४ जेठ । सुरक्षित र भयमुक्त समाज निर्माणका लागि सुरक्षामा प्रविधिको प्रयोग तथा प्रमाणममुखी अनुसन्धानलाई अवलम्बन गर्ने लक्ष्य सहित जिल्ला प्रहरी कार्यालय पाँचथर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पाँचथरको पहलमा पाँचथरको फिदिम नगरक्षेत्रमा CC क्यामेरा जडान कार्य शुरु भएको छ । सिसी क्यामेरा जडान कार्यमा संसद बिकास कोषसमेत जिल्लाका राजनीतिक दल, फिदिम नगरपालिका, उधोग […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

यौनाङ्ग प्रत्यारोपण सफल

काठमाडौ, ४ जेठ । अमेरिकामा एकजना ६४ वर्षीय व्यक्तिमा गरिएको यौनाङ्ग प्रत्यारोपण सफल भएको समाचार छ । अमेरिकाको म्यासाचुसेट्स, हलिफ्याक्सका ६४ वर्षीय थोमस म्यानिङ्को यौनाङ्ग क्यान्सरका कारण झरेको थियो । सन् २०१२ मा उनको यौनाङ्गमा क्यान्सर लागेर झरेको बताइएको थियो । अर्का एकजना अमेरिकी नागरिकले मृत्युपछि दान गरेको उनको यौनाङ्ग म्यानिङमा प्रत्यारोपण गरिएको हो । […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

संयुक्त अनुगमन टोलीद्वारा तीन पानी उद्योगमा शिलबन्दी

काठमाडौं, ३ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं मनमैजु–३ स्थित समुल ग्रुप इन्डस्ट्रिज प्रालि, क्रिष्टल एक्वा सर्भिस प्रालि र एक्वा स्टार मिनरल वाटर उद्योग प्रालिमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी वृत्त बालाजुसमेतको संयुक्त अनुगमनका क्रममा जेठ १ गतेदेखि जारको पानीको बिर्कोमा अनिवार्य रूपमा सिंक -याप लगाउनुपर्ने निर्देशन […]

२०७३ जेष्ठ ३ गते, सोमबार

मौसमको भाबिस्यबाणी पुरानै प्रविधिको भरमा

काठमाडौ, २ जेठ । ताप्लेजुङस्थित पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालयले अनुमान र पुराना प्रविधिको भरमा मौसमसम्बन्धि जानकारी दिनपर्ने बाध्यता ब्यहोरिरहेको छ । अत्याधुनिक प्रविधि नहुँदा आफूहरुले पुरानै प्रविधिको भरमा मौसमको जानकारी दिनुपर्ने बाध्यता रहेको कर्मचारीको भनाइ छ । पछिल्लो समय मौसमसम्बन्धि जानकारी लिएर मात्र पर्यटक, आरोही र यात्रुले हिमाल चड्ने र यात्रा गर्ने गरे पनि […]

२०७३ जेष्ठ २ गते, आईतवार

नेपाल-चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न

काठमाडौ, ३१ बैशाख । नेपाल-चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको हो । अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको बताइएको छ । नेपाल टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले भौतिक रूपमा काठमाडौं र चीन अल […]

२०७३ बैशाख ३१ गते, शुक्रबार

करोडौ मेलको पासवर्ड चोरी

काठमाडौं,३० वैशाख । ह्याकरको एक समूहले २७ करोडभन्दा बढी ईमेल अकाउन्टको पासवर्ड फेला पारेको छ । जीमेल, हटमेल र याहुसमेत २७ करोडभन्दा बढी ईमेल अकाउन्टको पासवर्ड ह्याकरले चोरी गरेको हो । ‘होल्ड सेक्योरिटी’ नामक कम्पनीले एक ब्लगमार्फत यस्तो दाबी गरेको हो । ब्लगमा जनाइएअनुसार जीमेल, हटमेल र याहु ईमेल प्रयोगकर्ताको ईमेल अकाउन्ट र पासवर्ड चोरी […]

२०७३ बैशाख ३० गते, बिहीबार

बेलुकासम्म पानी पर्ने

काठमाडौ, ३० बैशाख । अहिले बिहानदेखि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । मौसमविद् राजु प्रधानाङगका अनुसार उपत्यका र आसपासमा झण्डै २ घण्टासम्म पानी पर्ने अनुमान गरिएको छ भने बेलुकासम्ममा पूर्वमा पनि पानी पर्नेछ । त्यसपछि पनि मौसम बदली नै हुनेछ । बेलुकीपख फेरि उपत्यका सहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने […]

२०७३ बैशाख ३० गते, बिहीबार

७२ वर्षमा आमा !

काठमाडौँ, २९ वैशाख । भारत पञ्जाव राज्यकी ७२ वर्षीया दलजिन्दर कौर गत महिना आमा बनेकी हुन् । उनले आइभिएफ पद्धतिबाट सन्तान जन्माएकी हुन् । मातृत्व सुख प्राप्तिसँगै आफ्नो जीवन साकार भएको उनले बताइन् । भारतीय संचारमाध्यमका अनुसार हरियाणाको एक क्लिनिकमा दुई वर्षसम्मको उपचारपछि दलजिन्दर कौर र उनका ७९ वर्षका पति मोहिन्दर सिंह गिललाई सन्तान प्राप्ति […]

२०७३ बैशाख २९ गते, बुधबार

आफ्नो ग्रह दशा आफै पत्ता लगाउने भए..

काठमाडौं, २७ बैशाख । ज्योतिषाचार्य डा. सुनिल सिटौलाले आफ्नै प्रयासमा ‘जोखाना’ एप मार्फत यस्तो सेवा दिन लागेका छन् । एप मार्फत अब इन्टरनेटको माद्यमवाट आफ्नो भाग्यफल आफैं हेर्न र बुझ्न पाइने भएको छ । प्राचिन हनुमान ज्योतिष सकुन प्रश्नावली एवम भृगु संहिताको आधारबाट जोखानाको फलादेश एपमा राखिएको छ । भावि वा भबिष्य बताउने, ग्रह दशा […]

२०७३ बैशाख २७ गते, सोमबार

भोलि ‘बुधसुर्यगमन’

काठमाडौं, २६ वैशाख । खगोलबिद्हरुले भोली सोमबार बुधसूर्यगमन हुने बताएका छन् । नेपाल लगायत एशियाका विभिन्न मुलुकका साथै युरोप र उत्तर अमेरिकामा समेत भोली बुधसुर्यगमन हुने बताइएको छ । जसअनुसार भोली साँझ ४ बजेर ४२ मिनेटमा सूर्यलाई हेर्ने हो भने सूर्यको बीच भागमा प्वालै प्वाल जस्तो देखिनेछ । सुर्य र पृथ्वीको बीचमा बुधग्रह आउँदा बुधग्रह […]

२०७३ बैशाख २६ गते, आईतवार