मुख्य समाचार

एन्ट्यागका भ्रष्टलाई सबैको साथ

काठमाडौँ । युएसएआइडीअन्तर्गतको सुआहारा आयोजनाको आर्थिक सहयोगबाट बालबालिकाको स्वास्थ्य र पोषण सम्बन्धमा काम गर्दै आएको नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) मा चरम् आर्थिक अनियमितता भएको समाचार यसअघि दर्जनौँ पत्रपत्रिका र अनलाइनमा दर्जनौँ पटक सार्वजनिक भइसकेका छन् । एन्ट्यागका कर्मचारीहरूसमेतले संस्था भ्रष्टाचारमा चुर्लुम्म डुब्यो भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]

२०७२ मंसिर २६ गते, शनिबार

माओवादीद्वारा अरुण तेस्रोमा आगजनी

काठमाडौं, २५ मंसिर । नेकपा माओवादीले अरुण ३ जलविधुत परियोजनामा आगजनी गरेको छ । माओवादीले अरुण ३ जलविधुत परियोजनामा राष्ट्रघात भएको र सो परियोजना भारतले एक लौटी कब्जा गरेको भन्दै बुधवार राति आगो लगाएको हो । जिल्ला प्रशासन कार्यालय संखुवासभाले घटनास्थलमा आगो निभाउन प्रहरी टोलि खटाए पनि आगो शुक्रबार बिहान सम्म निभाउन सकेको छैन । […]

२०७२ मंसिर २५ गते, शुक्रबार

ओली नेतृत्वको सरकार फुस्सा सबित

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई महिना पुगेको छ । यो दुइ महिनामा ओली सरकारले कुनैपनि जनहितको काम गर्न सकेन । देश असामान्य अवस्थामा पुगेको समयमा ओली प्रधानमन्त्री भएका थिए । उनले प्रधानमन्त्रीमा चयन भए लगत्तै भूकम्पले पुर्या एको क्षतिको पुनर्निर्माण र नाकाबन्दी खुलाउने आफ्नो राष्ट्रिय अभिभारा भएको भन्दै यसका […]

२०७२ मंसिर २४ गते, बिहीबार

माओवादीद्वारा निम्नकोटीको मदिरा बेचबिखनमा रोक

काठमाडौं, २३ मंसिर । नेकपा माओवादी गुल्मीले ७० यूपिको मदिराको बेचबिखनमा बन्द गराएका छन् । उनीहरुले सस्तो, न्यून गुणस्तरको र प्लाष्टिकको भाँडामा राखेर विक्री वितरण हुने सोफीँ नामको ७० यूपिको मदिरा बन्द गराएका हुन् । माओवादी गुल्मीले एक महिना अघिदेखि सूचना निकालेर उक्त मदिरा विक्री वितरणमा प्रतिवन्ध लगाईने बताएको थियो । गत आइतबार गुल्मीको अर्जे […]

२०७२ मंसिर २३ गते, बुधबार

डिस होमद्वारा माओवादी अनुरोधको अवज्ञा

काठमाडौँ । डिस मिडिया नेटवर्क प्रालिले नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनतामाथि नाङ्गो हस्तक्षेप गरेको भन्दै नेकपा माओवादीले भारतीय टिभी च्यानलको प्रसारण रोक्न गरेको अनुरोधको खिल्ली उडाएको छ । डिस होमले माओवादी अनुरोधको अबज्ञा गर्दै भारतीय टिभी च्यानल बन्द नगर्ने बताएको छ । भारतले नेपाल–भारतका तराई सीमाका सम्पूर्ण नाका बन्द गरेर नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनतामाथि […]

२०७२ मंसिर १९ गते, शनिबार

लौ हेर्नुस, उपप्रधानमन्त्री चित्रबहादुर केसीको असली रुप

काडमाडौं। आफूलाई सक्कली सुकुम्बासी भएको दाबी गर्दै आएका उपप्रधानमन्त्री एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसीको असली रुप उदाङ्गिएको छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गरेको सम्पत्ति विवरणले गर्दा उनि सर्बांग हुन् पुगेका हुन् । आफूलाई पटक पटक सार्बजनिक रुपमा सक्कली सुकुम्बासी भएको दाबी गर्दै आएका केसीले बुझाएको सम्पत्ति विवरणमा करिब करोडभन्दा बढीको जग्गा र […]

२०७२ मंसिर १७ गते, बिहीबार

नाकाबन्दीविरुद्ध राष्ट्रिय प्रतिराेध अभियान सुरु

काठमाडाैं,१५ मंसिर । नेकपा माअाेवादीले भारतकाे नाकाबन्दी विरुद्ध ‘मेची-काली प्रतिराेध अभिायन’ सुरु गरेकाे छ । माअाेवादीले भारतले नाकाबन्दी गरेर नेपाली जनताकाे स्वाभिमान र सार्वभाैम अधिकारमाथि हस्तक्षेप गरेकाे भन्दै राष्ट्रिय प्रतिराेध अभियान सुरु गरेकाे हो । माअाेवादीका प्रबक्ता प्रकाण्डले आज भक्तपुरमा रगतदान गरेर अभियानकाे उद्घाटन गरेका छन भने जनपरिषद्का प्रमुख सन्ताेष बुढाले पूर्वकाे विराटनगर पुगेर पूर्वकाे […]

२०७२ मंसिर १५ गते, मंगलवार

आज नेपाल बन्द

काठमाण्डौ ,१३ मंसिर । नेकपा माओवादीले भारतको नाकाबन्दी विरुद्ध आज नेपाल बन्द गरेको छ । माओवादीले आह्वान गरेको बन्दका कारण उपत्यका सहित देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका क्रममा शान्तिपूर्ण रुपमा प्रस्तुत हुने माओवादीले जनाएपछि सडकमा केही मात्रामा सवारी साधन भने चलेका छन् । उपत्यका बाहिरका पहाडी जिल्लाहरुमा भने बन्दको उल्लेख्य प्रभाव परेको बुझिएको […]

२०७२ मंसिर १३ गते, आईतवार

आइतबार नेपाल बन्द

काठमाडौँ, १२ मंसिर । नेकपा माओवादीले भारतीय हस्तक्षेप बिरुद्ध आईतबार नेपाल बन्द गर्ने बताएको छ । माओवादीका प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देशको संवेदनशीलता एवं गम्भीरतालाई दृष्टिगत गरी सो पार्टीले भारतीय हस्तक्षेप, आतंककारी नाकावन्दी, जनताको कहालीलाग्दो जनजीवन र नेपाली दलालहरुको किकर्तव्यविमुढ, दास मनोवृति र अघोषित आत्मसमर्पणका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षको प्रतिनिधिको रुपमा […]

२०७२ मंसिर १२ गते, शनिबार

माअोवादीद्वारा भारतीय दुतावासको गाडीमा आगजनी

काठमाडौं, १२ मंसिर । नेकपा माअोवादीका कार्यकर्ताले काठमाडौंको लाजिम्पाट स्थित भारतीय दूतावासको गाडीमा आगजनी गरेका छन । माअोवादीका कार्यकर्ताले आज बिहान २२ सीडी १७ नम्बरको गाडीमा आगो लगाएका हुन् । अागजनीबाट गाडीको भित्री भाग जलेको छ भने सीसाहरू समेत फुटाइएको छ । प्रहरीले भने गाडीमा तार सट भएर आगो बलेको जनाएको छ । केहीबेरमा आगो […]

२०७२ मंसिर १२ गते, शनिबार