ओली नेतृत्वको सरकार फुस्सा सबित

२०७२ मंसिर २४ गते, बिहीबार

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई महिना पुगेको छ । यो दुइ महिनामा ओली सरकारले कुनैपनि जनहितको काम गर्न सकेन । देश असामान्य अवस्थामा पुगेको समयमा ओली प्रधानमन्त्री भएका थिए । उनले प्रधानमन्त्रीमा चयन भए लगत्तै भूकम्पले पुर्या एको क्षतिको पुनर्निर्माण र नाकाबन्दी खुलाउने आफ्नो राष्ट्रिय अभिभारा भएको भन्दै यसका लागि सबैसँग हातेमालो गरी अघि बढ्ने बताएका थिए । तर अहिले सम्म उनले भूकम्प प्रभावितका लागि आश्वासन बाहेक अरु केही दिन सकेका छैनन भने बन्द र नाकाबन्दीको गाठो पनि फुकाउन सकेका छैनन् । भारतको नाकाबन्दी र मधेस केन्द्रित दलले नयाँ संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री बनेका ओली, लामो समयसम्म त मन्त्रिपरिषद विस्तार गर्नमै अल्झिए , उनले देशर जनता आक्रान्त भएको बेला ६ जना उप प्रधानमन्त्री बनाएर जन बिस्वाश गुमाउन पुगे । राष्ट्र कठिन मोडबाट गुज्रिरहेका बेला प्रधानमन्त्री ओलीका लागि हरेक घण्टा वा दिन पनि अति महत्वपूर्ण हुनुपर्ने हो, तर नेपाली नागरिकले अघिल्ला सरकार हुनु र ओली सरकार हुनुमा कुनै भिन्नता महसुस गर्न पाएनन् ।
बोलीमा ओली जति आक्रामक देखिन्छन व्यवहारमा त्यति नै कच्चा साबित देखिए । उनले राष्ट्रसामु देखिएका चुनौतीको पहाड फोड्न ठोस पहल लिन नै सकेनन । ओलीले सत्ताको बागडोर हाकेको दुई महिना बिति सक्दा समेतकुनैपनि समस्या हाल हुनुको साटो झन् झन् बढिरहेको छ । इन्धन अभावमा नागरिक भोकभोकै बस्नुपरेको छ भने औषधि लगायतका अत्यावश्यकीय वस्तुको अभावमा अकालमा ज्यान जाने अवस्था सिर्जना भएको छ ।
यस अवधिमा सरकारले चीनबाट सुरु भैसकेको इन्धन आयात प्रक्रियालाई समेत नियमित गराउन सकेन ।ओली सरकारवाट नागरिकले न राहतपाए न सरकारले काम गर्दैछ भन्ने अनुभूति नै गर्न पाएका छन । सरकारको कार्यशैली देखेर जनता आजित भएका छन ।
सरकार गठन भएको दुइ महिना बितिसक्दा समेत नेपाली नागरिकलाई सुखी बनाउने भाषण गरेर नथाक्ने ओली सरकारले जनताको मन जित्ने कुनै काम गर्न सकेको छैन । सरकाले नै श्वेतपत्र जारी गर्दै चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर २ प्रतिशतमा खुम्चिने बताएको छ । तर मुलुकमा यही अवस्था थप केही दिन लम्बिने हो भने आर्थिक बृद्धिदर ऋणात्मक हुने अर्थविदले चेतावनी दिइसकेका छन् ।
ओली सरकारले भारतको नाकाबन्दी कायम रहेका बेला चीन वा अन्य मुलुकबाट इन्धन ल्याएर जनजीवन सहज बनाउन खासै अग्रसरता देखाएन । चीनसँग इन्धन किन्ने सम्झौताका लागि पत्र पठाउन आलटाल गरिरहेका कर्मचारी संयन्त्रलाई समेत हस्तक्षेप गरेर अग्रसरता देखाउनु पर्नेमा प्रधानमन्त्री ओली नजरअन्दाज गरेर बसिरहेका छन । उनि रास्त्रियता को नारा जपेर देश र जनतालाई भाद्खाल्दोमा हाल्ने काम जानेर वा नजानेर गरिरहेका छन ।
रास्त्रियताको नारा जपेर सत्तामा पुगेका ओलीले राष्ट्रवादी नारा लाउँदैमा देश र जनताको मुक्ति हुदैन । रास्त्रियताको रटान दिएर नागरिकको पेट भरिदैन ? जनताको जनजीवन सहज हुदैन ? सरकारले नागरिकका तमाम समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नु आबश्यक हुन्छ ।तर प्रधानमन्त्री केपी शर्मा ओलीलाइ यसको कुनै बोध भएको देखिदैन। उनको यहि कार्यशैली प्रति अहिले आम नागरिकले यस्ता थुप्रै प्रश्न तेस्र्याइरहेका छन् ।
मधेस झण्डै चार महिनादेखि आन्दोलित छ । मधेस आन्दोलनकै आडमा टेकेर भारतले गरेको नाकाबन्दीले मुलुक गम्भीर मानवीय संकटमा फसिरहेको छ र यो अझ बढ्दो छ । यी तमाम समस्याबाट नागरिकले छुटकारा पाए मात्र ओली सरकार सफल साबित हुनेछ । अन्यथा ओली सरकार पनि यसअघिका प्रधानमन्त्री जस्तै सिंहदरबारमा एकथान तस्बिर टासेर बाहिरिने निश्चित छ । केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएको दुई महिना पुगेको छ । यो दुइ महिनामा सरकारले कुनैपनि जनहितको काम गर्न सकेन । देश असामान्य अवस्थामा पुगेको समयमा ओली प्रधानमन्त्री भएका थिए । उनले प्रधानमन्त्रीमा चयन भए लगत्तै भूकम्पले पुर्याुएको क्षतिको पुनर्निर्माण र नाकाबन्दी खुलाउने आफ्नो राष्ट्रिय अभिभारा भएको भन्दै यसका लागि सबैसँग हातेमालो गरी अघि बढ्ने बताएका थिए । तर अहिले सम्म उनले भूकम्प प्रभावितका लागि आश्वासन बाहेक अरु केही दिन सकेका छैनन भने बन्द र नाकाबन्दीको गाठो पनि फुकाउन सकेका छैनन् । भारतको नाकाबन्दी र मधेस केन्द्रित दलले नयाँ संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री बनेका ओली, लामो समयसम्म त मन्त्रिपरिषद विस्तार गर्नमै अल्झिए , उनले देशर जनता आक्रान्त भएको बेला ६ जना उप प्रधानमन्त्री बनाएर जन बिस्वाश गुमाउन पुगे । राष्ट्र कठिन मोडबाट गुज्रिरहेका बेला प्रधानमन्त्री ओलीका लागि हरेक घण्टा वा दिन पनि अति महत्वपूर्ण हुनुपर्ने हो, तर नेपाली नागरिकले अघिल्ला सरकार हुनु र ओली सरकार हुनुमा कुनै भिन्नता महसुस गर्न पाएनन् ।
बोलीमा ओली जति आक्रामक देखिन्छन व्यवहारमा त्यति नै कच्चा साबित देखिए । उनले राष्ट्रसामु देखिएका चुनौतीको पहाड फोड्न ठोस पहल लिन नै सकेनन । ओलीले सत्ताको बागडोर हाकेको दुई महिना बिति सक्दा समेतकुनैपनि समस्या हाल हुनुको साटो झन् झन् बढिरहेको छ । इन्धन अभावमा नागरिक भोकभोकै बस्नुपरेको छ भने औषधि लगायतका अत्यावश्यकीय वस्तुको अभावमा अकालमा ज्यान जाने अवस्था सिर्जना भएको छ ।
यस अवधिमा सरकारले चीनबाट सुरु भैसकेको इन्धन आयात प्रक्रियालाई समेत नियमित गराउन सकेन ।ओली सरकारवाट नागरिकले न राहतपाए न सरकारले काम गर्दैछ भन्ने अनुभूति नै गर्न पाएका छन । सरकारको कार्यशैली देखेर जनता आजित भएका छन ।
सरकार गठन भएको दुइ महिना बितिसक्दा समेत नेपाली नागरिकलाई सुखी बनाउने भाषण गरेर नथाक्ने ओली सरकारले जनताको मन जित्ने कुनै काम गर्न सकेको छैन । सरकाले नै श्वेतपत्र जारी गर्दै चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर २ प्रतिशतमा खुम्चिने बताएको छ । तर मुलुकमा यही अवस्था थप केही दिन लम्बिने हो भने आर्थिक बृद्धिदर ऋणात्मक हुने अर्थविदले चेतावनी दिइसकेका छन् ।
ओली सरकारले भारतको नाकाबन्दी कायम रहेका बेला चीन वा अन्य मुलुकबाट इन्धन ल्याएर जनजीवन सहज बनाउन खासै अग्रसरता देखाएन । चीनसँग इन्धन किन्ने सम्झौताका लागि पत्र पठाउन आलटाल गरिरहेका कर्मचारी संयन्त्रलाई समेत हस्तक्षेप गरेर अग्रसरता देखाउनु पर्नेमा प्रधानमन्त्री ओली नजरअन्दाज गरेर बसिरहेका छन । उनि रास्त्रियता को नारा जपेर देश र जनतालाई भाद्खाल्दोमा हाल्ने काम जानेर वा नजानेर गरिरहेका छन ।
रास्त्रियताको नारा जपेर सत्तामा पुगेका ओलीले राष्ट्रवादी नारा लाउँदैमा देश र जनताको मुक्ति हुदैन । रास्त्रियताको रटान दिएर नागरिकको पेट भरिदैन ? जनताको जनजीवन सहज हुदैन ? सरकारले नागरिकका तमाम समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नु आबश्यक हुन्छ ।तर प्रधानमन्त्री केपी शर्मा ओलीलाइ यसको कुनै बोध भएको देखिदैन। उनको यहि कार्यशैली प्रति अहिले आम नागरिकले यस्ता थुप्रै प्रश्न तेस्र्याइरहेका छन् ।
मधेस झण्डै चार महिनादेखि आन्दोलित छ । मधेस आन्दोलनकै आडमा टेकेर भारतले गरेको नाकाबन्दीले मुलुक गम्भीर मानवीय संकटमा फसिरहेको छ र यो अझ बढ्दो छ । यी तमाम समस्याबाट नागरिकले छुटकारा पाए मात्र ओली सरकार सफल साबित हुनेछ । अन्यथा ओली सरकार पनि यसअघिका प्रधानमन्त्री जस्तै सिंहदरबारमा एकथान तस्बिर टासेर बाहिरिने निश्चित छ ।

प्रतिक्रियाहरु