इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार


काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्देश सुनुवार र ४६ वर्षीय दीपक सुनुवारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख राजन कार्कीले इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै प्रहरी पुगेको बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेकपा रोल्पाको बैठक सम्पन्न

२०८१ जेष्ठ ४ गते, शुक्रबार

तापक्रम बढ्ने, सावधानी अपनाउन आग्रह

२०८१ जेष्ठ ४ गते, शुक्रबार

नेकपा मकवानपुरको बैठक सम्पन्न

२०८१ जेष्ठ ४ गते, शुक्रबार