माओवादीद्वारा निम्नकोटीको मदिरा बेचबिखनमा रोक

२०७२ मंसिर २३ गते, बुधबार

काठमाडौं, २३ मंसिर । नेकपा माओवादी गुल्मीले ७० यूपिको मदिराको बेचबिखनमा बन्द गराएका छन् । उनीहरुले सस्तो, न्यून गुणस्तरको र प्लाष्टिकको भाँडामा राखेर विक्री वितरण हुने सोफीँ नामको ७० यूपिको मदिरा बन्द गराएका हुन् । माओवादी गुल्मीले एक महिना अघिदेखि सूचना निकालेर उक्त मदिरा विक्री वितरणमा प्रतिवन्ध लगाईने बताएको थियो । गत आइतबार गुल्मीको अर्जे गाविसमा लु १ ख ६०९६ को गाडी कब्जा गरि माओवादी गुल्मीका कार्यकर्ताले निम्न कोटी जनस्वास्थ्य बिगार्ने किसिमको टुन्कुला र कनटेसा नामका मदिरा नस्ट गरि दिए पछि हिजोदेखि ७० यूपिको मदिराको बेचबिखनमा बन्द गर्ने सहमति भएको हो । हिजो उद्योग वाणिज्यसंघ, व्यापारी रमाओवादीविच उक्त मदिरा विक्री वितरण नै नगर्ने सहमति भएको छ । उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेय तथा श्री प्रसाद भलामी सहित व्यवसायी र माओवादीबीच भएको सहमतिमा आगामी पुस ५ गतेभित्र ७० यूपिको मदिरा बेचेर सकिसक्ने र त्यसपछि पूर्ण प्रतिबन्ध लगाउने सहमति भएको छ ।
गुल्मीमा मदिराले अत्यन्तै विकृति ल्याएकोले मदिरा नियन्त्रण अभियान अन्तर्गत पहिलो चरणमा ७० यूपिको मदिरा बन्द गराईएको नेकपा माओवादी गुल्मीले बताएको छ । माओवादीले प्लाष्टिकमुक्त बनाउने अभियानमा उद्योग वाणिज्य संघको अगुवाईमा सरोकारलाला नै लागेको अवस्थामा यसरी मदिरा बेच्नु गलत भएकोले आफूहरुले सो अभियान चलाएको बताएको छ ।

त्यसैगरी गुल्मीमा बेलुका ५ बजेपछि मात्रै खुद्रा मदिरा विक्री गर्ने र १८ वर्ष मुनिका बालबालिकालाई मदिरा नबेच्ने सहमति भएको छ । लाईसेन्स लिएकाबाहेक अन्य पसलहरुबाट मदिरा विक्रीवितरण पूर्ण प्रतिवन्ध लगाईएको खड्काले बताए । मदिरा व्यवसायीहरु मदिरा भण्डारण न्यूनिकरण गर्ने विषयमा पनि सहमत भएको छन् ।

प्रतिक्रियाहरु