मुख्य समाचार

एमाओवादी नवधनाढ्याको पार्टी : ओली

काठमाडौँ । एमाओवादीका पोलिट्व्यूरो सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’ ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर नेता ओलीले नवधनाढ्याको बहुमत भएकाले एमाओवादीमा इमान्दार नेता कार्यकर्ताको बस्नुको अर्थ नभएको भन्दै पार्टी परित्याग गरेको बताए । ‘एमाओवादी नेतृत्व नवधनाढ्या वर्गमा परिणत भइसकेको छ, अब त्यहाँ बसेर देश, जनता र समाजको लागि […]

२०७२ पुष १८ गते, शनिबार

प्रचण्ड र भट्टराईबीच वाक युद्ध – भट्टराई ‘भयंकर षडयन्त्रकारी’, प्रचण्ड ‘खाओवादी’

काठमाडौँ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराईबीचको वाक युद्ध उत्कर्षमा पुगेको छ । अहिले दुवै नेता एक अर्काको विषयमा नकारात्मक टिप्पणी गर्दै भयानक आक्रमणमा उत्रिन थालेका छन् । दुवै नेताको पछिल्ला अभिब्यक्ति हेर्दा प्रचण्ड बाबुराम एकले अर्कालाई खुइल्याउन जे गर्न पनि तयार रहेको मनस्थितिमा देखिन छन् । यसैक्रममा १२२ औँ माओ […]

२०७२ पुष १८ गते, शनिबार

मध्यमवर्गले राष्ट्रघातलाई कहिलै साथ दिएको छैन : प्रकाण्ड

काठमाडौँ । नेकपा माओवादीका प्रबक्ता प्रकाण्डले नेपालको मध्यमवर्गले राष्ट्रघातलाई नभएर राष्ट्रहितलाई साथ दिँदै आएको बताएका छन् । ‘नेपालको मध्यमवर्ग विगतमा भएका सबै परिवर्तनकारी आन्दोलनको पक्षमा रह्यो, आजसम्म उसले कहिलै राष्ट्रघातलाई साथ दिएको छैन, हरेक आन्दोलन मध्यवर्गको सहभागीतामै सफल भए तर उसलाई सत्तामा कहिलै स्पेस दिइएन । अबसरवादीको रुपमा हेरियो’ प्रबक्ता प्रकाण्डले भने । बिहीबार पार्टी […]

२०७२ पुष १७ गते, शुक्रबार

प्रचण्ड ‘खाओवादी’ हुन् : भट्टराई

काठमाडौं, १४ पुस । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओलीसँग प्रेम गरेको र बैद्यसँग विवाह गर्न खोजेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डलाई माओवादको रामनामी जपेर ‘खाओवाद’ को अभ्यास गरेको आरोप लगाएका छन् । डा. भट्टराईले प्रचण्डकाे चाहना दूध आउन्जेलसम्म ओलीलाई दुहुने र त्यसपछि आफैं प्रधानमन्त्री बन्ने रहेको आरोप लगाएका छन् । माओ दिवसका दिन प्रचण्डले भट्टराईमाथि […]

२०७२ पुष १४ गते, मंगलवार

बराहाको अवैध व्यापार नुनदेखि सुनसम्म

काठमाडौँ । सुनचाँदी, हीरा र पत्थरका गहनाको कारोबारमा नाम कमाउँदै आएको बराहा ज्वलेरी पछिल्लो चरणमा बद्नाम हुँदै गएको छ । बराहा ज्वलेरीसँग कारोबार गर्ने ग्राहकहरु व्यापक मात्रामा ठगिने गुनासो दिनानुदिन बढी रहेको छ । गहनाको गुणस्तर, नापतौलमा बराहा ज्वलेरीले व्यापक ठगी गर्न थालेपछि ग्राहकसामु उसको छवि गिर्न पुगेको हो । बराहाले सुनचाँदी, हीरा र पत्थरका […]

२०७२ पुष १२ गते, आईतवार

काँग्रेसमा महाधिवेशनको रन्को, देउवा सभापति हत्याउने दाउमा

काठमाडौँ । नेपाली काँग्रेसको आगामी फागुन २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने १३ औं महाधिवेशनबाट अघिल्लो पुस्ताका तीनै नेताहरुले सभापति हत्याउन तयारी तीव्र बनाएका छन् । शीर्षस्थ नेताहरु जिल्ला दौडाहादेखि कोठे बैठकहरुमा आफ्ना गणितीय दाउपेच मिलाउन व्यस्त छन् । मुख्यतः वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल १३ औँ महाधिवेशनमा […]

२०७२ पुष ११ गते, शनिबार

माओवादीद्वारा जिएमआरको कार्यालयमा बम प्रहार

काठमाडौँ । नेकपा माओवदीले सुर्खेतस्थित जिएमआरको कार्यालयमा बम प्रहार गरेको छ । सुर्खेतको सदरमुकाम विरेन्द्रनगरस्थीत खजुरामा रहेको भारतीय कम्पनी जिएआरको कार्यालय हटाउन माओवादीले १ महिने अल्टिमेटम दिएको थियो । माओवादी एक उच्च नेताका अनुसार आफुहरुले दिएको उक्त १ महिने अवधिभित्र कार्यालय नहटाएकाले चेतावनीस्वरुप कारवाही गरिएको बताए । सुर्खेतबाट जि एम आरको कार्यालय नहटाइए सम्म आफ्नो […]

२०७२ पुष ७ गते, मंगलवार

बराहा ज्वलेरीको ज्यादति बढ्दै

काठमाडौँ । नेपाललगायत विदेशमा समेत नाम कमाएको पुरानो गहना पसल बराहा ज्वलेरीले पछिल्लो समयमा बद्मासी गरेको भन्दै ग्राहकहरुले गुनासो गर्न थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा र उपत्यका बाहिर प्रायः सबै प्रमुख सहरहरुमा शाखा रहेको साथै हङकङ, बेलायतलगायतका देशहरुमा समेत शाखामार्फत् कारोबार गर्दै आइरहेको बराहा ज्वलेरीले ग्राहकको मन जित्नुभन्दा ग्राहकहरुलाई चिड्याउने काम गरेको ग्राहकहरुको […]

२०७२ पुष ४ गते, शनिबार

मोदी जताततै बेइजति व्यहोर्दै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नाकाबन्दी गरेपछि उनी अहिले विश्वभर मजाकका पात्र बनेका छन् । नेपालको संविधानमाथि ठाडो हस्तक्षेप गर्न नसके पनि मधेशी मोर्चालाई उचालेर नेपाललाई असफल राष्ट्र बनाउन उद्यत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्ततः आफैँ असफल बन्ने भएका छन् । अहिले नरेन्द्र मोदीका विरुद्धमा भारतलगायत विभिन्न देशमा व्यापक टिकाटिप्पणी हुने गरेको छ […]

२०७२ पुष ४ गते, शनिबार

डिसहोमको स्टेशनमा बम प्रहार

काठमाडौं, १ पुस । नेकपा माओवादीका कार्यकर्ताले टेलिभिजन प्रसारक डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् । करिब आधा दर्जनको संख्यामा आएका नेकपा माओवादीका कार्यकर्ताले बुधबार बिहान सवा ६ बजेको समयमा अर्थ स्टेशनमा पेट्रोल बम हानेका हुन् । बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले […]

२०७२ पुष १ गते, बुधबार