नाकाबन्दीविरुद्ध राष्ट्रिय प्रतिराेध अभियान सुरु

२०७२ मंसिर १५ गते, मंगलवार

काठमाडाैं,१५ मंसिर । नेकपा माअाेवादीले भारतकाे नाकाबन्दी विरुद्ध ‘मेची-काली प्रतिराेध अभिायन’ सुरु गरेकाे छ । माअाेवादीले भारतले नाकाबन्दी गरेर नेपाली जनताकाे स्वाभिमान र सार्वभाैम अधिकारमाथि हस्तक्षेप गरेकाे भन्दै राष्ट्रिय प्रतिराेध अभियान सुरु गरेकाे हो । माअाेवादीका प्रबक्ता प्रकाण्डले आज भक्तपुरमा रगतदान गरेर अभियानकाे उद्घाटन गरेका छन भने जनपरिषद्का प्रमुख सन्ताेष बुढाले पूर्वकाे विराटनगर पुगेर पूर्वकाे अभियानकाे उद्घाटन गरेका छन् ।
यसैगरी , भोलि बुधबार नेपालगंजबाट स्थायी समिति सदस्य धर्मेन्द्र बास्ताेलाले पश्चिमकाे अभियान उद्घाटन गर्ने कार्यक्रम रहेकाे माअाेवादीले जनाएकाे छ ।
भक्तपुरकाे सल्लाघारीस्थित सृजनानगरमा अायाेजना गरिएकाे रक्तदान तथा अभियान उद्घाटन कार्यक्रममा बाेल्दै प्रबक्ता प्रकाण्डले भारतीय शासक वर्गले गरेकाे नाकाबन्दकाे अगाडि नझुकेर प्रतिराेध गर्नुपर्ने बताए । उनले अाफ्नाे पार्टीले भारतकाे हस्तक्षेपविरुद्ध राष्ट्रिय जागर ल्याउन अभियान सुरु गरेकाे बताए ।
उद्घाटनकाे क्रममा प्रबक्ता प्रकाण्डले अगाडि भने, ‘संसदवादी पार्टीहरुले नाकाबन्दले एकपछि अर्काे संकट पैदा गर्दा समेत न जनतालाई विकल्प दिन सके न नाकाबन्दविरुद्ध उभिन नै सके, उनीहरु फेल भइसकेका छन् ।’ उनले छिमेकी चीन र विश्व समुदायकाे साथ नेपाललाई भएपनि संसदवादी नेताहरु भारतकाे स्वार्थविरुद्ध जान नसकेकाले देशले निकास नपाएकाे बताए । अाफ्नाे पार्टीकाे जिम्मा पाए एक हप्ताभित्र नाकाबन्दकाे विकल्प दिन सक्ने प्रबक्ता प्रकाण्डले बताए ।
रगत दान गर्नु अघि बाेल्दै प्रबक्ता प्रकाण्डले स्वास्थ्य संस्थामा रगतकाे अभाव भइरहेकाे अवस्थालाई ध्यानमा राखेर रक्तदान कार्यक्रम अायाेजना गरेकाे जानकारी दिए ।
अभियानकाे क्रममा नाकाबन्दकाे प्रभावमा परेका जनताकाे घर अागनमा पुगेर सहयाेग गर्ने बताएकाे माअाेवादीले पहिलाे दिन रक्तदान गरेकाे छ ।
पार्टीकाे भक्तपुर सेक्रेटरी तिलक मल्ल’क्षितिज’ले जम्मा भएकाे रगत नेपाल रेडक्रस भक्तपुर शाखामार्फत स्वास्थ्य संस्थालाई उपलब्ध गराउने बताए ।
भक्तपुरकाे सल्लाघारीस्थित सृजनानगरमा अायाेजना गरिएकाे रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरेकाे नेकपा माअाेवादी भक्तपुरले जानकारी दिएकाे छ । नेकपा मअाेवादी भक्तपुर र राष्ट्रिय युवा जनस्वयम् सेवकले संयुक्त रुपमा रक्तदानकाे अायाेजना गरेकाे हाे ।

प्रतिक्रियाहरु