लौ हेर्नुस, उपप्रधानमन्त्री चित्रबहादुर केसीको असली रुप

२०७२ मंसिर १७ गते, बिहीबार

काडमाडौं। आफूलाई सक्कली सुकुम्बासी भएको दाबी गर्दै आएका उपप्रधानमन्त्री एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसीको असली रुप उदाङ्गिएको छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गरेको सम्पत्ति विवरणले गर्दा उनि सर्बांग हुन् पुगेका हुन् । आफूलाई पटक पटक सार्बजनिक रुपमा सक्कली सुकुम्बासी भएको दाबी गर्दै आएका केसीले बुझाएको सम्पत्ति विवरणमा करिब करोडभन्दा बढीको जग्गा र लाखौं बैक ब्यालेन्स देखिएको छ ।
केसीले यसअघि पटक पटक आफु सक्कली सुकुम्बासी भएको दाबी गरेर मिडियामा छाएका थिए । एक अनलाइनसँगको अन्तरवार्तामा उनले भनेका थिए, ‘म सक्कली सुकुम्बासी हुँ, मेरो नाममा एक टुक्रा पनि जग्गा पनि छैन । मेरो नाममा अरु कुनै सम्पत्ति पनि छैन ।’ तर, केसीले बुझाएको सम्पत्ति विवरणले उनको यो भनाईको खण्डन गरेको छ । उनकै नाममा नभए पनि श्रीमती र छोराको नाममा करोड पर्ने जग्गा देखिएको छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गरेको सम्पत्ति विवरण अनुसार उनको छोरा विष्णु केसीको नाममा रूपन्देहीको तिलोत्तमामा तीन कट्ठा जग्गा छ । बाग्लुङको जग्गा बेचेर त्यहाँ जग्गा किनेको केसीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । केसीपत्नी पार्वतीको नाममा बाग्लुङको मल्ममा ६ रोपनी एक आना जग्गा छ । बुहारी मिरा केसीको नाममा ललितपुरको गोदावरीमा ४० लाख रुपैयाँमा किनेको करिब ६ आना जग्गा छ । छोराले जापानमा गरेको नोकरीबाट कमाएको रकमबाट जग्गा खरिद गरिएको केसीको सम्पत्ति विवरण उल्लेख छ । केसीसँग डेढ तोलाको सुनको सिक्री, एक तोलाको टप, चार आनाको औँठी छ । केसीसँग सात लाख ७७ हजार रुपैयाँ विभिन्न बैंकमा मौज्दात छ । एभरेस्ट बैंकमा एक लाख ८७ हजार र प्रभु बैंकमा चार लाख ९० हजार रुपैयाँ मौज्दात छ ।

प्रतिक्रियाहरु