माओवादीद्वारा अरुण तेस्रोमा आगजनी

२०७२ मंसिर २५ गते, शुक्रबार

काठमाडौं, २५ मंसिर । नेकपा माओवादीले अरुण ३ जलविधुत परियोजनामा आगजनी गरेको छ । माओवादीले अरुण ३ जलविधुत परियोजनामा राष्ट्रघात भएको र सो परियोजना भारतले एक लौटी कब्जा गरेको भन्दै बुधवार राति आगो लगाएको हो । जिल्ला प्रशासन कार्यालय संखुवासभाले घटनास्थलमा आगो निभाउन प्रहरी टोलि खटाए पनि आगो शुक्रबार बिहान सम्म निभाउन सकेको छैन । आगजनीको कारण ठुलो क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपालमा विधुत आपूर्ति सहज गराउन अरुण ३, माथिल्लो कर्णाली र उपल्लो मर्स्याङ्दीजस्ता विश्वकै सस्ता र राम्रा नेपाललाई नभई नहुने जलविद्युत आयोजनाहरु हुन् ।
जसमा पनि सरकारले राष्ट्रघाती सम्झौता गरेर भारतलाई सुम्पिएको हो भन्ने माओवादीको ठहर रहेको छ । माओवादीले राष्ट्रघाती सम्झौता तुरुन्त खारेज गरियोस भनेर पटक पटक ज्ञापन पत्र र धर्ना समेत दिएको थियो । पटक पटक जानकारी गराउंदा पनि नमानेपछि पार्टीको अगुवाईमा जनताले आगो लगाएर प्रतिकार गरेको माओवादीको भनाइ छ ।

प्रतिक्रियाहरु