‘चुनावलाई समाजवादी अभियानको रुपमा प्रयोग गर्नुपर्छ’

२०८१ बैशाख २० गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनावलाई समाजवादी अभियानको रुपमा प्रयोग गर्नु पर्ने बताएका छन्। सो पार्टीद्वारा धरानमा आयोजित कोशी प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।


महासचिव विप्लव सीले कम्युनिस्ट र क्रान्तिकारी जनमतलाई समाजवादी आन्दोलनमा परिवर्तन गर्नुपर्ने बताउदै चुनावलाई संसदीय खेलको लागि मात्रै प्रयोग नगर्ने उल्लेख गर्दै चुनावलाई समाजवादी देशभक्तहरुले नौलो अभियानको रुपमा प्रयोग गर्नुपर्ने बताए ।
महासचिव विप्लव सीले बहुसंख्यक नेपाली जनताहरु समाजवादको पक्षमा रहेकाले कम्युनिस्ट,क्रान्तिकारी, समाजवादी, देशभक्त शक्तिहरु एकजुट बनेर नौलो अभियानमा लाग्नुपर्ने बताए । उनले पार्टीले एकीकृत जनक्रान्तिको लक्ष्य र कार्यक्रमलाई स्थापित तथा कार्यन्वयन गराउन क्रान्तिका सबै आयामहरु प्रयोग गर्ने बताए ।


महासचिव विप्लव सीले निर्वाचन प्रयोग भन्ने बित्तिकै संसदीय व्यवस्थाको रुपमा नलिन र यसलाई एकीकृत जनक्रान्तिको निरन्तरताको रुपमा लिनुपर्ने बताए ।
नेकपाका प्रदेश इन्चार्ज दिपेश सीको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रमको सञ्चालन शैलेस सीले गरेका
थिए । उक्त प्रशिक्षण कार्यक्रममा क्रान्तिकारी माओवादीका दर्जन बढी कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

प्रतिक्रियाहरु