स्वास्थ्य / शिक्षा

कसरी ल्याउने उत्कृष्ट अंक – शिखरजंग श्रेष्ठ

साथीभाई सबैले एसएलसीलाई हाउगुजीका रुपमा लिएर एकअर्काको दिमाग भरिदिएका छन् । पास हुनैपर्ने विद्यालय, घर, आफन्त लगायतको चौतर्फि दबाब छ ।एसएलसीको बेला कसरी पढ्ने ? घोकेर बढ्ने की, बुझेर पढ्ने ? कसरी लेख्दा उत्कृष्ट अंक ल्याउन सकिन्छ ? भन्नेबारेमा सोच्दैहुनुहुन्छ भने कुनै अलमलमा नपर्नुहोस् । एसएलसीलाई धेरै हलुका पाराले पनि लिनुहुदैन् भने धेरै जटिल हिसावले […]

२०७१ चैत्र १ गते, आईतवार

हात्तिपाइले विरुद्धको औषधी खुवाउने अभियान सुरु

काठमाडौ, ३० फागुन । आजदेखि हात्तिपाइले अर्थात फाइलेरियारोग विरुद्धको औषधी खुवाउने अभियान सुरु हुदैछ । आजदेखि तीन दिन सोमवार सम्म देशभर कार्यक्रम सञ्चालन हुँदैछ । हात्तिपाइले रोग लाग्नबाट बचाउन शनिबार, आइतबार र सोमबार दोस्रो चरणमा औषधी खुवाउन लागिएको हो । कार्यक्रम अन्तरर्गत आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरमा कार्यक्रम सञ्चालन हुँदैछ । देशका ६१ जिल्ला हात्तीपाइले […]

२०७१ फाल्गुन ३० गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा सिटिइभिटीमा ताला

काठमाडौँ ,२९ फागुन । माओवादी सम्बद्ध तीन वटै अखिल क्रान्तिकारीले संयुक्त रुपमा शुक्रबार सिटिइभिटीमा तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरुले शैक्षिक सत्रको बीचमा आएर सिटिइभिटीले विद्यार्थीलाई मार पर्नेगरी शुल्क बृद्धि गरेको भन्दै सिटिइभिटीमा तालाबन्दी गरेका हुन् । पटकपटक ध्यानाकर्षण गराउँदा पनि अटेर गरेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थी संगठनहरुको भनाइ छ । शुल्क बृद्धि […]

२०७१ फाल्गुन २९ गते, शुक्रबार

ग्राण्डी अस्पतालमा दुइदिने निशुल्क मृगौला स्वास्थ्य परिक्षण शिविर

काठमाडौं, २९ फागुन । विश्व मिर्गौला दिवसको अवसर पारेर राजधानीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि अस्पताल परिसर भित्रै दुइदिने निशुल्क मृगौला स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको छ । हिजो बिहान नौ बजेदेखी तीन बजेसम्म संचालित शिविरमा दुईसय पचास जनाभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका छन् । यस बर्षको दिबसमा आफु पनि विहान एक गिलास पानी पिउन […]

२०७१ फाल्गुन २९ गते, शुक्रबार

स्वाइन फ्लुको संक्रमण बढ्दै

काठमाडौं, २८ फागुन । स्वाइन फ्लुको संक्रमणका कारण काठमाडौंमा ज्यान गुमाउने संख्या ३ पुगेको छ । स्वाइन फ्लुका कारण एक महिला र २ पुरुषको ज्यान गएको हो । स्वाइन फ्लु लागेका उनीहरुले केएमसी, किस्ट र ओम अस्पतालमा उपचार गराएका थिए । तर ढिला गरी स्वास्थ्य जाँच गराउन गएकाले उपचार सम्भव नभएको डाक्टरहरुले बताएका छन् ।राष्ट्रिय […]

२०७१ फाल्गुन २८ गते, बिहीबार

एसएलसी परीक्षाको तयारी पूरा

काठमाडौ । आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशको ७५ वटै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामग्री पु¥याइसकेको जानकारी परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले दिए । यस वर्षको परीक्षामा सहभागी हुनका लागि पाँच लाख […]

२०७१ फाल्गुन २७ गते, बुधबार

अमृत साइन्स क्याम्पसमा झडप क्याम्पस प्रमुखको कुर्सी जल्यो

काठमाडौं,२७ फागुन । अमृत साइन्स क्याम्पसमा आज बिहान दुई विद्यार्थी संगठनबीच झडप भएको छ । एमाले अखिलले क्याम्पस प्रमुखको कार्यकक्षमा रहको टेबुल कुसीमा आगजनी गरेपछि विद्यार्थी संगठनबीच विवाद बढ्दा दुई पक्षबीच झडप भएको हो । आज बिहानै एमाले संबद् अनेरास्ववियुले सूचना प्रविधि सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी सहभागी हुन पुगेका विद्यार्थी अचानक […]

२०७१ फाल्गुन २७ गते, बुधबार

सामुदायिक विद्यालय समायोजन गरिदै

काठमाडौ, २६ फागुन। विद्यार्थी र शिक्षक अनुपात नमिलेका सामुदायिक विद्यालय समायोजनका लागि शिक्षा विभागले जिल्ला शिक्षा अधिकारीहरुलाई विवरण पठाउन परिपत्र गरे पनि कमै मात्र शिक्षा कार्यालयहरुले विवरण पठाएको पाइएको छ ।भौतिक तथा भौगोलिक मापदण्ड पूरा गरेका विद्यालय समायोजन गर्न विभागले जिल्ला शिक्षा कार्यालयहरुलाई १५ दिनभित्रमा विवरण पठाउन परिपत्र गरेको थियो । यही फागुन ३ गते […]

२०७१ फाल्गुन २६ गते, मंगलवार

एसएलसीमा खटिनेको भत्ता तेब्बर

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा खटिने जनशक्तिको भत्ता तेब्बरसम्म बढाएको छ । सुरक्षा पनि अघिल्ला वर्षभन्दा बढाइएको छ । सबैभन्दा बढी सुरक्षाकर्मीको भत्ता बढेको छ ।यस वर्षको एसएलसी परीक्षा पाँच चैतबाट सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष देशभर एक हजार आठ सय ६२ परीक्षा केन्द्र तोकिएको छ । […]

२०७१ फाल्गुन २० गते, बुधबार

स्वाइनफ्लुबाट महिलाको मृत्यु

काठमाडौ, १७ फागुन । बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा स्वाइन फ्लुको संक्रमणबाट एक महिलाको ज्यान गएको छ । मोडल अस्पतालमा उपचाररत ४८ वर्षीया महिलाको शनिबार साँझ ज्यान गएको हो ।रुघाखोकी र ज्वरो आएपछि दुर्इ हप्ताअघि मोडल अस्पतालमा भर्ना भएकी उनी काठमाडौंकै बासिन्दा रहेको अस्पतालले जानकारी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम […]

२०७१ फाल्गुन १७ गते, आईतवार