अखिल क्रान्तिकारीद्वारा सिटिइभिटीमा ताला

२०७१ फाल्गुन २९ गते, शुक्रबार

काठमाडौँ ,२९ फागुन । माओवादी सम्बद्ध तीन वटै अखिल क्रान्तिकारीले संयुक्त रुपमा शुक्रबार सिटिइभिटीमा तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरुले शैक्षिक सत्रको बीचमा आएर सिटिइभिटीले विद्यार्थीलाई मार पर्नेगरी शुल्क बृद्धि गरेको भन्दै सिटिइभिटीमा तालाबन्दी गरेका हुन् । पटकपटक ध्यानाकर्षण गराउँदा पनि अटेर गरेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थी संगठनहरुको भनाइ छ । शुल्क बृद्धि तुरुन्त फिर्ता गर्नुपर्ने, भौतिक सुविधा बृद्धि गर्नुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।

प्रतिक्रियाहरु