स्वास्थ्य / शिक्षा

गर्भवती महिलाका लागि हवाई यात्रा कति सुरक्षित ?

काठमाडौँ ।गर्भावस्थाका क्रममा महिलाहरुका लागि ३७ हप्ताअघि हवाई यात्रा सुरक्षित मानिएको छ । जुम्ल्याहा बच्चाको मामिलामा भने ३२ हप्ता मात्र सुरक्षित मानिएको छ।ब्रिटेनको रोयल कलेज अफ अब्सट्रीटिशयन्स एण्ड गायनोकोलिजस्ट्सका अनुसार कम जोखिमवाला गर्भावस्थामा हवाई यात्रा धेरै खतरनाक छैन । तर, यसको साइड इफेक्टस भने हुने गर्दछ । यस्तै २८ हप्तापछिको गर्भावस्थामा भने चिकित्सकको सल्लाह लिएर […]

२०७१ माघ २५ गते, आईतवार

आज विश्व क्यान्सर दिवस

काठमाडौ, २१ माघ । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।सरकारी तथा यस क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाले क्यान्सरबाट बच्ने उपायलगायतका बारेमा विभिन्न कार्यक्रम गर्दैछन् । दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले पनि दिउँसो विशेष कार्यक्रम गर्ने भएको छ । नेपालमा प्रत्येक वर्ष ५ हजार क्यान्सर रोगी थपिने गरेको विभिन्न अध्ययनहरुले देखाएका […]

२०७१ माघ २१ गते, बुधबार

विज्ञान ,अंग्रेजी र गणित पढाउन लाइसेन्स नचाहिने

काठमाडौ, १८ माघ । विद्यालय तहमा विज्ञान ,अंग्रेजी,गणितलगायत प्राविधिक विषय पढाउन शिक्षण अनुमतिपत्र (लाइसेन्स) नचाहिने भएको छ । लाइसेन्स अनिवार्य गरिएका कारण यी विषयमा शिक्षक अभाव हुँदा पढाइमा बाधा उत्पन्न भएको गुनासा आएपछि मन्त्रालयले लाइसेन्स लिनैपर्ने व्यवस्था हटाएको हो । शिक्षा मन्त्रालयले केही दिनअघि यस्ता विषय पढाउन चाहने व्यक्तिलाई पाँच वर्ष म्याद राखेर अस्थायी अनुमतिपत्र […]

२०७१ माघ १८ गते, आईतवार

एसएलसी परीक्षा ५ चैतबाट

काठमाडौँ । यस वर्षो एसएलसी परीक्षा ५ चैतबाट सुरु हुने भएको छ । एसएलसी परीक्षामा करिब पाँच लाख ७० हजार विद्यार्थी सहभागी हुँदै छन् । यो संख्या गत वर्षो तुलनामा करिब चार हजारले बढी हो । निमित्त परीक्षा नियन्त्रक डा. लेखनाथ पौडेलले चार लाख २५ हजार नियमित र एक लाख ४५ हजारको हाराहारीमा एक्जाम्टेडका विद्यार्थीले […]

२०७१ माघ १७ गते, शनिबार

शिक्षकलाई अंग्रेजी सिकाइने

काठमाडौँ, १६ माघ। शैक्षिक जनशक्ति विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत सातहजार शिक्षकलाई अँग्रेजी भाषाको तालिम दिने भएको छ । आउँदो असार मसान्तभित्र सात हजार शिक्षकलाई तालिम दिई दक्ष बनाउने केन्द्रका कार्यकारी निर्देशक खगराज बरालले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै गएपछि सामुदायिक विद्यालयहरुमा पनि अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्न शिक्षकलाई तालिम दिन लागिएको […]

२०७१ माघ १६ गते, शुक्रबार

रक्तचाप नियन्त्रण गरौ – डा. हेमराज कोइराला

के हो रक्तचापः रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिइएको दवाब -चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ । क्रियात्मक रूपले स्वास्थ्थ व्यक्तिमा सिस्टोलक १०० – १३० एम्.एम्.एच्.जी.सम्म हुन्छ भने डाएस्टोलिक ६० – […]

२०७१ माघ १० गते, शनिबार

स्वास्थ्य सेवा प्रभावकारी बनाइदै

काठमाडौं, ७ माघ ।सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजान ५ लाख भन्दा बढी जनसंख्या भएका जिल्लामा २५ देखि ५० शैयाको अस्पताल बनाउन थालेको छ । स्वास्थ्य मन्त्रालयले ५ लाख भन्दा धेरै जनसंख्या भएका जिल्लामा विशेषज्ञ डाक्टर सहित ५० शैया सम्मको अस्पताल बनाउन लागेको जनाएको छ । ९ वटा जिल्लामा २५ देखि ५० शैयाको अस्पताल बनाउने […]

२०७१ माघ ७ गते, बुधबार

सुर्तीजन्य पदार्थको फुटकर बिक्री गर्न प्रतिबन्ध

काठमाडौँ । सरकारले सुर्तीजन्य पदार्थको फुटकर बिक्रीमा पूणारूपमा रोक लगाउने निर्ण्रागरेको छ । अब कुनै व्यापारीले चुरोट, बिँडी तथा सिगारजस्ता सुर्तीजन्य पदार्थ खिल्लीमा बिक्री गरेमा १० हजार रूपैयाँ जरिवाना तिर्नुपर्नेछ । सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न जरिवानासहितको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, ०७१’ मंगलबार जारी भएको हो । स्वास्थ्य मन्त्रीस्तरीय निर्ण्रााट सुर्तीजन्य […]

२०७१ माघ ३ गते, शनिबार

त्रिविमा सेमेस्टर प्रणाली हटाउन माग

काठमाडौँ । त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागको नतिजालाई लिएर परीक्षार्थी र विद्यार्थी संगठनले थालेको आन्दोलन सेमेस्टर प्रणालीनै हटाउने तर्फ उन्नमुख हुन थालेको छ ।गत फागुनदेखि सुरु भएको सेमेस्टर प्रणालीको पहिलो ब्याचमा प्रकाशित रिजल्ट पुरानो वार्षिक प्रणालीभन्दा निराशाजनक भएको भन्दै आक्रोशित विद्यार्थीले पुस ७ गते शिक्षाशास्त्र विभागमा ताला मात्रै ठोकेनन्, नयाँ भर्ना फारम वितरण गर्नसमेत रोक लगाए […]

२०७१ पुष १९ गते, शनिबार

स्वास्थ्यका ११ हजारलाई स्वेच्छिक अवकाश

काठमाडौ । स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भइरहेका बेला सरकारले भने स्तरवृद्धि भएर पनि पदस्थापना हुन नसकेका स्वास्थ्यकर्मीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्तरवृद्धि भएर पनि पदस्थापना नभएका अहेव, हेल्थ असिस्टेन्ट, अनमी, ग्रामीण स्वास्थ्य कार्यकर्तालगायत ११ हजार स्वास्थ्यकर्मी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत छन्। चौथोबाट पाँचौं र पाँचौंबाट छैटौंमा तहमा स्तरवृद्धि […]

२०७१ पुष १८ गते, शुक्रबार