अमृत साइन्स क्याम्पसमा झडप क्याम्पस प्रमुखको कुर्सी जल्यो

२०७१ फाल्गुन २७ गते, बुधबार

काठमाडौं,२७ फागुन । अमृत साइन्स क्याम्पसमा आज बिहान दुई विद्यार्थी संगठनबीच झडप भएको छ । एमाले अखिलले क्याम्पस प्रमुखको कार्यकक्षमा रहको टेबुल कुसीमा आगजनी गरेपछि विद्यार्थी संगठनबीच विवाद बढ्दा दुई पक्षबीच झडप भएको हो ।
आज बिहानै एमाले संबद् अनेरास्ववियुले सूचना प्रविधि सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी सहभागी हुन पुगेका विद्यार्थी अचानक क्याम्पस प्रमुखको कार्यकक्षतिर लागेर आगजनी सुरु गरेको प्रत्यक्षदर्शी विद्यार्थीले रातोपाटीलाई बताए । एमाले संवद्द अनेरास्ववियुले आगजनी सुरु गरेपछि तीन माओवादी संवद्द अखिल क्रान्तिकारी त्यसको प्रतिरोध गर्न क्याम्पस प्रवेश गरेका थिए । उनीहरु प्रवेश गरेसँगै झडपको अवस्था बनेको हो । अहिले क्याम्पस अगाडि माओवादी संवद्द विद्यार्थीहरुले नारावाजी गरिरहेका छन् भने प्रहरी त्यसको नियन्त्रणमा लागिरहेको छ । केहीबेर अघि भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु