हात्तिपाइले विरुद्धको औषधी खुवाउने अभियान सुरु

२०७१ फाल्गुन ३० गते, शनिबार

काठमाडौ, ३० फागुन । आजदेखि हात्तिपाइले अर्थात फाइलेरियारोग विरुद्धको औषधी खुवाउने अभियान सुरु हुदैछ । आजदेखि तीन दिन सोमवार सम्म देशभर कार्यक्रम सञ्चालन हुँदैछ । हात्तिपाइले रोग लाग्नबाट बचाउन शनिबार, आइतबार र सोमबार दोस्रो चरणमा औषधी खुवाउन लागिएको हो । कार्यक्रम अन्तरर्गत आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरमा कार्यक्रम सञ्चालन हुँदैछ । देशका ६१ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित छन् । पहिलो चरणमा भने फागुन २३ देखि २५ गतेसम्म पाँचथर भोजपुर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिराहा, सप्तरी, उदयपुर, अर्घाखाँची लगायत ३८ जिल्लामा औषधी खुवाइएको छ ।
हात्तिपाइले रोग लाग्नबाट बचाउने भएकाले सबैले औषधि सेवन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । तर गर्भवती तथा एक हप्ता सम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरु, छारे रोगका विरामीहरु र दुई बर्ष नपुगेका बालबालिकाहरुले भने औषधी सेवना नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
नेपालमा यो रोगको संक्रमण सरदरमा १३ प्रतिशत देखिएको छ । रोगको परजिवि भएका मानिसमा गोडा सुन्निने, सेतो पिसाव बग्ने, स्तन तथा जनेन्द्रीय सुन्निने समस्या हुने स्वास्थ्यकर्मीहरु बताउछन् । नेपालमा यो रोग निदानका लागि सन् २००३ देखि प्रभावित जिल्लामा औषधी सेवन अभियान चलिरहेको छ ।

प्रतिक्रियाहरु