स्वास्थ्य / शिक्षा

नङ टोक्ने बानीले घृणाको पात्र बन्न सक्छ

काठमाडौँं । केही खराब आचरणका कारण मानिसको स्वास्थ्यमा त प्रतिकूल प्रभाव परेको हुन्छ नै, समूहमा बस्दा समेत घृणाको पात्र बन्न सक्छ । यस्तै खराब स्वभाव हो नङ टोक्ने । यो साझा र निकै फोहोरी बानी हो । तैपनि मानिसले नङ टोक्न छाडेका छैनन् । आखिर किन यस्तो भइरहेको छ त ? यसबारे मनोविज्ञहरु आआफ्ना तर्क […]

२०७२ चैत्र २० गते, शनिबार

एसएलसी दिन नपाउँदा आत्महत्या

काठमाडौं, १९ चैत । अछाम जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा आत्महत्या गरेकी छन् । उनले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन् । परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन् । आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी […]

२०७२ चैत्र १९ गते, शुक्रबार

एसएलसी परीक्षा सुरु

काठमाडौ, १८ चैत । आज बिहान ८ बजेबाट यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा सुरु भएको छ । परीक्षामा ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका छन् । आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसएलसी परीक्षा आजदेखि २९ गतेसम्म […]

२०७२ चैत्र १८ गते, बिहीबार

अनुदानका शिक्षक छानबिनको दायरामा !

काठमाडौँ, १७ चैत । जिल्ला शिक्षा कार्यालय झापाले अनुदान कोटाअन्तर्गत उच्च माध्यमिक तहमा नियुक्त भएका सबै शिक्षकका विषयमा छानबिन सुरु गरेको छ । अनुदान कोटाका शिक्षकको नियुक्ति र अध्यापनका विषयमा चौतर्फी गुनासो आएपछि कार्यालयले छानबिन सुरु गरेको हो । अनुदान कोटामा नियुक्ति लिएका शिक्षकको विषयमा पटक–पटक प्रश्न उठेपछि छानबिन थालिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले […]

२०७२ चैत्र १७ गते, बुधबार

एसएलसीको तयारी पुरा

काठमाडौ, १६ चैत । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको तयारी पुरा भएको जनाएको छ । पर्सीदेखि एसएलसी परीक्षा सुरु हुँदैछ । कार्यालयका अनुसार यो वर्ष ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थीले परीक्षा दिंदैछन् । परीक्षार्थी मध्ये यो वर्ष पनि छात्राको संख्या बढी रहेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार यो […]

२०७२ चैत्र १६ गते, मंगलवार

राष्ट्रिय ज्योतिष सम्मेलन सुरु हुदै

काठमाडौं, १५ चैत । नेपाल ज्योतिष परिषद्को चौधाँै राष्ट्रिय सम्मेलन सुनसरी जिल्लाको इटहरीमा आजदेखि सुरु हुने भएको छ । सम्मेलन विश्व ज्योतिष परिषद् महासङ्घका लागि ऐतिहासिक हुने विश्वास गरिएको छ । सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पोख्रेलले पूर्वी नेपालका केन्द्रबिन्दुका रुपमा रहेको इटहरीमा हुन लागेको ज्योतिष […]

२०७२ चैत्र १५ गते, सोमबार

एक चौथाइ सामुदायिक विद्यालयमा पचासभन्दा कम विद्यार्थी

काठमाडौँ, १४ चैत । मुलुकभरका झन्डै एक चौथाइ सामुदायिक विद्यालयमा ५० भन्दा कम विद्यार्थी देखिएपछि सरकारले विद्यालय क्षेत्रको पुनः संरचनाको तयारी गरेको छ । कम विद्यार्थी भएका कतिपय सहरी क्षेत्रमा शिक्षक बढी हुने र त्यति नै सङ्ख्यामा विद्यार्थी भएका दुर्गमका विद्यालयमा शिक्षक दरबन्दी अभाव हुने अवस्थाको अन्त्य गरी सरकारको दायित्व र लगानीबीचको सन्तुलनको खोजीमा शिक्षा […]

२०७२ चैत्र १४ गते, आईतवार

महानिर्देशक नियुक्तिमा आर्थिक चलखेल

काठमाडौं । स्वास्थ्य मन्त्रायअन्तर्गतको स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्तिमा आर्थिक चलखेल भएको स्रोतले बताएको छ । स्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमाल र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले आर्थिक प्रलोभनमा परी डा. पुष्पा चौधरीलाई महानिर्देशकमा नियुक्त गरेको स्रोतले ठोकुवा गरेको छ । स्रोतका अनुसार सुशील कोइराला नेतृत्वको सरकारले स्वास्थ्य सेवा विभागको […]

२०७२ चैत्र १३ गते, शनिबार

आज विश्व क्षयरोग दिवस

काठमाडौं, ११ चैत । आज विश्व क्षयरोग दिवस, ‘क्षयरोग अन्त्य गर्न सबै एक हौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईँदैछ । तथ्याङ्क अनुसार नेपालमा ८० हजार जना क्षयरोग लागेका बिरामी छन् । नेपालमा हरेक वर्ष क्षयरोगका ४० हजार नयाँ बिरामी देखिने गरेका छन् । चेतना अभावका कारण कडा खालको संक्रमण देखिएका […]

२०७२ चैत्र ११ गते, बिहीबार

आज विश्व मौसम दिवस र पानी दिवस

काठमाडौ, १० चैत । आज विश्व मौसम दिवस र पानी दिवस । विभिन्न कार्यक्रम गरि संग -सँगै मनाइँदैछ । दिवसका अवसरमा आज जलवायु परिवर्तनले पारेका असर र यसको रोमथामका विषयमा केन्द्रित रहेर अन्तरक्रिया, गोष्ठीलगायत सचेतनामूलक कार्यक्रम हुँदैछन् । बढ्दो अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि र वातारण प्रदुषणका कारण जोखिम बढ्दै गएकाले यसको प्रभाव र न्यूनिकरणका लागि […]

२०७२ चैत्र १० गते, बुधबार