पोलियो बिरुद्धको नयाँ खोप बिओपिभी दिन शुरु

२०७३ बैशाख ५ गते, आईतवार

काठमाण्डौ ,५ वैशाख । सरकारले आजदेखि देशभर पोलियो विरुद्धको नयाँ खोप बिओपिभी दिन शुरु भएको छ । बालस्वास्थ्य महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार आजदेखि देशभरका खोप केन्द्रले पोलियो विरुद्धको पुरानो खोप टिओपिभीको सट्टा नयाँ बिओपीभी खोप दिने भएको हो ।
टिओपिभीको साटो बिओपिभी खोपलाई नियमित कार्यक्रममा राखिएको जानकारी दिदै खोप शाखा प्रमुख मुुकन्द गौतमले यो खोप बालबालिकालाई तीन पटक दिनुपर्ने बताए ।
जन्मेको पहिलो ६ हप्ता, त्यसपछि १० हप्ता र १४ हप्तामा बिओपिभी खोप दिनु पर्ने खोप शाखा प्रमुख गौतमले बताए । राष्ट्रिय खोप तालिकाअनुसार यो खोप सबै क्षेत्र र ठाउँमा समेट्ने गरि १६ हजार केन्द्रबाट दिइने छ । यो खोप देशका सबै क्षेत्रमा पु-याउन सरकारले २ महिनादेखि तयारी गर्दै आएको थियो । यस्तै पुरानो खोपलाई अबको दुई हप्ताभित्र सबै क्षेत्रबाट संकलन गरिसक्ने बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु