निःशुल्क पाठ्यपुस्तक वितरण हुदै

२०७३ बैशाख ५ गते, आईतवार

काठमाडौ, ५ बैशाख । सरकारले आजदेखि बैशाख १५ गतेसम्म देशभरका सरकारी विद्यालयमा अध्ययनरत करिब ५९ लाख ९५ हजार ७ सय १५ विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू विद्यालय जाने कार्यक्रम तय गरिएको छ ।
हरेक बर्ष पाठ्यपुस्तकको अभावका कारण सरकारले आलोचना खेप्नुपरेपछि सरकारले यो वर्षदेखि १० दिनसम्म पाठ्यपुस्तक वितरण गर्ने घोषणा गरेको हो । प्रधानमन्त्रीदेखि सबै मन्त्री र शिक्षा मन्त्रालय मातहतका निकायका प्रमुख सहसचिवहरू जिल्ला जाने शिक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले पाठ्यपुस्तक वितरण अभियानलाई सहयोग गर्न सार्वजनिक अपिल गरेलगत्तै प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू जिल्ला पुगेर पाठ्यपुस्तक बाँड्नेछन् ।

प्रतिक्रियाहरु