व्यक्ति होइन व्यवस्था बदलौ

२०७७ श्रावण १ गते, बिहीबार

यतिबेला देशमा बन्दाबन्दीको अवस्था छ । बन्दाबन्दीलेआम नागरिकको जनजीवन चौपट बनाएको छ । समग्रमा भन्नु पर्दा बन्दाबन्दीले देश र जनतालाई धरासायी बनाउन खोज्दैछ देश र जनतालाई यस महासं कटबाट पार लगाउने जिम्मा सरकारको हो । तर यहीबेला सत्ताधारी नेकपा आपै संकटको भुमरीमा फसेको छ । सरकार आफ्नो सत्ता जोगाउन भएभरको बल लगाइ रहेको छ भने अर्को तर्प पार्टीका नेताहरू वर्तमान सरकारलाई विस्थापित गरी आफु सरकारमा पुग्न न्वारानदेखिको बल लगाइ रहेका छन् । सत्ताधारी नेकपाको यही हर्कतका कारण देश र जनता आक्रान्त हुन पुगेका छन् । वर्तमान सत्ताधारी पार्टी र सरकारको हर्कत हेर्दा नेपालमा संसद्वाद असफल भएको सजिलै बुझ्न सकिन्छ । यस्तोअवस्थामा देश र जनतालाई संकटबाट मुक्त पार्न नोपाल कम्युनिष्ट पार्टीले भने जस्तो वैज्ञानिक समाजवाद नै उपयुक्त विकल्प हुनसक्छ । यसतर्प आमस्वाभिमानी नेपाली जनतालेसोच्नु पर्ने बेला आएको छ । संसद्वाद नीतिमा भन्दा नेतामा र व्यवहारमा भन्दा सिद्धान्तमा मात्र सीमित हुन पुग्दा देश र जनतामाथि खतरा आइपरेको हो । यो संसदीय व्यवस्थाकोचरित्र पनि हो । तसर्थ, वर्तमान संकटबाट साँच्चै देश र जनतालाई मुक्त पार्ने हो भने संसदीय व्यवस्थामा व्यक्ति फेरेर पुग्दैन किनकी संसदीय व्यवस्था रहुन्जेल जुन व्यक्ति सरकारमा पुगे पनि उसको रवैया वर्तमान सरकारको जस्तै रहन्छ । तसर्थ,देश र जनतालाई यस महासंकटबाट पारलगाउन नेपाल कम्युनिष्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमा आम स्वाभिमानी नेपाली गोलबद्ध हुनुको विकल्प छैन । त्यसैले राष्ट्र, राष्ट्रियता र सार्वभैमिकता रक्षा संसदीय व्यवस्थाबाट सम्भव छै न । अहिलेको मुख्य समस्या भनेकोव्यवस्थाको समस्या हो । तसर्थ देश र जनताको खातिर अब व्यक्ति होइन व्यवस्था बदल्ने तिर एकजुट होऔ ं । अन्यथा देश थप भुमरीमा पर्ने निश्चित छ , चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु