संसदीय व्यवस्था असफलसिद्ध

२०७७ श्रावण ४ गते, आईतवार

देश र जनता कोरोना भाइरसले आक्रान्त भएका छन् । सरकारले कोरोना जाँचलाई प्रभावकारी बनाउन नसक्दा जनता आतंकित भएका छन् । कोरोनाले देश र जनताको आर्थिक अवस्थालाई धराशयी बनाएको छ । कोरोना भाइरस जाँचबुझ र नियन्त्रणका नाममा सरकारी पक्षले नै ब्रह्मलुट मच्चाइरहेको समाचार दैनिक सार्वजनिक भइरहेका छन् । तर, सरकार कानमा तेल हालेर बसेको छ । देश कोरोना भाइरस र प्राकृतिक प्रकोपबाट आक्रान्त भइरहेको समयमा सत्ताधारी नेकपा भने सत्ताको दाउमा अल्झिएको छ । सत्ताधारी नेकपाका एक पक्ष कुनै हालतमा सरकार नछाड्ने र अर्को पक्ष वर्तमान सरकारलाई जुनसुकै हालतमा हटाउने खेलमा लागेको छ । सत्ताधारी पार्टीको यस लडाइँले देश र जनता प्रताडित त भएकै छन्, त्योभन्दा बढी १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ । सरकार र सत्ताधारी पार्टीको यस लडाइँले नेपालमा संसद्वादी व्यवस्था ठीक छैन भन्ने कुराको पुष्टि गर्छ ।

हुन त नेपाल कम्युनिस्ट पार्टीले वर्तमान संसदवादी व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्दै सुरुदेखि संघर्ष गर्दै आइरहेको छ । जुन कुराको अहिले आएर पुष्टि हुन गएको छ । देशलाई वर्तमान संकटबाट मुक्त पार्न एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवादमा पुग्ने लक्ष्यका साथ संघर्षरत नेपाल कम्युनिस्ट पार्टीको एजेण्डा यतिबेला निर्विकल्प बन्न गएको छ । जुन कुराको पुष्टि संसद्वादी दलहरुले गरिसकेका छन् । देशमा अहिले देखिएको संकट कुनै राजनीतिक दल र व्यक्ति विशेष होइन, यो त संसद्वादी दलको विशेषता नै हो । जबसम्म संसदीय व्यवस्था रहन्छ, तबसम्म यस्तै फोहोरी राजनीतिक खेल चलिरहन्छ ।

त्यसकारण देश र जनतालाई वर्तमान संकटबाट मुक्त पार्न संसदीय व्यवस्थाको विकल्प खोज्नु अनिवार्य बन्न गएको छ । यस्तो अवस्था देशमा वैज्ञानिक समाज स्थापनार्थ संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्नुको विकल्प छैन । त्यसैले आमसचेत नागरिकले देश र जनताको स्वाभिमानको रक्षार्थ एकीकृत जनक्रान्तिमा गोलबद्ध भई वर्तमान संसदीय व्यवस्था खारेजको दिशामा अघि बढ्नैपर्छ । अन्यथा देश र जनताको अस्तित्व खतरामा पर्ने निश्चित छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

समाजवादका लागि जुटौं

२०८० फाल्गुन २० गते, आईतवार

सहिदका सपना साकार पारौं

२०८० फाल्गुन १४ गते, सोमबार