भारतीय दादागिरी बन्द गर

२०७८ असार १३ गते, आईतवार

भारतले नेपाललाई दीर्घकालीन असर पार्ने पर्खाल, सडक, बाँधतटबन्ध निर्माणका काम धमाधम अघि बढाइरहेको समाचार सार्बजनिक भएको भारतले सीमावर्ती क्षेत्रमा बनाइएका अनधिकृत भौतिक संरचना हटाउनुको सट्टा नेपाली भूभागलाई थप असर पुग्ने गरी बलमिच्याइँपूर्वक निर्माण कार्य गर्नुले उसको नेपालप्रतिको हेपाहा दृष्टिकोण उजागर गर्दछ भारतले सीमासम्बन्धी अन्तर्राष्ट्रिय सन्धिसम्झौताअनुसार नदीखोला तथा प्राकृतिक रूपमा सिर्जित पानीको बहावलाई कुनै पनि हालतमा रोक्न नपाउने नदीखोलाको तटीय क्षेत्रबाट दुवैतर्फ कम्तीमा किमि क्षेत्रमा बहावलाई रोकिने संरचना बनाउनै नपाउने अन्तर्राष्ट्रिय प्राबधान हेलसिन्की रुल्स अन युजेज अफ वाटर्स अफ इन्टरनेसनल रिभर्स १९६६को दफा २९ मा नदीको बहावमा फेरबदल गरेर सीमामा कुनै पनि संरचना बनाउन नपाइने उल्लेख तर, भारतले यी सबै अन्तर्राष्ट्रिय नीति नियमको खिल्ली उडाउँदै सीमावर्ती क्षेत्रमा अनधिकृत भौतिक संरचना बनाउँदै आएको

भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक निर्माण गरेका संरचनाका कारण खासगरी बर्खायाममा हजारौं नेपालीले सास्ती बेहोरिरहे पनि समस्या सुल्झाउन नेपाल सरकारबाट पनि प्रभावकारी कूटनीतिक पहल हुन सकेको छैन नेपाल पक्षबाट बेलाबेला भएका कूटनीतिक पत्राचार ध्यानाकर्षणको पनि भारतले बेवास्ता गर्दै आएको नेपालको २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् नेपाल भारतबीच एक हजार आठ सय ८० किलोमिटर सीमारेखा त्यसमध्ये २३ जिल्लामा सीमा विवाद भने नेपालभारत सीमारेखाको ७१ स्थानमा अतिक्रमण, मिचान गरेको यस्तो विवादित क्षेत्रफल ७९ हजार सय ४२ हेक्टर रहेको आँकडा यीमध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रमा ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार अन्य जिल्लामा हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित भएको

भारतले विगतदेखिनै नेपालको राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक क्षेत्रमा अतिक्रमण र हस्तक्षेप गर्दै आएको छ । नेपालको राजनीतिक दल र तिनका नेताहरु आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ पूर्तिका लागि भारतको गुलाम बन्ने गरेकाले नै भारतको मनोबल बढ्दै गएको हो । तसर्थ, देशको अस्तित्व रक्षाको निम्ति देशका तमाम राजनीतिक दल र नेताहरु भारतीय हस्तक्षेप बिरुद्ध एकजुट भएर लाग्नु अनिवार्य भएको छ भने आम स्वादजष् मानी जनताले पनि साथ र सहयोग गर्नुपर्दछ । साथै सरकारले भारतीय हस्तक्षेपबिरुद्ध कुटनीतिक तवरले समाधान खोज्नुपर्दछ भने कुटनीतिक माध्यमवाट समस्याको समाधान नभए अन्तर्राष्ट्रिय अदालतको सहारा लिनुपर्दछ । अन्यथा भारतको हस्तक्षेप झन्–झन् बढ्दै जाने र एक दिन देशको अस्तित्व माथि नै संकट पु-याउने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु