अर्थ

राहतको नाममा मोबाइल तस्करी

काठमाडौं, १४ असार । टेकुस्थित आपूर्ति व्यवस्था महाशाखामा राहत लिएर गएको ना ४ ख ३६९ नम्बरको ट्रकमा सामसुङ ब्रान्डको एस थ्री मोबाइल एक सय आठ कार्टुन (पाँच सय ४० पिस) फेलापरेको छ । राहत सामग्री बोकेको ट्रकमा अवैध उक्त संख्यामा मोबाइल फेलापरेको हो । ट्रकका चालक लक्ष्मण कार्कीले प्रहरीलाई दिएको बयानअनुसार उक्त ट्रक त्रिभुवन अन्तर्राष्ट्रिय […]

२०७२ असार १४ गते, सोमबार

निःशुल्क भिसा र हवाइ टिकटबिरुद्ध म्यानपावर व्यवसायी

काठमाडौं, १३असार । वैदेशिक रोजगार व्यवसायीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको राजिनामा माग गर्दै प्रदर्शन गरेका छन् । श्रम तथा रोजगार राज्यमन्त्री गुरुङले भिसा र हवाइ टिकट निःशुल्क उपलब्ध नगराउने खाडी मुलुकमा कामदार नपठाउने र म्यानपावर व्यवसायीलाई सेवा शुल्कको नाममा कुनै पनि रकम उठाउन नदिने निर्णय गरेपछि व्यवसायीले राज्यमन्त्री गुरुङको राजीनामाको माग सहित प्रदर्शन […]

२०७२ असार १३ गते, आईतवार

वैदेशिक रोजगार विभाग दलालको अखडा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागकै कर्मचारीले म्यानपावर व्यवसायीसँग मिलेर नेपाली युवायुवतीलाई ठग्ने गरेको प्रमाण फेला पारेको छ । अख्तियारले ठगी धन्दामा संलग्न विभागका १२ कर्मचारी एकैसाथ कारवाही थालेको छ । कर्मचारीसँग मिलेर म्यानपावर व्यवसायीले नक्कली कागजपत्र बनाई श्रमस्वीकृति लिने र कामदारहरुलाई विदेश पठाउने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । रोजगारदाता कम्पनीबाट […]

२०७२ असार १२ गते, शनिबार

आयल निगम १४ अर्व नाफामा

काठमाडौ, ११ असार । नेपाल आयल निगमले पछिल्लो १० महिनामा १४ अर्व रुपैयाँ नाफा कमाएको छ । विगत दश वर्षदेखि घाटा व्यहोर्दै आएको आएको निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेकाले सो नाफा कमाएको हो । १४ अर्ब रुपैयाँमध्ये ११ अर्ब रुपैयाँ भारतीय आयल निगमलाई तिरेको र ३ अर्ब रुपैयाँको कोष खडा गरेको वाणिज्य तथा […]

२०७२ असार ११ गते, शुक्रबार

म्यानपावरमा छापा , कागजपत्र र कम्युटर नियन्त्रणमा

काठमाडौं, ११ असार । वैदेशिक रोजगार विभागले कर छलीको आंशकामा ५ ठूला म्यानपावर कम्पनीमा छापा मारेर कागजपत्र र कम्युटर नियन्त्रणमा लिएको छ । विभागले एक सातामा टपजब्स, माउन्ट कंचन, प्याराडाइज, कोशी इन्टरनेसनल र ब्लु स्काइमा छापा मारेको हो । ती कम्पनीले कामदारसँग तोकिएभन्दा बढी रकम असुलेर ठगी गरेको पाइएको विभागले जनाएको छ । विभाग प्रवक्ता […]

२०७२ असार ११ गते, शुक्रबार

राष्ट्रिय आँप महोत्सव हुदै

काठमाडौं, ११ असार । पहिलो राष्ट्रिय आँंप महोत्सव आजवाट राजधानीमा हुने भएको छ । नेपाल फलफूल थोक ब्यवसायी संघ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको संयुक्त सहकार्यमा शुक्रबारदेखि दुई दिनसम्म भृकुटी मण्डपमा महोत्सव सञ्चालन हुनेछ । संघका अध्यक्ष अमर बानियाँकाअनुसार महोत्सवमा ११ वटा स्टाल राख्ने व्यवस्था गरिएको छ । जसअनुसार पाँचबटा खुद्रा र ६ वटा […]

२०७२ असार ११ गते, शुक्रबार

खाडी जान भिषा र टिकट निःशुल्क

काठमाडौं। खाडीका ६ देश र मलेसियामा असार २१ गतेदेखि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था लागू हुने भएको छ । व्यवसायीको दबाबका बाबजुद श्रम तथा रोजगार मन्त्रालयले यस्तो व्यवस्था लागू गर्न लागेको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार २१ गतेदेखि बहराइन, कतार, साउदी अरब, यूएई, ओमान, कुवेत र मलेसियामा निःशुल्क भिषा र टिकट अनिवार्य […]

२०७२ असार ११ गते, शुक्रबार

दोलखा र सिन्धुपाल्चोकका प्राय सबै सडक र पुलहरु जोखिममा

काठमाण्डौं , ९ असार । विनाशकारी भूकम्प र त्यसयताका पराकम्पनका कारण धाँजा फाटेकाले दोलखा र सिन्धुपाल्चोकका ९० प्रतिशत सडकहरु जोखिममा रहेको पाइएको छ । डिभिजन सडक कार्यालय दोलखाले पत्रकार सम्मेलन गरी अरनिको राजमार्ग, पुष्पलाल लोकमार्ग, तामाकोसी–मिल्ती, तामाकोसी–जिरी सडक र सहायक मार्गहरु गरी दुबै जिल्लाका ९० प्रतिशत सडक जोखिममा रहेको जनाएको हो । दुबै जिल्ला जोड्ने […]

२०७२ असार ९ गते, बुधबार

कर नतिर्ने व्यवसायीमाथि कारबाही सुरु

काठमाडौं, ९ असार । करदाता सेवा कार्यालय इलामले कर तिर्न अटेर गर्ने १९ जना व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । बारम्बार कर तिर्न लिखित तथा मौखिक पत्राचार गरे पनि अटेर गर्ने व्यवसायीलाई कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय भद्रपुर झापामा पठाइएको कार्यालयले जनाएको छ । एक सय ५० व्यवसायीबाट रु एक करोड ५० लाखभन्दा बढी […]

२०७२ असार ९ गते, बुधबार

विश्व खाद्य कार्यक्रमको ५ सय ४१ मेट्रिक टन अखाद्य दाल फेला पर्यो

काठमाडौं,७ असार । बाँकेको खजुरामा संयुक्त राष्ट्र संघीय नियोग, विश्व खाद्य कार्यक्रम डब्लूएफपीको गोदाममा राखिएको ५ सय ४१ मेट्रिक टन दाल खान अयोग्य अवस्थामा फेला परेको छ । भण्डारण गरी राखिएको उक्त परिमाणको दाल गोदाम अनुगमनका क्रममा फेला परेको हो । विश्व खाद्यले वितरण गरेका खाद्य सामग्रीहरु गुणस्तरहीन रहेको खबर आउन थालेपछि संसदीय टोलीले आइतबार […]

२०७२ असार ७ गते, सोमबार