आयल निगम १४ अर्व नाफामा

२०७२ असार ११ गते, शुक्रबार

काठमाडौ, ११ असार । नेपाल आयल निगमले पछिल्लो १० महिनामा १४ अर्व रुपैयाँ नाफा कमाएको छ । विगत दश वर्षदेखि घाटा व्यहोर्दै आएको आएको निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेकाले सो नाफा कमाएको हो । १४ अर्ब रुपैयाँमध्ये ११ अर्ब रुपैयाँ भारतीय आयल निगमलाई तिरेको र ३ अर्ब रुपैयाँको कोष खडा गरेको वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बताए । उनले अन्तर्राष्ट्रिय बजारमा भाउ बढेका भेला हुने घाटा संयोजन गर्न निगमले ३ अर्ब रुपैयाँको कोष खडा गरेको बताए ।
नेपाल आयल निगमलाई अहिले प्रतिलिटर डिजेलमा ४ रुपैयाँ ४ पैसा, पेट्रोलमा १० रुपैयाँ १२ पैसा, मट्टितेलमा १७ रुपैयाँ ७७ पैसा तथा हवाइ इन्धनमा ५२ रुपैयाँ ३९ पैसा फाइदा छ । खाना पकाउने ग्याँसमा भने निगमलाई प्रतिसिलिण्डर ६१ रुपैयाँ ९३ पैसा घाटा छ । गत असोजदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्ने गरिएको थियो ।

प्रतिक्रियाहरु