राष्ट्रिय आँप महोत्सव हुदै

२०७२ असार ११ गते, शुक्रबार

काठमाडौं, ११ असार । पहिलो राष्ट्रिय आँंप महोत्सव आजवाट राजधानीमा हुने भएको छ । नेपाल फलफूल थोक ब्यवसायी संघ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको संयुक्त सहकार्यमा शुक्रबारदेखि दुई दिनसम्म भृकुटी मण्डपमा महोत्सव सञ्चालन हुनेछ । संघका अध्यक्ष अमर बानियाँकाअनुसार महोत्सवमा ११ वटा स्टाल राख्ने व्यवस्था गरिएको छ । जसअनुसार पाँचबटा खुद्रा र ६ वटा थोक स्टाँल राख्ने व्यवस्था गरिएको छ । बानियाँंका अनुसार महोत्सवमा नेपालमा पाइने १८ जातका आँपको जात र आँंपबाट निर्माण हुने अन्य परिकारको बारेमा उपभोक्तालाई जानकारी दिइनेछ । यसका साथै भारतलगायत अन्य मुलुकबाट भित्रिने बिषादी तथा रसायनयुक्त आँपको बारेमा पनि महोत्सवमा जानकारी दिइनेछ । संघले बिषादीरहित र स्वच्छ आँप उपभोग गर्न कुलेश्वर बजारबाट मात्र खरिद गर्न पनि आग्रह गरेको छ । संघले बिषादी रहित र स्वच्छ आँपका लागि नेपालमै उत्पादन भएको मात्र सेवन गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रियाहरु