संयुक्त मोर्चा : जनक्रान्तिको हतियार ( भिडियोसहित )

२०७९ फाल्गुन २७ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत नेपाल कम्युनिष्ट पार्टी , नेकपा वैज्ञानिक समाजवादी नेपाल, नेकपा र नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त मोर्चालाई ‘समाजवादी देशभक्त मोर्चा’ को नाम दिएका छन् । चार क्रान्तिकारी कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्ने र नेपालमा दलाल पुंजीवादी सत्ता एवम् दलाल संसदीय व्यवस्थाको समुल नष्ट गरी नेपाली शोषित वर्ग र उत्पीडित समुदायको राज्यव्यवस्था स्थापना गर्ने जनक्रान्तिको हतियार भएको बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु