नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न

२०८१ बैशाख १० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रस्ताव पार्टीको केन्द्रिय समितिले एकमतले पारित गरेको छ।केन्द्रिय समितिको पाँचौ पुर्ण बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसकेपछि आइतबार प्रस्ताव पारित गरिएको हो।
गत ६ महिने योजनाको समिक्षा, कम्युनिस्ट शक्तिहरुको एकता, समाजवादी मोर्चा , आगामी निर्वाचन र अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे मूल्याकंन लगायतका विषयमा २० पृष्ठ लामो उक्त प्रस्तावमा व्याख्या गरिएको छ । केन्द्रिय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी समिति, सल्लाहकार र महासचिवसहित १ सय ४८ जनाले बैठकमा बोलेका थिए ।

प्रतिक्रियाहरु