‘नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टी एक हुनुपर्छ’

२०८१ बैशाख १० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक हुनुपर्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आयोजित ७५औं पार्टी स्थापना दिवसमा अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुस्पलालको इतिहास दोहो¥याउनु पर्ने बताएका हुन् ।
महासचिव विप्लव सीले २००६ सालको कम्युनिस्ट पार्टीको इतिहास नेपाल कम्युनिस्ट पार्टीमा आएर जोडिएको उल्लेख गर्दै नेपाल कम्युनिस्ट पार्टीलाई २००६ सालको कम्युनिस्ट पार्टीको तहमा उठाउने उदघोष गर्दै भने- ‘एकचोटी नेपालमा माओवादीको बहस पनि हुन्छ । त्योभन्दा ठूलो बहस कम्युनिस्ट पार्टीमा गर्ने विचार छ ।’,
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विप्लव सी ले भने- ‘६ सालको कम्युनिस्ट पार्टीमा फर्काउन सकिन्छ छ त ? इतिहासको पुनरावृत्ति होइन ८१ वा ८२ सालमा २००६ सालको स्प्रिडमा बहस गर्न सकिन्छ कि सकिदैन । ठूला ठूला बहसहरुबाट हामीले एउटै कम्युनिस्ट पार्टी बनाउने प्रस्तावमा नेपाललाई घुमाउन सकिन्छ कि सकिन्न ? सकिन्छ ।’

महासचिव विप्लव सीले नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक हुनुपर्ने बताउदै भने- ‘नेपालका सबै कम्युनिस्ट जनमतलाई एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ र त्यो क्रान्तिकारी हुनुपर्छ । नयाँ प्रस्ताव लिएर पुष्पलालले खडा गरेको नौलो जनवाद स्थापना गर्ने उद्येश्य लिएको एउटै कम्युनिस्ट पार्टी थियो नि ! अहिले यो विभाजित छ । समाजवाद ल्याउन चाहने सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न सकिन्छ कि सकिदैन ? संयोगले इतिहासले हामीलाई गह्रुङ्गो जिम्मेवारी दिएको छ ।’
महासचिव विप्लव सीले पुष्पलालको इतिहास २०८१ सालमा आएर जोडिएको भन्दै नेकपालाई यसले गहन जिम्मेवारी सुम्पिएको बताए ।

प्रतिक्रियाहरु