माक्र्सवादी स्कुल नै किन ?

२०७८ आश्विन १० गते, आईतवार

‘हाम्रा पार्टी संगठनहरु अवश्य पनि देशचरि फिँजाउनु पर्दछ र हामीले निश्चित उद्देश्यका साथ दसौं हजार कार्यकर्ताहरुलाई र पहिलो दर्जाका सबै नेताहरुलाई तालिम दिनुपर्छ । उनीहरूले माक्र्सवाद – लेनिनवादमा निपुर्ण भएका, राजनीतिक रुपले दुर्दर्शी, काममा खुप सिपालु, त्यागको गहिरो भावनाले भरिएका, आफैँ अघि सरेर समस्याहरुसँग जुध्ने कुशलता भएका, अति अप्ठ्यारा अवस्थाहरुमा समेत विचलित नहुने, राष्ट्र, सर्वहारावर्ग र पार्टीको सेवा गर्ने बफादार र भक्त कार्यकर्ता र नेता हुनैपर्छ । यस्ता कार्यकर्ता र नेताहरुमा नै पार्टीले आफ्ना सदस्यहरु तथा जनतासितको सम्बन्धका निम्ति भर गर्छ र जनताको दृढ नेतृत्वको लागि उनीहरूमा भर परेर नै पार्टी शत्रुलाई पराजित गर्न सफल हुन्छ । यस्ता कार्यकर्ता, नेताहरु स्वार्थीपनाबाट, व्यक्तिवादी शु¥याई र आडम्बरबाट, आलश्य र उदासीनताबाट र आफ्नै कुरा माथि पार्ने गुटवादबाट मुक्त हुनु पर्दछ र उनीहरूले अवश्य पनि निःस्वार्थ भएर राष्ट्रिय तथा वर्गीय वीर योद्धा हुनुपर्छ, हाम्रो पार्टीका सदस्य, कार्यकर्ता, नेताहरुमा हुनुपर्ने गुणहरु र कार्यशैली यस्तै हुन् ।’ – माओ त्सेतुङ, जापानी आक्रमण विरोधी राष्ट्रिय संयुक्त मोर्चाको निम्ति लाखौं जनसमूहलाई आपूmपट्टि तान, (मे ७, १९३७)

कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुमा विश्वदृष्टिकोण हुनका लागि पार्टी स्कुलिङको आवश्यकता पर्दछ । माक्र्सवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवाद सर्वहारा क्रान्तिको र मुक्तको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा कार्ल माक्र्स ( १८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) द्वारा प्रतिपादित भई विकसित भएको हो । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । भौतिकवाद यस दर्शनको सिद्धान्त हो भने द्वन्द्ववाद यस दर्शनको पद्धति हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । माक्र्सवाद र माक्र्सवादी दर्शन विश्वसर्वहारा वर्ग अर्थात् कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुको संसारलाई बुझ्ने र त्यसलाई बदल्ने विश्वदृष्टिकोण हो । त्यसो भएर कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले माक्र्सवाद र माक्र्सवादी दर्शनको गहन अध्ययन गर्न र त्यसलाई आत्मसातिकरण गर्न जरुरी हुन्छ । माक्र्सवाद पढ्नु मात्रै ठूलो कुरा होइन, मुख्य कुरा त्यसलाई बुझ्ने गरि पढ्नु ठूलो कुरा हो । माक्र्सवादका अर्थात् माक्र्स – लेनिनवाद – माओवादका आधारभूत सिद्धान्तको गहन अध्ययन गर्न र वैज्ञानिक ढंगले जीवन व्यवहारमा लागू गर्न जरुरी हुन्छ । जसले यसलाई वैज्ञानिक ढंगले बुझ्दछ, त्यसरी अध्ययन गर्दछ, जीवन व्यवहारमा वर्गसंघर्षमा भाग लिएर खरो रुपमा आपूmलाई जनताका बीचैमा उतार्दछ, त्यसले मात्र विश्वदृष्टिकोणमा आपूmलाई रुपान्तरण गर्न सक्दछ । माक्र्सवादको सच्च्याँई हो । यो नै क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरु मालेमावाद प्रदान शिक्षा हो । जुन व्यक्तिले आपूmलाई विश्वदृष्टिकोण निपुण र पारङ्गत बनाउन सकेको हुन्छ, उसले नै आपूmलाई संसारलाई चिन्न सक्ने, बुझ्न सक्ने र बदल्न सक्ने सामथ्र्य प्राप्त गर्दछ । हामीले जानकारी राख्नुपर्ने मुख्य कुरा के हो भने रहेक व्यक्ति, क्रान्तिकारी कम्युनिस्ट पार्टी र त्यसका नेता–कार्यकर्ताका लागि विश्वदृष्टिकोण नै केन्द्रीय महत्वको विषय हो । समाज, वर्ग, राज्यसत्तालाई सही तरिकाले बुझ्न, सञ्चालन गर्न र रुपान्तरण गर्नका लागि विश्वदृष्टिकोणको भूमिका नै प्रमुख हुन्छ । जस्तो कि विश्वदृष्टिकोण वैज्ञानिक र भौतिकवादी छ भने वस्तु र घटना परिघटनाहरुलाई सही तरिकाले बुझ्न र बदल्न सकिन्छ । साथै विश्वदृष्टिकोण अवैज्ञानिक र अवस्तुवादी छ भने विचार–वस्तुलाई गलत तरिकाले बुझिन्छ र गलत तरिकाले बदल्ने कोसिस गरिन्छ ।

आज सारा वैज्ञानिक तथ्यहरुले हामीलाई यो कुरा बताउँछन् कि माक्र्सवादी – लेनिनवादी – माओवादी विश्वदृष्टिकोण नै विश्व जगत वर्गसंघर्ष र सत्तालाई बुझ्ने र बदल्नेमा आजसम्मकै वैज्ञानिक र सर्वश्रेष्ठ विश्वदृष्टिकोण हो । यी तथ्यहरुको सारभूत शिक्षा के हो भने माक्र्सवादका प्रवर्तक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले विश्वदृष्टिकोण प्राप्त गरिसके पछि मात्र आजभन्दा १७३ वर्ष पहिले कम्युनिस्ट लिग मार्फत्् कम्युनिस्ट घोषणापत्र जारी गर्नुभएको थियो । जस्तो कि जर्ज विल्हेल्म हेगेल (१७७०–१८३१) को आदर्शवादी द्वन्द्ववाद, लुडविक फायरवाख (१८०४–१८७२) को अधिभूतवादी भौतिकवाद, काण्टको अज्ञेयवादी आदर्शवाद र प्रुधो – बाकुनिनको अराजकतावादी व्यक्तिवाद विरुद्ध भीषण वैचारिक संघर्षका बीचबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको संश्लेषण गरेपछि मात्र माक्र्स – एंगेल्सले यी सिद्धान्तहरुलाई जीवन – व्यवहारमा लैजान कम्युनिस्ट घोषणापत्र जारी गर्नुभएको थियो । यहाँनिर स्पष्ट पार्न खोजिएको कुरा के हो भने विश्वदृष्टिकोणमा स्पष्ट भए पछि मात्र माक्र्स – एंगेल्सले कम्युनिस्ट लिगको तर्फबाट उक्त कम्युनिस्ट घोषणापत्र लेख्नुभएको थियो र अर्को कुरा माक्र्सले सन १८४१ मा आफ्नो विद्यावारिधि (पी.एच.डी) नै ‘एपिक्युरियन र डेमोक्रिटियन प्रकृति दर्शनबीच भिन्नता’ लेखेर गर्नुभएको थियो । संसारमा पहिलो पटक माक्र्सले नै धर्म र दर्शनबारे बहस चलाउनु भएको थियो र सन् १८४४ मा माक्र्सले ‘हेगेलको कानुन दर्शनमा आलोचनाको योगदान’ शीर्षकको प्रसिद्ध आलेखमा धर्मको आलोचना गर्दै धर्म सम्बन्धि संश्लेषण गर्नु भई ‘सबै प्रकारका धर्महरु जनताका लागि अफिम नै हुन्’ भन्नू हुँदै ‘ईश्वरले मानिसको सृष्टि गरेको होइन, बरु मानिसले ईश्वरको सृष्टि गरेको हो’ भन्ने संश्लेषण गरेर ‘धर्म भनेको भ्रम हो’ भन्दै यसको चिरफार गर्नुभएको थियो । पछि लेनिनले धर्मलाई ‘फलहीन पूmल’ संज्ञा दिनुभएको थियो ।

यहाँनिर भन्न खोजेको कुरा के हो भने माक्र्स – एंगेल्स – लेनिन – माओहरु विश्वदृष्टिकोणमा परिपक्व भए पछि मात्र माथि उल्लेख गरिएका विषयहरुमा वैज्ञानिक संश्लेषण गर्न सफल हुनु भएको थियो । यहाँ अरु थप स्पष्ट पार्न खोजिएको विषय के हो भने संसारलाई बुझ्न र त्यसलाई बदल्न आँट गरेर कम्युनिस्ट पार्टीका सदस्य बनेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका नेता – कार्यकर्ताहरु विश्वदृष्टिकोणमा स्पष्ट भएको हुनुपर्छ र अब्बल दर्जाका क्रान्तिकारी भैरहनाका निम्ति पार्टी स्कुलिङमार्फत्् मालेमावादका आधारभूत सिद्धान्तहरुले आपूmलाई लैस बनाई राख्न जरुरी हुन्छ । यी गहन विषयहरुको ज्ञान आर्जन गर्न एउटा क्रान्तिकारीका लागि पार्टी स्कुलिङको आवश्यकता पर्दछ । आफ्ना कार्यकर्ताहरुको यही इच्छा र आवश्यकता पूरा गराउनका निम्ति क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले ‘पार्टी स्कुलिङ’ को व्यवस्था गर्दै आएका छन् । यसको थालनी लेनिन, माओ, हो चि मिन्ह, किम इल सङ आदिले गर्नुभएको हो । नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) पार्टी स्कुल विभाग खडा गरेर आफ्ना नेता – कार्यकर्ताहरुलाई मालेमावादका आधारभूत सिद्धान्त (माक्र्सवादका तीन संघटक अंग – दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद) विषयहरुमा स्कुलिङ गर्दै आएको छ ।

पार्टी स्कुलिङ भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्ना नेता – कार्यकर्तारुलाई मालेमावादका आधारभूत सिद्धान्तहरुमा निपुण गराउनु भएकोले यसको क्षेत्र अध्ययन गर्ने अंग हो । अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । विगतका ज्ञानहरुलाई बुझ्ने र वर्तमानलाई विश्लेषण गरि ज्ञानको अद्यावधि गर्नुलाई अध्ययन भनिन्छ । यसलाई मालेमावादी अध्ययन पद्धति भनिन्छ । अध्ययन गर्ने मूलतः दुर्ईवटा पद्धति रहेका छन्–

१) अधिभूतवादी अध्ययन पद्धति

२) वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धति

१) अधिभूतवादी अध्ययन पद्धति ः जुन कल्पना, विचारका आधारमा निरपेक्ष ढंगले अध्ययन गरिन्छ, जसबाट प्रमाण र वस्तुगत यथार्थमा आधारित नभई कल्पना र विचार शृंखलाको आधारमा निचोड निकाल्ने गरिन्छ । यस अध्ययन पद्धतिलाई अधिभूतवादी अध्ययन पद्धति भनिन्छ । यो पद्धति आत्मपरक चिन्तन पद्धति हो । यसको सम्बन्ध वस्तुगत यथार्थसंगत नभएर कोरा काल्पनिक ईश्वरीय चिन्तन प्रणालीमा आधारित हुन्छ । यो ‘जे गर्छन् सबै ईश्वरले गर्छन्’ भन्ने चिन्तनशील विचारधाराशीत सम्बन्धित हुन्छ । त्यसैले यो अध्ययन पद्धति आदर्शवादीहरुले अवलम्बन गर्दै आएको अध्ययन पद्धति हो । यसलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी र कम्युनिस्ट क्रान्तिकारीहरुले खारेज गर्दै आएका छन् ।

२) वैज्ञानिक (द्वन्द्ववादी) अध्ययन पद्धति ः वैज्ञानिक अध्ययन (वैज्ञानिक अनुसन्धानात्मक) नै वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धतिको मूल आधार हो । वैज्ञानिक (अनुसन्धानात्मक) पद्धतिको विकास वैज्ञानिक चाल्र्स डार्विनबाट भएको हो । यो प्रायोगिक अनुसन्धान पद्धति हो । यो पद्धति विज्ञानका क्षेत्रमा मात्र नभएर दर्शनशास्त्र, अर्थशास्त्र, समाजशास्त्रलगायत सम्पूर्ण विषयमा प्रयोग गरिने वैज्ञानिक विधिको रुपमा रहेको छ मालेमावाद एक वैज्ञानिक सिद्धान्त भएकोले वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धति माक्र्सवादी अध्ययन पद्धति अर्थात् द्वन्द्वात्मक भौतिकवादी पद्धति नै वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धति हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र क्रान्तिकारी कम्युनिस्टहरूले अवलम्बन गर्दै आएको अध्ययन पद्धति पनि यही नै हो । यसलाई नै वैज्ञानिक माक्र्सवादी अध्ययन पद्धति भनिएको हो । यही अध्ययन पद्धतिबाट नै पार्टी स्कुलिङमार्फत्् क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुले विश्वदृष्टिकोण प्राप्त गर्ने साधन प्राप्त गर्दछन् । मालेमावादी पार्टी स्कुलिङका अध्ययन दुर्ईवटा तरिका रहेका छन्–

१) स्वअध्ययनको तरिका

२) पार्टी स्कुलिङको तरिका

१) स्वअध्ययनको तरिका ः स्वअध्ययनको तरिका अध्ययन गर्ने पहिलो र अतिमहत्वपूर्ण तरिका हो । जो बढी जिज्ञासु छ, जसले बढी भन्दा बढी नयाँ–नयाँ चीजको खोजी गर्ने, त्यसबारे गहिरो गरी अध्ययन गरेर नयाँ–नयाँ निष्कर्ष निकाल्ने कोसिस गर्दछ, त्यसलाई स्वअध्ययनले ठूलो मद्दत गर्दछ । यस भौतिकजगतमा विगतदेखि अहिलेसम्म जो ठूला–ठूला वैज्ञानिक, अन्वेषक र अनुसन्धानकर्ताहरुले नयाँ–नयाँ चीजहरुको पत्ता लगाएका छन्, आविष्कार गरेका छन्, उनीहरूले पहिलो नम्बरमा स्वअध्ययनलाई जोड दिएका छन् । यसका लागि भित्री तथा बाह्य वातावरण निर्माण गर्ने पाटो भने अलग–अलग हुन सक्छ । अर्थात् जो संसारभरका प्रकृति वैज्ञानिकहरुले जुन ठूला–ठूला वैज्ञानिक खोज र आविस्कार गरेका छन, ती महान् कार्य सफल पार्नका लागि स्वअध्ययनलाई प्राथमिकता दिएको पाइन्छ । साथै ठूला ठूला दार्शनिक तथा विद्वान्हरुले पनि नयाँ–नयाँ सिद्धान्तको खोजी र प्रतिपादन गर्ने महान् कार्यमा स्वअध्ययनलाई बढी जोड दिएको पाइन्छ । वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स – फ्रेडरिक एंगेल्सले पनि माक्र्सवादको प्रवर्तन गर्ने महान् कार्य सम्पन्न गर्ने कार्यमा पनि स्वअध्ययनलाई जोड दिएको हामीले पाउँछौं । किनकि त्यतिबेला पार्टीको त निर्माण नै नभएको पार्टी स्कुल खडा हुने कुरै भएन । विश्वसर्वहारावर्गका अन्य नेताहरु लेनिन, स्टालिन, माओ, हो चि मिन्ह, किम ईश सङ, चे ग्वभारा, फिडेल क्य्रास्त्रो, गोनजालो आदिले विश्वलाई चिन्ने, बुझ्ने र बदल्ने विषयमा र माक्र्सवादको ज्ञान – भण्डारणलाई समृद्ध पार्ने महान् कार्य सम्पन्न गर्न अर्थात् लेनिनवाद – माओवादको प्रतिपादन गर्न र मालेमावादलाई विचार विकासको सवालमा र त्यसलाई लागू गर्ने महान् कार्य सम्पन्न गर्न र अन्य ज्ञान आर्जन गर्ने कार्यमा स्वअध्ययनलाई नै प्रमुख साधन बनाउनु भएको हामी पाउँछौं । हामीहरु आफैँले पनि हाम्रो ज्ञान भण्डारलाई फराकिलो तुल्याउनका लागि स्वअध्ययनलाई बढी जोड दिइरहेका हुन्छौं । यसबाट के निष्कर्षमा पुग्न सकिन्छ भने नयाँ–नयाँ विषयहरुमा जो बढी जान्न र बुझ्नका बढी जिज्ञाषु भैरहन्छ, उसले नै स्वअध्ययनको माध्यमबाट नै आफ्नो ज्ञान– भण्डारलाई समृद्धशाली बनाउन समर्थ हुन्छ ।

२) पार्टी स्कुलिङको तरिका ः क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र ती पार्टीहरुका क्रान्तिकारी नेता – कार्यकर्ताहरुले माक्र्सवाद – लेनिनवाद – माओवादको अध्ययन गर्ने, संसारलाई बुझ्ने र बदल्ने कार्यमा अध्ययन गर्ने सवालमा अध्ययन पद्धतिको दोस्रो तरिका वा माध्यम भनेको पार्टी स्कुलिङको तरिका हो । पार्टी स्कुलिङको यो तरिका बढी प्रयोगात्मक र व्यवहारिक दुबै खालको नै हुन्छ । विगतदेखि अहिलेसम्म पनि विश्वभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले पार्टी स्कुलिङ विभाग खडा गरेर वा अन्य निकायहरू खडा गरेर त्यसकै माध्यमबाट, अध्ययनका निश्चित पाठ्यक्रम र पाठ्य सामग्रीहरु निर्माण गरेर आफ्ना नेता – कार्यकर्ताहरुलाई विश्वदृष्टिकोण निर्माण गर्ने, गराउने काम गर्दै आएको हामीले पाउँछौं । पहिलो नम्बरमा लेनिनले र त्यस पछि माओले पार्टी स्कुल खडा गर्नु भएको हामीले पाउँछौं । सर्वहारा वर्गका अन्य नेताहरुले पनि आफ्ना नेता – कार्यकर्ताहरुलाई अब्बल दर्जाका क्रान्तिकारी बनाइराख्नका निम्ति पार्टी स्कुल खडा गरेर स्कुलिङ गरेका थिए । चीन र उत्तर कोरियाका कम्युनिस्ट पार्टीहरुले अहिलेसम्म पनि व्यवस्थित रुपले पार्टी स्कुलिङको व्यवस्था गरेर स्कुलिङ सञ्चालन गरिरहेका छन् । नेपालमा पनि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पनि पार्टी स्कुल विभाग खडा गरेको छ । स्कुलिङका लागि पाठ्यक्रम तयार पारेको र पाठ्य सामग्रीसमेत तयार पार्दै गरेको अवस्था छ । र पार्टी स्कुलिङ सञ्चालन गर्दै आएको छ ।

आज नेपाली कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी संशोधनवाद नवसंशोधनवादमा पुगेर नवप्रतिक्रियावादमा पतन हुन पुगेको धारा छ भने अर्कोतिर माक्र्सवाद – लेनिनवाद – माओवादलाई पथप्रदर्शक सिद्धान्तलाई अंगीकार गर्दै आएको क्रान्तिकारी धारा छ । र, दक्षिणपन्थी संशोधनवादी धाराले क्रान्तिकारी मालेमावादमाथि भीषण हमला बोल्दै माक्र्सवादको तोडमोड र भ्रष्टीकरण गरेर ठूलो भ्रम सृजना गरिरहेको छ । नामधारी नक्कली कम्युनिस्टहरुले आमनेपाली जनताका बीचमा व्यापक रुपमा भ्रमको खेती गरिरहेको छ । यसले क्रान्तिकारी खेमाका कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुमा भ्रम पार्दै आएकोले उनीहरूको विश्वदृष्टिकोणमा कालो बादल लगाउँदै आएकोले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका नेता – कार्यकर्ताहरुमा विश्वदृष्टिकोण निर्माण र विश्वदृष्टिकोणमा रुपान्तरण गर्न, गराउनका लागि पार्टी स्कुलिङको अति ठूलो महत्व रहेको छ । र, पार्टी स्कुलिङको आवश्यकता हिजो पनि थियो, आज पनि रहेको छ र भोलि पनि महत्व र आवश्यकता भइरहन्छ ।

हाम्रो देश अहिलेसम्म पनि अर्धसामन्ति र नवउपनिविशिक अवस्थामै छ । महान् नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा भएको छैन । महान् नेपाली नयाँ जनवादी क्रान्तिका लागि दक्षिणपन्थी संशोधनवाद मुख्य बाधकका रुपमा खडा हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराले यस प्रकारको नवसंशोधनवादी विचारलाई ध्वस्त नपारीकन महान् नेपाली नयाँ जनवादी क्रान्तिका कार्यभारहरुलाई पूरा असम्भव हुन्छ । यसलाई पराजित गर्नका लागि वैचारिक, सैद्धान्तिक रुपले खारिएका अब्बल दर्जाका नेता, कार्यकर्ताहरुको आवश्यकता पर्दछ । यस प्रकारको खाँचो पार्टी स्कुलिङले एक हदसम्म पूरा गर्न सक्तछ । त्यसैले क्रान्तिकारी कम्युनिस्ट पार्टीका निम्ति पार्टी स्कुलिङको आवश्यकता भई नै रहन्छ ।

(लेखक अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु