सदनबाट क्रान्ति असम्भव

२०८१ बैशाख २ गते, आईतवार

झपेन्द्रराज बैद्य

चीन र भारतबीच रहेको नेपाल तेस्रो शक्तिबाट च्यापिएको छ । भारतबाट त हस्तक्षेप भएकै छ तर अमेरिकी साम्राज्यबादबाट पनि उकास पाएको छैन । अझ बढी अमेरिकाको दबाबमा रहेको छ नेपाल नेपालका नेताहरुको समर्थनले गर्दा अमेरिकालाई के खोज्छस् काना आँखा जस्तै भएको छ । अहिले हस्तक्षेप बदलिएको छ । पहिले अमेरिकाले भारतलाई लगाएर हस्तक्षेप गर्दथ्यो भने अहिले अमेरिकाले नेपाललाई ठाडै हस्तक्षेप गरिरहेको छ । अमेरिकाले  नेपालका आफ्ना दलालहरु मार्फत् नेपाललाई हस्तक्षेप गरिरहेको छ । पछिल्लो समय अमेरिकाले सीधैँ हस्तक्षेप गर्न थालेको छ । यसको परिणाम हो एमसीसी ।

 नेपालीहरुको सशक्त विरोधका बाबजुद अमेरिकाले एमसीसी पास गराई छाड्यो नेपालमा व्याख्यात्मक भनेर नेपालका दलालहरुले नै पासगराए एमसीसी भनिन्छ जम्मा ८ करोडको लोभमा नेपालको मूख्य दूश्मन शक्ति साम्राज्यवाद त छँदैछ, तर दलालहरुको चुनौती पनि खेप्नुपरेको छ नेपालले, यसरी हेर्दा विदेशी दलाल प्रमुख दुश्मन मानिन्छन् । हेर्नको लागि उनीहरु नेपाली हुन । तर उनीहरु अमेरिकाको दास बनेर प्रोअमेरिकनको रुपमा काम गरिरहेका छन् । नेताहरु किन अमेरिकाको दास बन्छन् ? भन्ने कुरामा पद प्रतिष्ठा अमेरिकाबाट नै प्राप्त हुन्छ । नेपालको मन्त्री हुन अमेरिकाको सिफारिशमा हुनुपर्छ । प्रधानमन्त्रीको सिफारिश गर्ने पनि अमेरिका नै हो । मन्त्रीहरु चुनिने पनि अप्रत्यक्ष रुपमा अमेरिकाबाट नै हो । वर्गीय हीतले गर्दा भारतले पनि अमेरिकाले भनेको मान्छ । यहाँ नागरिकको सवाल भन्दा मन्त्रीको सवाल छ । यसैले नेपालमा भारतीय निर्देशनमा नागरिकता विधेयक बन्छ । विदेशीले  आफ्नो अनुकुल मन्त्री छानिदिने परम्परा बनिसकेको छ । के नेपाल  स्वतन्त्र छ ? अड्डा अदालत न्याय सुरक्षा, योजना सबै उतैबाट निसृत हुन्छन् । ईन्डो प्यासिफिक अमेरिका कै देन हो । यहाँ अमेरिकी सेना यत्रतत्र हिँडेका पाइन्छन् । अफिस पनि बनेको छ । दुई किसिमले अमेरिकी सेना नेपालमा बस्छन् । पहिलो कुरा त नेपालमा बहुमूल्य खनिज पदार्थ छन् जसलाई नेपालले उपयोग गर्न सकेको छैन सीप र श्रोतको कमीले अर्को कुरा नेपालको उत्तरतिर चीन उभिएको छ । अमेरिकाले चीन नेपालमा नपसोस भन्ने चाहन्छ । एकलौटी हालिमुहाली गर्न । दुबै देश नेपालका असल मित्र हुन, तर चीन भने सिमानामा जोडिएको असल छिमेकीमा पर्छ । यसलाई नकार्न सकिदैन । भारत पनि छिमेकी हो, दुबै देशका परम्परा संस्कृति मिल्दाजुल्दा छन् । बिहेबारी चल्छ, धेरै जसो सामान भारतबाट नै आयातित हुन्छन् । नेपालको पैसा भारतले सञ्चय गर्छ । यसैले नेपाल दिन प्रतिदिन गरिवीमा पर्छ । नेपालको २६ जिल्लाहरुबाट २५६ ठाउँ भारतले हस्तक्षेप गरेको छ । तर नेपालले केही भन्न सकेको छैन, यो दुःखको कुरा हो ।

  नेपाल कम्युनिष्ट पार्टीले हस्तक्षेपको विरोध गर्दै आएको देखिन्छ । तर अफसोच पार्टी टुटफुट र विभाजन भएको बुझिन्छ । नेकपाको नवौ बैठक पछि एक थरी  गुटले बहुमत भएको बाताउँदै छुट्टै पार्टी खोलेको अवस्था छ । जब–जब पार्टीले विकास गर्दै जान्छ कम्युनिष्ट पार्टीमा विभाजन हुन्छ । नेकपाको ईतिहासले नै यस्तै देखाउँछ । यसमा साम्राज्यवादले ठूलो भूमीका खेलेको हुन्छ । कम्युनिष्ट पार्टीको ईतिहास यसै श्रृंखलाबाट अगाडि बढेको छ । यसको बारेमा बहस खै ? पार्टीले क्रान्तिमा फड्को मारेको देखेर नै साम्राज्यबादको ग्राण्ड डिजाइनमा पार्टी फुटेको त होइन भन्ने आशंका हुन्छ । नत्र भने सिद्दान्त उही छ । नीति उही छ, तर काले काले एकनासे भनेजस्तै क्रान्ति नचाहने व्यक्ति मिलेर पार्टी अलग भएको घोषणा गरेका त होइनन ? यसमा कुर्सीले महत्वपूर्ण भूमिका खेलेको छ ।  साम्राज्यबादको चासो भनेको नेपाल कम्युनिष्ट पार्टीलाई हमला गर्नुमा छ । बहस गर्न आउन पनि डराउने, पाखापाखा विरोध गर्दै हिँड्ने यो भडुवा नीति होइन ? यो विभाजनले साम्राज्यवादलाई मलजल हालेको छ, यसको जिम्मेवार अलग हुने गुट नभएर कुन हुनसक्छ ? यस गुटमा देश भक्त परिवर्ततन चाहने इमान्दार मानिसहरु पनि छन् तर कुर्सीको लोभमा फसी पार्टी विभाजन भएको दुःखद् अवस्था छ ।

  क्रान्तिको लागि सबै सच्चा बामहरु एक जुट हुनुपर्छ । हरेक देशभक्त एक जुट हुनुपर्छ ।  एक जुट भएमा साम्राज्यवादलाई अवश्य परास्त गर्न सकिन्छ । र एमसीसीलाई असफल बनाउन सकिन्छ । नेकपा एक क्रान्तिकारी शक्ति भएको कारणले नै उसले एकीकृत क्रान्ति चलाई रहेको अवस्था छ । सबभन्दा ठूलो कुरा क्रान्ति चाहिएको छ, परिवर्तन चाहिएको छ । अहिले समाजवादी मोर्चा बनेको छ । यो मोर्चा क्रान्तिमा लाग्नुको विकल्प छैन । यसलाई सम्पूर्ण देश भक्त वाम पन्थी र बुद्धिजिवीहरुले सहयोग र समर्थन गर्नुपर्छ । क्रान्तिलाई  केन्द्रमा राखेर छलफल र बहस चलाउदै अगाडि बढ्नु आजको आवश्यकता हो । यसलाई पूर्वाग्रहले हेरिनु हुँदैन । सडकलाई उपेक्षा गरेर सदनबाट क्रान्ति हुन सक्दैन । 

प्रतिक्रियाहरु