नेपालका कम्युनिस्ट आवरणका नेताहरुले कमरेड गोञ्जालोबाट सिक्नु पर्ने पाठ

२०७८ आश्विन ३ गते, आईतवार
 हस्तबहादुर केसी

 

“सबैले अवश्य मर्नुपर्छ, तर मर्नुको अर्थ फरक–फरक हुन्छ । प्राचीन चिनियाँ साहित्यकार जुमा चेनले भनेका थिए,”सबैमाथि मृत्यु आए तापनि यो ताई पहाडभन्दा गह्रौं अथवा प्वाँखभन्दा हलौं पनि हुन सक्छ ।” जनताको निम्ति मर्नु ताई पहाडभन्दा गह्रौं हुन्छ, तर फासिष्टहरुको निम्ति काम गर्नु र शोषक र थिचोमिचो गर्नेछहरुको निम्ति मर्नु प्वाँखभन्दा पनि हलौं हुन्छ ।”
 – माओ त्सेतुङ, “जनताको सेवा गर” (सेप्टेम्बर ८, १९४४) ।

वास्तवमा दर्शनशास्त्रका प्राध्यापक डा. अबिमेल गुज्म्यान रेनोसो अर्थात् पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथ (सेनडेरो लुमिनोसो) का अध्यक्ष कमरेड गोञ्जालो कमरेड माओकै शब्दमा साँच्चिकै ताई पहाड (विश्व कै सबैभन्दा उच्च शिखर सगरमाथा) भन्दा पनि गह्रौं मृत्युवरण गर्नु भएको छ । किनभने कमरेड गोञ्जालो महान् पेरुको सशस्त्र जनयुद्धको नेतृत्व गरिरहेकै अवस्थामा, जब पेरुभियाली जनयुद्ध प्रत्याक्रमणको अवस्थामा पुगेर केन्द्रीय सत्ता कब्जा गर्नको निम्ति तयारी योजना बनाइरहेको अवस्थामा राजधानी लिमाबाट सन १९९२ सेप्टेम्बर १२ का दिन अमेरिकी साम्राज्यवादको तत्कालीन कठ्पुतली फुजिमोरी प्रतिक्रियावादी सरकारले आपूm एक्लैले नसकेर अमेरिकी साम्राज्यवादको सहयोगमा, अमेरिकी सेनाको सहयोगमा गिरफ्तार गरेर सैनिक जेलमा नजरबन्द गरेको थियो र उहाँलाई आजीवन कारावासको फैसला सुनाएको थियो ।

त्यसयता २९ वर्षसम्म अमेरिकी पिठ्युँ पेरुको प्रतिक्रियावादी सरकारले पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ सैनिक जेलको पिँजडाघरमा कैदी नम्बर १५०९ को बन्दी बनाएर राख्दै आएको थियो । उहाँ लामो समयदेखि छालाको क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो तर प्रतिक्रियावादी पेरु सरकारले उहाँको उचित उपचार गर्ने मौका नदिएर धेरै वर्षदेखि उहाँको जीवन असुरक्षित बन्न पुगेको थियो । त्यस प्रकारको अवस्थामा पुगेपछि विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु र मानवअधिकारवादी संघसंस्था र व्यक्तिहरुले कमरेड गोञ्जालोको जीवनरक्षाका लागि विश्वव्यापी रुपमा आवाज उठाउँदै आएका थिए ।

तर, गिरफ्तार भएको २९ वर्ष पुग्न १ दिन मात्र बाँकी रहे कै बेला यही सन् २०२१ सेप्टेम्बर ११ दिन कमरेड गोञ्जालोको अमेरिकी पिठ्युँ पेरु सरकारको एक सैनिक अस्पतालमा उपचार कै क्रममा ८६ वर्षको उमेरमा दुखद् निधन भएको । कमरेड गोञ्जालोको निधनले विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्टहरु र आममुक्तिकामी जनसमुदायलाई स्तब्ध र दुखित तुल्याउनुका साथै अपुरणीय क्षति पु¥याएको छ । पेरुका क्रान्तिकारी माओवादीहरु र आम पेरुभियाली मुक्तिकामी जनताले आफ्नो क्रान्तिकारी योद्धा, नेता त भरपर्दो अविभावक गुमाएका छन् भने विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्टहरुले एक सिद्धान्तनिष्ट गुरु, सिद्धान्तकार र असल अविभावक गुमाएका छन् । र, यस शोकलाई शक्तिमा बदलेर उहाँका सपनाहरु पूरा गर्ने बचनबद्धता प्रकट गरिरहेका छ । र, कमरेड गोञ्जालोप्रति उच्च सम्मान गर्दै अलविदाको लालसलामी टत्र्mयाइरहेका अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कमरेड गोञ्जालोले महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । उहाँकै नेतृत्वमा पेरु कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ सन १९८० देखि सन् १९९२ सम्म जम्मा १२ वर्षमा पेरुमा सशस्त्र जनयुद्ध सञ्चालन भएको थियो ।

१२ सेप्टेम्बर १९९२ का दिन अमेरिकी कठ्पुतली फुजिमोरीको प्रतिक्रियावादी सरकारले राजधानी लिमाबाट कमरेड गोञ्जालोलाई गिरफ्तार गरी सैनिक जेलमा कैदी नम्बर १५०९ को बन्दी बनाएर कैद गरी आजीवन कारावासको सजाय सुनाएपश्चात् पेरुको सशस्त्र जनयुद्धले सेडव्याक खान पुग्यो । कमरेड गोञ्जालोले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा दिएको योगदानको चर्चा गरिरहँदा संक्षिप्त रुपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको छोटो चर्चा गर्दा सान्दर्भिक नै होला ।

१)            अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास भनेको कम्युनिस्ट आन्दोलन भित्र माक्र्सवाद र संशोधनवादका बीचमा चलेको भीषण दुई लाइन संघर्षको इतिहास हो । सन् १८४६ मा कम्युनिस्ट लिगको गठन भएको थियो । यो नै कम्युनिस्ट पार्टीको पहिलो संगठन हो । सन् १८३७ मा कम्युनिस्ट लिगको लण्डनमा पहिलो महाधिवेशन सम्पन्न भयो । त्यसमा कार्ल माक्र्स (१८१८ – १८८३) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५) ले भाग लिनु भयो । उक्त महाधिवेशनले माक्र्स र एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मा दियो । उहाँहरुले एक वर्ष लगाएर तयार पारेको उक्त मस्यौदालाई सन् १८४८ फेब्रुअरी २१ दिन कम्युनिस्ट लिगको तर्फबाट लण्डनमा कम्युनिस्ट घोषणापत्र जारी गर्नु भयो । त्यस पछि विश्व सर्वहारा वर्ग र समस्त श्रमजीवी वर्गले आफ्नो वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त प्राप्त गर्न सफल भयो ।

सन १८५२ मा माक्र्स – एंगेल्सले कम्युनिस्ट लिगलाई विघटन ग्रनु भयो । र, सन् १८६४ मा पहिलो अन्तर्राष्ट्रियको गठन गर्नु भयो । त्यसमा लासाल, प्रुँधोजस्ता अवसरवादी र बाकुनियन, ब्लांकीजस्ता अराजकतावादीहरु उक्त अन्तर्राष्ट्रियम घुस्न पुगेपछि माक्र्सले सन् १८७२ मा पहिलो अन्तर्राष्ट्रियको पनि विघटन गरिदिनु भयो । सन् १८७१ मा महान् पेरिस कम्युनको निर्माण भएर ७२ दिन पछि पेरिस कम्युनिस्ट ढलेको भए पनि पेरिस कम्युन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक युगान्तकारी परिघटना थियो । महान् पेरिस कम्युनको असफलताबाट समेत शिक्षा लिँदै माक्र्स – एंगेल्सले माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्ने कार्यलाई अगाडि बढाउनु भयो ।

तर, सन १८८३ मार्च १४ का दिन लण्डनमा माक्र्सको दुखद् निधन भयो । माक्र्सको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले अपुरणीय क्षति बेहोर्न बाध्य भयो । त्यस पछ माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्ने ऐतिहासिक कार्यभार एंगेल्सको काँधमा आयो । सन् १८८९ मा एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन गरियो । सन् १८९५ अगस्ट ६ का दिन एंगेल्सको पनि निधन भयो । उहाँको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति पु¥यायो । एंगेल्सको निधन भएको ठीक एक वर्ष पछि दोस्रो अन्तर्राष्ट्रियको नेता बर्नस्टिनले माक्र्सवादमाथि संशोधनवाद घुसाएर माक्र्सवादमाथि भीषण हमला गरे । उनले माक्र्सवादमाथि शास्त्रीय संशोधनवादको विजारोपण गरे । दोस्रो अन्तर्राष्ट्रिय नेतृत्व भी . आई . लेनिनको काँधमा आयो । दोस्रो अन्तर्राष्ट्रिय पनि सन १०१४ मा विघटन गरियो । सन् १९१७ अक्टोबर २५ (नोभेम्बर ७) का दिन लेनिनको नेतृत्वमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । अक्टोबर क्रान्तिकारी एक युगान्तकारी परिघटना थियो । सन् १९१९ मा लेनिनको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रिय (कोमिन्टर्न) को गठन गरियो । सन् १९२४ जनवरी २३ का दिन लेनिनको पनि निधन भयो । लेनिनको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति पु¥यायो । लेनिनको निधनपश्चात् तेस्रो अन्तर्राष्ट्रियको नेतृत्व गर्ने र रुसी मोडलको समाजवादलाई अगाडि बढाउने जिम्मा कमरेड स्टालिनको काँधमा आयो । दोस्रो विश्व युद्ध चलिरहेकै अवस्थामा सन् १९४३ डिसेम्बर १० का दिन स्टालिनले तेस्रो अन्तर्राष्ट्रियको पनि विघटन गर्नु भयो । त्यस पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नेतृत्वविहीन अवस्थामा पुग्यो । सन १९४७ मा स्टालिनले ‘कोमिफर्म’ नामक अन्तर्राष्ट्रियको गठन गर्नु भयो । पछि त्यो प्रयोगमा आएन । सन् १९५३ मार्च ५ का दिन कमरेड स्टालिनको मृत्यु भयो । स्टालिनको मृत्युले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अपुरणीय क्षति पु¥यायो ।

यसको ठिक तीन वर्षपछि सन २९५६ मा रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक) २० महाधिवेशनको आयोजना गरियो । उक्त महाधिवेशनमा महासचिव निकिता ख्रुश्चोबले आधुनिक संशोधनवाद घुसाएर माक्र्सवाद – लेनिनवादमाथि भीषण हमला बोलेर प्रतिक्रान्ति गरेर रुसमा पुँजीवादको पुनस्र्थापना गरियो । यसरी ख्रुश्चोवलाई आधुनिक संशोधनवादका पिता भनिन्छ । ख्रुश्चोवी आधुनिक संशोधनवादको कमरेड माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र महान् बहस चलाउनु भयो । अर्कोतिर सन २९५६ मा चीनमा आठौं महाधिवेशनको आयोजना गरियो । चीनमा पनि ख्रुश्चोवका असली चेलाहरु ल्यू शाओ ची र देङ शाओ पिङ गुटले पुँजीवादी कार्यदिशा घुसाए पछि चीनमा प्रतिक्रान्ति हुन गई पुँजीवादको पुनस्र्थापना हुन गयो । चीनमा पार्टी भित्र र सत्ता भित्र घुस्न सफल भएका दक्षिणपन्थी संशोधनवादीहरुका विरुद्ध ‘हेडक्वाटरमा बमबाडी’ गर भन्ने मूल नाराका सन १९६६ देखि १९७६ सम्म महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो र सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नु भयो । सन् १९७६ सेप्टेम्बर ९ का दिन कमरेड माओको पनि मृत्यु भयो । कमरेड माओको मृत्युले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति हुन गयो । कमरेड माओको मृत्यु भएको ठिक एक महिना पछि ‘ग्याङ अफ फोर’ का चारैजना नेताहरु चाङ चुङ चियाओ, चियाङ चिङ, वाङ हुङ वेन र याओ वेन युआनलाई गिरफ्तार गरेर आजीवन जेलमा कोचेर चीनमा प्रतिक्रान्ति गरियो र पुँजीवादको पुनस्र्थापना गरियो ।

२) अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कमरेड गोञ्जालोको योगदान

रुस र चीनमा भएको प्रतिक्रान्तिका परिघटनाहरुले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व वैज्ञानिक समाजवादमा गम्भीर धक्का मात्रै पुग्न गएन कि विश्व समाजवादी शिविर ढल्न पुग्यो । त्यस प्रकारको नकरात्मक परिघटनाबाट एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नेतृत्वविहीन हुन पुग्यो भने अर्कोतिर विश्वभर समाजवादी राज्यहरु ढल्न पुगे पछि त्यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र र विश्वभरका सर्वहारा श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रहरुलाई निराशामा परिणत गरिदियो । ठिक त्यही विश्व परिस्थितिमा सन् १९८० देखि कमरेड गोञ्जालोको नेतृत्वमा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) ले सशस्त्र जनयुद्धको थालनी ग¥यो । त्यस परिघटनाले एकातिर अमेरिकी साम्राज्यवादको मुटुमा ढ्याङ्ग्रो ठोक्दै अगाडि बढ्यो भने अर्कोतिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र बाहिर आममुक्तिकामी जनसमुदायमा आशा र भरोसाको उर्जा पैदा ग¥यो । यस अतिरिक्त सन् १९८० मा कमरेड गोन्जालोसमेतको पहलकदमीमा कम्युनिस्ट अन्तर्राष्ट्रिय स्थापनाका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको बीचमा एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यसकै प्रक्रियाअन्तर्गत सन् २९८४ मा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को गठन गरियो । रिमको गठन पछि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको बीचमा कम्युनिस्ट अन्तर्राष्ट्रियको स्थापना हुन पुग्यो । सन् २९८३ मा कमरेड गोञ्जालोले कमरेड माओको महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिका उपलब्धिको रक्षा गर्ने र कमरेड माओको त्यस योगदानलाई ‘माओवाद’ मा संश्लेषण गर्नुभयो । त्यस पछि माक्र्सवाद – लेनिनवाद – माओवादलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको पथप्रदर्शक (मार्गदर्शक) सिद्धान्तका रुपमा अंगीकार गर्ने रिमले निर्णय ग¥यो । त्यस पछि पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ), नेकपा (मशाल), भाकपा (रिभ्युस्नरी फ्रन्ट माले) लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्नो पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद – लेनिनवाद माओवाद अंगीकार गर्ने कुरा स्वीकार गर्न पुगे । यसरी पेरुमा मालेमावादको पथप्रदर्शन आलोकमा सशस्त्र जनयुद्ध सञ्चालन भइरहेको थियो भने मालेमावादको पथप्रदर्शन र आलोकमा नेपालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पहल नेतृत्वमा सन १९९६ फेब्रुअरी १४ (बिक्रम सम्वत २०५२ फागुन १ गते) देखि महान् दस वर्षे सशस्त्र जनयुद्धको थालनी गरियो ।

कमरेड गोञ्जालो एक दर्शनशास्त्री र माक्र्सवादी चिन्तक पनि हुनुहुन्थ्यो । विचार विकासका क्रममा ‘गोञ्जालो विचार’ को पनि विकास गरिएको थियो । यस प्रकारले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कमरेड गोञ्जालोको अत्यन्तै महत्वपूर्ण योगदान रहेको छ । अहिले एकातिर रिमको पनि विघटन भएको अवस्था छ भने अर्कोतिर पेरुमा सन १९९२ सेप्टेम्बर १२ का दिन अमेरिकी कठ्पुतली फुजिमोरी सरकारले कमरेड गोञ्जालोलाई राजधानी लिमाबाट गिरफ्तार गरी एक सैनिक जेलमा कैदी नम्बर १५०९ को बन्दी बनाएर आजीवन कारावासको सजाय दिए पछि पेरुको महान् जनयुद्धले सेडब्याक खायो भने महान् नेपाली सशस्त्र जनयुद्धले मुख्य नेतृत्वले गद्दारी गरेपछि सबै उपलब्धिहरु गुमाउन बाध्य भयो । यति हुँदाहुँदै पनि भाकपा (माओवादी) भारतमा सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको छ । यता नेपालमा महान् दस वर्षे जनयुद्धको जगमा सशस्त्र क्रान्तिमार्फत्् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै जनताको जनवादी अधिनायकत्व स्थावना गरी वैज्ञानिक समाजवादमा पुग्नका लागि तयारी गरिरहेको छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले पनि महान् नेपाली क्रान्तिका सम्पन्न गर्ने तयारीमा लाग्दै अगाडि बढिरहेका छन् । साथै आज नेपाल, फिलिपिन्स, टर्की, अफगानिस्तान, फ्रान्स, भेनेजुयला, नेदरल्यान्ड, जर्मनीलगायतका देशमा क्रियाशील क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरुले सशस्त्र क्रान्तिका कामलाई अगाडि बढाइरहेका छन् भने भारतीय माओवादी कम्युनिस्ट पार्टीले भीषण सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको छ । यसका अतिरिक्त क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरुका बीचमा अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिस्ट केन्द्र स्थापनार्थ अन्तर्राष्ट्रिय स्तरमा छलफल र बहसहरु चलाइरहेका छन् ।

३) नेपालका कम्युनिस्ट आवरणका नेताहरूले कमरेड गोञ्जालोबाट सिक्नु पर्ने पाठ

कमरेड गोञ्जालो अमेरिकी पिठ्युँ पेरु सरकारको सैनिक जेलभित्रको पिँजडा भित्र कठोर र अमानवीय जीवन बिताएर पनि कत्ति पनि शिर नझुकाएर, आत्मसमर्पण नगरी संसारमै नेलसन मण्डेला पछि सबैभन्दा बढी २९ वर्षको जेल जीवन बिताउने र सैनिक जेलभित्रै उच्च आदर्शका साथ मृत्युवरण गर्नु भयो । उहाँले रत्तिभर व्यक्तिगत स्वार्थ र सुविधाको आकांक्षा राख्नु भएन । देश, जनता र जनताको मुक्ति, जनताकै सुखसुविधा प्रगतिका निम्ति आफ्नो जीवनलाई कठोरभन्दा कठोर जेल जीवन, त्यसमा सैनिक जेलको पिँजडा भित्र कैद गरिँदा पनि कहिल्यै विचलित हुनु भएन । साथै घर परिवार र सन्तानहरुको स्वार्थमा रत्तिभर डुब्नु भएन । सैनिकहरुद्वारा दिइएका पाशविक भौतिक तथा मानसिक यातनाहरुबाट कहिल्यै विचलित हुनु भएन । आफ्नो जीवन, आफ्नो व्यक्तिगत सुखसुविधा र यश आरामभन्दा उहाँले देश, जनता र क्रान्तिको स्वार्थभन्दा माथि कहिल्यै राख्नु भएन महान् क्रान्तिकारी योद्धाको अनुपम उदाहरण प्रस्तुत गर्न संसारभरका कम्युनिस्ट क्रान्तिकारी कम्युनिस्टहरू र सर्वहारा श्रमजीवी जनताको लागि अति सफल हुनु भएको छ । तर, नेपालका कम्युनिस्ट आवरणका नेताहरूले भने एउटा पक्षले ऐतिहासिक झापा विद्रोहको ब्याज खाएर घोर प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्न पुगेर जनघात र राष्ट्रघातका शृङ्खलाहरु थपिरहेका छन् । अर्को तप्काले महान् दस वर्षे जनयुद्धको ब्याज खाँदै प्रतिक्रियावादी सत्ता सहभागी हुँदै आएको छ कम्युनिस्टहरू बद्नाम गरिरहेको छ र घोर प्रतिक्रियावादी संसदीय व्यवस्थालाई बलियो बनाउन जीवनमरणको संघर्ष गरिरहेको छ ।

नेपालका कम्युनिस्ट आवरण भित्रका कम्युनिस्ट नेताहरु प्रतिक्रियावादमा रुपान्तरण भएर निहित व्यक्तिगत स्वार्थका लागि जे गर्न पनि तयार हुने, परिवारवाद, फरियावादमा चुर्लम्मै डुबेर नेपाली कम्युनिस्टहरूको संसारसामु बद्नाम गराइरहेका छन् । यिनीहरू नै आज संसारका सबैभन्दा भ्रष्ट नेताहरुको लिस्टमा आफ्नो नाम लेखाउन र देखाउन सफल भएका छन् । नेपालका कम्युनिस्ट आवरणका नेताहरु सत्ताको नेतृत्व गरिरहेको बेला र पार्टीको नेतृत्व दिने मौका पाएको बेला देश र जनताको खरबौं रकम आफ्नो बनाएर संसार कै धनी नेता बन्न पुगेका छन् । र, यसरी जनताको सम्पत्तिमाथि हालिमुहाली गरेकोमा कुनै लाजघीन छैन । त्यसैमाथि आपूmलाई गौरवशाली जीवन निर्माण गरेको ठान्ने भएका छन् । पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुने, देशका नदी–नाला बेच्ने, देशको सिमानासमेत बेच्न तयार हुने आफ्नो निहित व्यक्तिगत स्वार्थपूर्तिका लागि वैदेशिक शक्तिहरुका सामु लम्पसार परेर आत्मसमर्पण गर्नेहरु आपूmलाई कम्युनिस्ट भनिरहन, कम्युनिस्ट पार्टीको झण्डा फहराउन नछाडे कम्युनिस्ट आवरण भित्रका नेपालका नेताहरूले कमरेड गोन्जालोबाट सिक्ने विषयहरु के के होलान् ? यी प्रश्नहरुको ठिक जवाफ के होला भने नेपालका कम्युनिस्ट आवरणका नेताहरुको मृत्यु प्वाँख भन्दा हलौं हुनेछ ।

 अलविदा कमरेड गोन्जालो ।

(लेखक अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्) ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु