कोभिड १९ प्रति भ्रम र यथार्थता

२०७७ आश्विन ५ गते, सोमबार
हस्तबहादुर केसी

१) कोभिड–१९ को उत्पत्ति

यो १० महिना पहिले अर्थात् सन २०१९ को डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक देखाप¥यो । त्यसैले चीनको वुहान शहरलाई नै कोभिडको उत्पन्न स्थानको रुपमा लिइन्छ । र, एउटा एक व्यक्तिबाट अर्को व्यक्तिमा अत्यन्तै छिटो सर्ने संक्रामक रोगकै रुपमा चीनमा घोषणा गरिएको थियो । एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै संक्रमण नहोस् भनेर कोभिड–१९ को संक्रमण व्यक्ति व्यक्तिमा फैलिन थाल्ने वित्तिकै चीनले वुहान शहरलाई लकडाउन ( बन्दाबन्दी) गरेर रोग फैलिन नदिन बेलैमा सजकता अपनाएको थियो । जसका कारण चीनभर कोभिड फैलिन पाएन । तैपनि वुहानमा शुरुमै ३१३४ जनाले शुरुमै ज्यान गुमाएका थिए भने करीब ८१ हजार नागरिकहरु संक्रमित भएका थिए ।

चिनियाँ वैज्ञानिकहरु, चिकित्सकहरु र अन्य विज्ञहरुको सुझाव र निष्कर्षका आधारमा ७६ दिनमै रोग उन्मूलन भएको ठहर गरेर वुहानमा लगाउँदै आएको लकडाउन पूर्णरूपमा हटाएको थियोे । त्यसपछि चीनमा कोभिड–१९ अन्य क्षेत्रमा संक्रमित हुन सकेन । धेरै पछि बाहिरबाट चीन प्रवेश गरेका व्यक्तिहरुबाट राजधानी बेइजिङका आसपासमा संक्रमण देखा परेको थियो तर त्यो पनि कुनै मानवीय क्षति हुन नपाउँदै चीनले नियन्त्रणमा लिएको थियो ।

विश्व मानव समाजमा कोभिड–१९ जस्तो महामारी संक्रमण र रोगचाहिँ पहिलो भने होइन । योभन्दा पहिले सार्स, मर्स, पोलियो, इबोला, भाइरल इन्फ्लुजाजस्ता रोग र महामारी नआएका होइनन् । विज्ञानले ती सबैको रोगनिरोधक खोप ९खबअअष्लभ० पत्ता लगाएर समाधान भइसकेका छ । यो कोभिड–१९ वैज्ञानिक नाम दिइएको महामारीको पनि एक दिन खोप ९खबअअष्लभ० पत्ता लागिछाड्ने छ । र मानवजातिको उद्धारमा महत्वपूर्ण सहयोग पुग्नेछ । पर्खन सक्नु पर्छ । वैज्ञानिकहरु चिन्तित भएर खोज अनुसन्धानमा लागि सकेका छन्् ।

२) चीन बाहिर संक्रमण

चीन पछि एकदमै छिटोभन्दा छिटो गरी पश्चिम युरोपेली देश इटलीमा कोभिड–१९ अत्यन्तै संक्रामक रुपमा फैलियो । र त्यसले छोटै अबधिमा ठूलो मानवीय क्षति पु¥यायो । एक प्रकारको हैजाकै प्रकोपसरह भएर फैलियो कोभिड–१९ इटलीमा । त्यस पछि युरोपका अन्य मुलुकहरु स्पेन, फ्रान्स, जर्मन, बेलायतमा अत्यन्तै छिटोछिटो गरी फैलियो । त्यस पछि संयुक्त अधिराज्य, अमेरिकातिर फैलियो भने क्रमशः विश्वका अन्य मुलुकहरु अष्ट्रेलिया, ब्राजिल, एशियाली मुलुक भारत, नेपाललगायतका देशहरूमा हैजाका किटाणुसरह विश्वभर फैलियो कोभिड–१९ ।

३) यसको संक्रमण फैलावट

माथि पनि उल्लेख गरिएको छ, एशियाली विशाल देश चीनको वुहान शहरमा सन २०१९ को डिसेम्बरमा उत्पन्न भई चीन पछि शुरुमा इटली, स्पेन, फ्रान्स, जर्मनी, बेलायत, अमेरिका, अष्ट्रेलिया, ब्राजिल, भारत, रुस हुँदै दुईवटा पानी जहाजसहित विश्वका २१३ वटा देशहरूमा ठूलो महामारीको रुपमा फैलियो ९ऋइख्क्ष्म् ( ज्ञढ० । र, त्यसपछि यस महामारीले विश्व मानव समुदायमा ठूलो डर, त्रास र आतंक नै फैलियो विश्वस्तरमै ।

४) आजसम्म ऋइख्क्ष्म् ( ज्ञढ ले पु¥याएको क्षति

आजका मितिसम्म कोभिडले विश्वभर ठूलो मानवीय क्षति पु¥याइसकेको छ । विश्वभर अहिलेसम्म तीन करोड जना कोभिड–१९ को संक्रमणबाट ग्रसित भइसकेका छन् भने नेपालमा पनि लगभग साठी हजार जनामा कोभिड–१९ को संक्रमण फैलिसकेको छ । माथिको डाटाले स्पष्ट पारिसकेको छ कि सबैभन्दा बढी मानवीय क्षति अमेरिका, ब्राजिल र भारतमा भएको छ । यी देशहरूबाहेक विश्वका अन्य देशहरूमा पनि ठूलो मात्रामा मानवीय क्षति पुगिसकेको छ भने यो भयावहपूर्ण क्षति अरु बढेर जाने सम्भावना कायमै छ । किनभने आजसम्म कोभिड विरुद्धको खोप ९खबअअष्लभ० पत्ता लागिसकेको छैन ।

५) कोभिड किन र कसरी फैलियो संसारभर

चीनबाट पहिलो नम्बरमा इटलीमा संक्रमित भएर सर्न पुग्यो । इटली सरकारले शुरुमा त्यसलाई खतरनाक तथा संक्रामक रोग हो भनेर पत्याएन । चीनले त संक्रामक रोग भएकोले व्यक्ति–व्यक्तिको नजिकको सम्पर्कबाट छिटो–छिटो सर्ने भएकोले तुरुन्तै लकडाउनको विधि पद्धति अप्नाएर वुहान शहर पुरै लकडाउन गरेर शहर नै सिल गरेर मानवीय भौतिक तथा सामाजिक दूरी कम्तीमा दुई मिटरको कायम गरेकोले त्यहाँ संक्रमण छिटै रोकियो र मानवीय क्षति कम भयो । तर, इटलीले पहिलो नम्बरमा कोभिड–१९ मानव जातिकै लागि खतरनाक रोग हो भनेर पत्याएन । दोस्रो नम्बरमा उसले चिनियाँ पद्धति, लकडाउनको पद्धति नअपनाएका कारणले इटली छोटै अबधिमा ठूलो मानवीय क्षति व्यहोर्न बाध्य भयो । त्यस पछि स्पेन, फ्रान्सलगायतका युरोपका अन्य देशहरूमा पनि इटलीकै जस्तै समस्या दोहोरियो । र, ठूलो मानवीय क्षति हुन गयो । यसै क्रममा आगोको मुस्लो सरी भएर अमेरिकामा फैलियो कोभिड – संक्रमण । जसले गर्दा आजसम्म आइपुग्दा अमेरिका नै संसारमै सबैभन्दा बढी मानवीय क्षति व्यहोर्नुपर्ने देश बन्यो । अमेरिकाले पनि शुरुमा यसलाई पत्याएन । उल्टै चीनले आफ्नो विरुद्ध मानव निर्मित बनाएर पठाएको भनेर आरोप लगायो । विश्व जनस्वास्थ्य संगठन ९ध्ज्इ० चीनको कदमलाई सही ठहर गरेको र लकडाउन प्रारम्भिक र संक्रमण रोक्न पहिलो विधि भएको बताइरहदा अमेरिका उल्टै ध्ज्इ को विरुद्ध मात्र गएन, ध्ज्इ लाई आर्थिक नाकाबन्दी लगाउने घोषना गर्न पुग्यो । यो उसको चीनप्रति पूर्वाग्रह मात्रै थियो । यसका अतिरिक्त अमेरिकाले समयमै ध्ज्इ ले निर्धारण गरेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेकै कारण ठूलो मानवीय क्षति व्यहोर्नुपर्ने अवस्थामा पुग्यो । यसै सिलसिलामा बेलायत, ब्राजिल, भारत, रुसलगायतका देशहरूमा तीव्र गतिले संक्रमण फैलियो र हजारौंको ज्यान लियो । लाखौं जना संक्रमित हुन पुगे । यी देशहरूमा पनि शुरुदेखि यसप्रति गम्भीर भएर ध्ज्इ र चिकित्सकहरु, अन्य विज्ञहरूको सुझाव र जनस्वास्थ्य मापदण्ड नअपनाएकै यिनी देशहरूले कोभिड–१९ को महामारीबाट ठूलो क्षतिपूर्ति व्यहोर्नुपर्ने अवस्थामा पुगेका हुन् ।

६) जनचेतनाको अभाव

जनचेतनाको अभावले पनि संक्रमण फैलिने वातावरण बन्यो । ध्ज्इ र चिकित्सकहरु, जनस्वास्थ्य विज्ञहरुले दिएका सुझावहरु मापदण्ड अपनाउने, सरसफाइ र भौतिक दूरी कायम गर्नेे सवालमा लापरबाही गरिने गरेको कारणले पनि संक्रमण बढ्ने गरेको पाइएको छ । यसका साथै जनस्तरबाट नटेर्ने, मापदण्डहरु उल्लंघन गर्ने र पुलिसले सम्झाउनु पर्ने, पुलिसले कारवाही गर्नुपर्ने जस्ता कार्यले गर्दा पनि संक्रमण बढेको पाइएको छ ।

७) जनताका समस्याहरुका कारण

लकडाउन संक्रमणबाट बच्ने पहिलो उपाय हो । तर, जनताले जनजीवन निर्वाह गर्नका निम्ति, किनमेल, बजार व्यवस्थापन गर्नुपर्ने, साँझ बिहानको समस्या टार्नका निम्ति घर बाहिर निस्कनु पर्ने बाध्यताका कारणले गर्दा पनि संक्रमण बढेको पाइएको छ ।

८) नेपालमा संक्रमण बढ्नुका कारण

नेपालमा २०७६ माघ ४ गते चीनबाट आएका विद्यार्थीमा संक्रमण देखिएको थियोे । तर, उनी छिट्टै मुक्त भए । फाल्गुनको तेस्रो हप्ता चीनबाट १७५ जना विद्यार्थीहरु ल्याइयो र १४ दिनसम्म भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखियो । एकजनामा पनि संक्रमण देखिएन । २०७६ चैतको शुरुतिर फ्रान्सबाट फर्केकी एकजना युवती र बेल्जियमबाट फर्केकी एकजना आमामा कोरोना संक्रमण भेटियो । त्यसपछि दलाल सरकारले निकै आत्तिएको जस्तो गरेर २०७६ चैत १२ गतेदेखि देशव्यापी रुपमा लकडाउन ग¥यो । र मुलुकको सबै गतिविधिहरु ठप्पै पारियो । यसैबेला दलाल सरकारले चीनबाट औषधि खरिद गर्ने मौका मिलाएर करोडौंको भ्रष्टाचार गर्नतिर लाग्यो भने अर्कोतिर भारतमा व्यापक रुपमा संक्रमण फैलिएको देख्दादेख्दै पनि भारतसमेतको नाकाहरुमा कडाइ गरेर दुबै देशका बीच आवत–जावत बन्द गर्नुपर्नेमा त्यसो नगरेकै कारण भारतबाट नेपाल आउनेहरुबाटै संक्रमण भित्रियो ।

रोजगारीका लागि भारत प्रवास गरएकाहरु जुन पश्चिम नेपालका विभिन्न नाकाहरुबाट हाम्रा नेपाली मजदुर दाजुभाइ, दिदीबहिनीहरु फर्किएकाहरुलाई व्यवस्थित र वैज्ञानिक विनाका क्वारेन्टाइनहरुमा राख्ने गरेकोले पनि संक्रमण फैलियो । कतिपय जनचेतनाको अभाव र लापरबाही जनता स्तरबाटै गल्ती भएको र जीवन चलाउनकै लागि जनता घर बाहिर जानैपर्ने बाध्यताले पनि संक्रमण फैलियो । दलाल सरकारले मनलागी कडा बन्दाबन्दी गर्ने कार्यहरुले राजधानी उपत्यकालगायत अन्य जिल्ला र स्थानहरुमा घरीघरी आवत–जावत गर्ने वातावरण बनाएकै कारण संक्रमण बढ्यो अर्थात् सरकारको गैरजिम्मेवार रवैयाका कारण पनि संक्रमण बढ्यो । र, आजसम्म पनि तीव्र गतिले संक्रमण फैलिरहेको छ । विश्वका अन्य देशहरूमा यही प्रकारका समस्याहरु र त्रुटिहरु रहन गए, जो संक्रमणको श्रोत बन्यो ।

९) दलाल तथा रमिते सरकार

यो निश्चित कुरा हो कि पुँजीवादी संसदीय व्यवस्थाहरुमा दलालहरु सत्ता सञ्चालन गर्ने तहमा पुगेका हुन्छन्् । विश्वका सबै पुँजीवादी संसदीय व्यवस्था भएका जस्तै ः अमेरिकी मुलुकहरु, युरोपेली देशहरु, एशियाली देशहरु, अफ्रिकी देशहरु जहाँ–जहाँ पुँजीवादी संसदीय व्यवस्थाहरु सञ्चालनमा छन्् । ती देशहरुमा सरकारकै गलत रबैयाका कारण तीव्र गतिले संक्रमण फैलियो र ठूलो मानवीय क्षति हुन पुगेको पाइएको छ । दलाल सरकारहरु जनताप्रति उत्तरदायी हुँदैनन् र समस्या परेको बेला पन्छिएर समस्या जति जनतामाथि थुपार्ने कार्य गर्दछन्् । उनीहरूले जनतालाई माया नगर्ने भएकोले जनताको सुरक्षा गर्ने कुरा पनि आउँदैन । यहाँ त्यही भएर जनताले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको हो । नेपाल पनि यही सरकारी रवैयाले गर्दा धेरै ठूलो संख्यामा जनताको ज्यान गइरहेको छ ।

१०) भ्रष्टाचारलाई मलजल गरियो

यो कुरा साँचो हो कि सबैखाले पुँजीवादी शासकहरु जनपक्षीय कम भ्रष्टाचारी बढी हुन्छन्् । सत्तामा पुगेको बेला पुँजीवादी दलालहरु सत्ताको दुरुपयोग गरेर यस्तै जनतालाई अप्ठ्यारो परेको बेला अर्को चोर बाटोबाट छिरेर सत्ताको साधन श्रोत कब्जा गर्ने, राष्ट्रिय सम्पत्तिमा लुट मच्चाउने गर्दछन्् । नेपाललगायत विश्वभरका देशहरूमा यस्तै प्रकारका तरिका अपनाएर कोरोना कहर समाधान गर्नेतिर भन्दा पनि कोभिडलाई निहुँ बनाएर सम्पतिमाथि कब्जा जमाएर लागे । जनताका समस्या हल गर्नतिर नभएर सम्पत्ति आर्जन गर्ने माध्यम बनाए कोरोनालाई बुर्जुवाहरुले । नेपालमा त यता देशभित्र पूरै बन्दाबन्दी लगाए भने उता चीनबाट औषधि खरिदमा ओम्नी नामको नक्कली कम्पनी खडा गरेर करीब ४१ करोडको भ्रष्टाचार गरेको कतैबाट लुकेको छैन । नेपाली सेनालाई त्यही स्तरको ठेक्का दिइयो, चीनबाट औषधि खरिदका लागि सेनाले पनि भ्रष्टाचार गर्न चुकेन । मजदुरहरुलाई, निमुखाहरुलाई राहत वितरणका नाममा पनि सत्ताधारीहरुले देशव्यापी रुपमा भ्रष्टाचार गरेको तथ्य जनतासितै छ । नेपालका भ्रष्ट शासकहरु र विश्वकै बुर्जुवा पुँजीवादी एवं संसदीय शासकहरुलई मागिखाने भाँडो बनाएको तथ्य पनि छिपेको छैन । जनताहरु भोकभोकै मरे । आौषधिमूलो नपाएर मरे । तर सत्ताधारी वर्गलाई भने दशैँ–तिहार नै आयो । यस्तो किन भयो भने दलालहरुले जनतालाई माया गर्दैनन् । जनतालाई अप्ठ्यारो परेको बेला रमिते बन्दछन्् । यो तथ्य अहिले सावित भएको छ ।

११) कोभिड–१९ प्रति भ्रम र यथार्थता

कोभिड–१९ के हो ? के होइन ? यो कुनै रोग नै होइन । सत्ताधारीहरुले आफ्नो स्वार्थपूर्तिका लागि स्वभाविक रुपले मरेका मान्छेहरुलाई कोरोनाले मरेको भनेर प्रचार गरिएको छ भने अर्कोतिर कोरोना नै सबैथोक हो भनेर चारैतिर आतंक फैलाउने गरिएको छ । सर्वसाधारणलाई त्रसित र आतंकित तुल्याउने काम भइरहेको छ भनेर दुबैतर्फ अतिवाद फैलाएको पाइन्छ । यस विषयमा स्पष्ट हुन जरुरी छ । कोभिड १९ (कोरोना भाइरस) विज्ञानसित सम्बन्धित विषय हो । कोभिड–१९ स्वास्थ्य विज्ञानसित सम्बन्धित विषय हो । कोभिड–१९ औषधि विज्ञानसित सम्बन्धित विषय हो । यो त्यत्तिकै हचुवाको भरमा बोल्ने विषय होइन । यो टपर्टुयाँ ज्ञानका भरमा बोल्ने विषय होइन । यो अन्दाजको भरमा, शंकाको भरमा बोल्ने विषय होइन ।

हामी माक्र्सवादी हौँ । हामीले हरेक घटना परिघटनाहरुलाई माक्र्सवादी द्वन्द्ववादका आधारमा हेर्ने, बुझ्ने, अध्ययन – अनुसन्धान र विश्लेषण गर्ने र संश्लेषण गर्ने गर्नु पर्दछ । विज्ञान विरोधी कुरा गर्नु एउटा त विज्ञानप्रतिको अज्ञानता हो भने अर्को पक्ष वितण्डावादी वा जाली झेलीहरुको कुरा हो । त्यसो भएर नै हो कमरेड माओले भन्नुभएको छ, “विना अनुसन्धान बोल्न कसैलाई अधिकार छैन” । अझै अगाडि बढेर के भन्न सकिन्छ भने हामी माक्र्सवाद – लेनिनवाद – माओवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्दछौँ । मालेमावाद विश्व सर्वहारा वर्षको पथप्रदर्शक सिद्धान्त र उसको विश्वदृष्टिकोण पनि हो । त्यसैले हामीले हरेक घटना परिघटनाहरुलाई मालेमावादी विश्वदृष्टिकोणका आधारमा हेर्नु पर्दछ । त्यस पछि मात्र आफ्नना धारणाहरु प्रस्तुत गर्नुपर्ने हुन्छ । बुर्जुवाहरुले भने जस्तो गरी, बोले जस्तो गरी विनाआधारमै हचुवाको भरमा, हावाधारी कुरा गर्नु हुँदैन । माक्र्सवादी द्वन्द्ववादको के मान्यता छ भने हरेक घटना घटित हुनुमा निश्चित वैज्ञानिक कारण विद्यमान हुन्छ । र, विनाकारण कुनै घटना घटित हुन सक्तैनन् । यो नै विज्ञानिक तथ्य हो । त्यसो भएर चीनको वुहानबाट उत्पन्न भएको कोभिड–१९ (कोरोना भाइरस) विनाकारण उत्पन्न भएको होइन । यसका पछाडि निश्चित वैज्ञानिक कारण रहेका छन्् ।

कोभिड–१९ चीनको वुहानबाट पैदा हुनुको मुख्य कारण पुँजीवाद हो । यो विकृत पुँजीवादकै गर्भबाट यसको जन्म भएको हो । अर्थात् पुँजीवादी कर्पोरेट सिस्टमका कारण यसको जन्म भएको । यस विषयमा हामीले बहस नगर्नु नै बेश हुन्छ । किनभने आज संसारभरका वैज्ञानिकहरु कोभिड–१९ कुन प्रकारको भाइरस हो र यसको खोप ९खबअअष्लभ० के हुने भन्ने बारेमा व्यापक खोज अनुसन्धान भइरहेको छ । विश्वभरकै डाक्टरहरु र त्यस क्षेत्रका विज्ञ र अनुभवीहरुले पनि बढो चिन्ताका साथ खोज अनुसन्धान मै व्यस्त छन्् । आजसम्म यसको खोप पत्ता लागिसकेको छैन । रुसले खोप परीक्षण भइरहेको छ र सफल भइरहेको कुरा बताइरहेको छ । तर ध्ज्इ ले भने मान्यता दिएको अवस्था छैन । अमेरिका लगायतका देशहरूले पनि यसको खोप पत्ता लगाउन प्रयास गरिरहेका छन्् । यो अझै खोजको गर्भ भित्रैै छ । यो पत्ता लागि छाड्ने छ । किनकि विज्ञानमा निर्विकल्प भन्ने कुनै चीज छैन ।

१२) समस्या समाधानमा पु“जीवाद असफल

कोभिड–१९ (कोरोना भाइरस) द्वारा सिर्जित समस्याहरु समाधान गर्न साम्राज्यवादमा गरिरसकेको विश्व पुँजीवाद असफल भइसकेको छ । यसको मुख्य कारण पुँजीवादी संसदीय व्यवस्थामा सत्ता सञ्चालन गर्नका लागि दलालहरु, नोकरशाहहरु पुगेका हुन्छन्् । दलालहरु देशर र जनताप्रति उत्तरदायी र जिम्मेवार हुँदैनन् । उनीहरू गैरजिम्मेवार र नालायक हुन्छन्् । त्यसैले उनीहरुले जनतालाई माया र सहयोग गर्दैनन् । उनीहरूले पैसा बाहेक अरु वरिपरी, यताउता केही पनि हेरेका हुँदैनन् । दलालहरुले पैसा पाए भने जन्म दिने आमालाई पनि बेच्न सक्छन्् । किनभने दलालहरुको सरकारलाई दलालहरुले, विचौलियाहरुले, माफियाहरुले, कालाबजारियाहरुले, मुनाफाखोरहरुले, तस्कर र भ्रष्टाचारीहरुले, हत्यारा र बलत्कारीहरुले र अनैतिकहरुले चलाएका हुन्छन्् । उनीहरूले जनताको पक्षमा काम गर्न दिँदैनन् दलाल सरकारलाई । यिनै कारणहरुले गर्दा पुँजीवादी दलाल सरकारले नैतिकता गुमाइसकेको हुन्छ । त्यसो भएर उसले चाहेर पनि गर्न सक्ने अवस्थामा हुँदैन दलाल सरकार । यसै कारणले कोभिड–१९ द्वारा सृजित समस्याहरु समाधान गर्न पुँजीवाद असफल भएको छ ।

१३) कोभिड–१९ द्वारा सिर्जित समस्या समाधानमा एक मात्र विकल्प वैज्ञानिक समाजवाद

पुँजीवादी दलाल सत्ताहरुले कोभिड–१९ को आतंक मच्चाएर कहिले कडा लकडाउन लगाउने त कहिले कफ्र्यु लगाउने र जनतालाई सानो घेरा भित्र कैद गर्ने आफ्नो स्वार्थपूर्ति पूरा गर्न हरप्रयत्न र उपाय लगाउने निश्चित छ । यसबाट जनता सचेत हुन जरुरी छ । किनभने पुँजीवादी शासकहरु जनतालाई ठूलो समस्यामा परेको बेला अप्ठ्यारोमा पारेर निरीह तुल्याउने हो । किनभने दलालहरु इमानदार हुँदैनन् । क्रान्तिकारीहरु भने जोगिन आवश्यक हुनेछ । पुँजीवादी भनेका व्यापारी हुन । जनतालाई यस्तै मौका छोपेर ठक्न सक्छन्् । यो उनीहरूको खानदानी पेशा मानिन्छ । विश्व जनसमुदाय सचेत रहन जरुरी हुन्छ ।

१४) दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो मानवीय क्षति

दोस्रो विश्व युद्धमा सबैभन्दा बढी मानवीय क्षति भएको थियोे । उक्त दोस्रो विश्व युद्धको अबधिमा करीब तीन करोड मानिसहरु मारिएको रेकर्ड छ । त्यस पछि यता विश्वस्तरमा ठूलो संख्यामा त्यति ठूलो संख्यामा मानवीय क्षति भएको थिएन । सार्स, पोलियो, भाइरल इन्फ्लुएञ्जा आदि रोगले विश्वमा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएका थिए । दोस्रो विश्व युद्धपछि कोभिड–१९ को कहरबाट ठूलो मानवीय क्षति पुग्न गएको छ र यो अवस्था पछिसम्म अरु बढ्ने निश्चित छ । यो क्षतिले विश्वमा ठूलो संकट पैदा गरेको छ ।

१५) अन्तर्राष्ट्रिय संकट र समाधान

कोभिड–१९ द्वारा सृजित समस्याले मानवीय क्षति मात्र भएको छैन । यसले आर्थिक क्षेत्रमा पनि ठूलो क्षति व्यहोर्नुपरेको छ । लामो समयसम्म बन्दाबन्दीका अवस्था र अन्य कारणले विश्वस्तरमा कल कारखाना बन्द हुनु, बन्द व्यवसाय र बजार बन्द हुन पुग्नु, स्कुल, कलेजहरु बन्द हुन पुग्नु, यातायात लामो समयसम्म बन्द हुन पुग्नु, आदि कारणले पनि आर्थिक संकट पैदा गरेको छ । अर्कोतिर विश्वस्तरमै ठूलो संख्यामा मजदुरहरुको कटौती हुनु, उनीहरूले रोजगारी गुमाउँदै जानु र मालिकहरुले रोजगारी उपलब्ध गराउन नसक्ने अवस्थामा पुग्नुले विश्वस्तरमै विद्रोह जन्माउने निश्चित छ । यसले ठूलो राजनीतिक संकट पैदा गर्नेछ । यस प्रकारका संकट समाधान गर्न पुँजीवाद असफल भइसकेको छ र भविष्यमा पनि नसक्ने भए पछि यसको समाधान वैज्ञानिक समाजवादको विकल्प छैन । यस प्रकारको संकटले वैज्ञानिक समाजवादी विश्व क्रान्तिको बाटो फराकिलो बनाउने निश्चित छ । त्यसो भएर विश्व मानव समुदाय वैज्ञानिक समाजवादी क्रान्ति प्राप्तिको बाटोमा लामबद्ध हुनुको विकल्प छैन । किनभने यो संकट विश्व समाजवादी क्रान्तिको पूर्वबेला बनेर महान् अवसर र कठिन चुनौती बोकेर आउँदै छ । अब विश्व सर्वहारा वर्गले आफ्नो तयारी गर्नुको विकल्प छैन ।

(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु