वलीको रारा भ्रमण र सपनाको खेती– झपेन्द्रराज वैद्य

२०७५ बैशाख ६ गते, बिहीबार

मुगुको अनुपम द्दश्य हो राराताल। सूर्योदयको लाल किरणसँगै राराको डिलमा बसेर प्र.म.केपी वलीले संबोधन गरेका हुन नव बर्ष २०७५ बैशाख १ गते। समृद्धि र बिकासका लड्डू सबैलाई बाँडे। यो हो वलीको सपनाको खेती। सपना त हुनुपर्छ। दृढ बिश्वास र संकल्प। योजना तर्जुमा र कार्यक्रम। तर उडन्ते गफगरेर एका देशको कथामात्र दोहरिन्छ। कथित बाम गठबन्धन तय भएदेखिको कथा हो यो। यो ठोस छैन। यसमा कुनै आधार छैन। यसमा पंक्तिकारको आग्रह पूर्वाग्रह पनि छैन। मुखले शब्दको खेतीगरेर केही बन्दैन जबसम्म ब्यबहारमा लागू गरिदैन। दिनको संकेत बिहानीले दिन्छ भनेजस्तो यस प्रकारका मनका लड्डू पहिले पनि नबाडिएको होइन।। भ्रम छरेर दुनियालाई भूलाउने बाहेक अरु केही हो भन्ने कुरा संकाको बादल भित्र रहन्छ। रारा कर्णालीलाई पर्यटकीय क्षेत्र बनाउने कुरा राम्रो हो। कर्णाली सबभन्दा ठगिएको प्रदेश हो। यो अति दुर्गम बिकट क्षेत्र हो। यहाँ समतल खेती योग्य जमीन छैन। पानी छ तर सिचाइ छैन। पक्की बाटो छैन। यातायातको पहुँच छैन। हेलीकप्टरबाट सामान ढुवानी गर्नुपर्छ। यहाँ अझै बिकासको घामलागेको छैन। तर पनि यहाँ महत्वपूर्ण जडीबुटीको भण्डार छ। आदिम सँस्कृति र सभ्यताको स्थल हो कर्णाली। लेकहरुको गर्भमा खनजि पदार्थ लुकेर बसेको अवस्था छ। उर्जाको लागि पानी प्रशस्त छ। कस्तुरी, यार्चागुम्बा, स्याउको भण्डार हो यो। भेडा च्यांग्राबाट सक्कली उन उत्पादन हुन्छ। वास्तबमा भन्ने हो भने मूटु हो कर्णाली। मधेस जीवन दाता हो भने पहाडी भेग हात हो जसले कर्णाली र मधेसको सन्तुलन मिलाउँछ। पहाडका खश आर्यहरु मधेस र कर्णालीको गल्छेडा बनेको अनुभूत हुन्छ।
कर्णालीको हावापानी चीसो भएको हुनाले यो क्षेत्रलाई निश्चयनै अर्गेनिक क्षेत्र बनाउन सकिन्छ तर नेपाललाई अर्गेनक क्षेत्र बनाउन यस किसिमको रवैयाले सकिदैन। के तराईका लाखौं बिगाहा जमीनलाई बिना रसायनिक मल उत्पादन गर्न सकिन्छ? कुरै खानु कुरै लगाउनु भनेको यही हो। मूल नै धमीलो छ भने धाराहरुबाट कसरी सङ्लो पानीको अपेक्षा गर्न सकिन्छ? भ्रष्टतचार ब्याप्त, तस्करी, कमिशनखोरी आदिबाट देशको ढुकुटी रित्तिइसकेको छ। नेपालको आर्थिक स्रोत भनेको राजस्व , बैदेशिक सहायता र बैंकहरु हुन्। राजस्वमा कमिशनको खेल र चुहावट छ। भनेको समयमा काम सम्पन्न गर्न नसकेर बिदेशी दाताहरु पनि सहयोग दिन अकमकाई रहेको अवस्था छ। आइ एन जीओ बाट प्राप्तरकम बीलभाउचर मिलाएर भान्सा गर्ने र बिदेश भ्रमणमा जाने सँस्कृति बसेको छ। अहिले सरकारी बेरुजुमात्र १ खर्ब ११ अरब पुगेको छ। औषधी खर्च र बिदेश भ्रमण बाक्लिएको अवस्था छ। जनताले खाने गास काटेर दिएको राजश्वबाट बर्षमा अरबौ पैसा बिदेश भ्रमणमा जान्छ। महंगी आकासिएको छ। यस प्रकारको बिकृति बिसंगतीलाई कसले हेर्ने? आफूलाई चित्त नबुझेमा न्यायालयलाई महाभियोग? अदालतले छाडिदिएको थुनुवालाई पुर्वाग्रहले पुनः पत्रकाउ गरिन्छ भने कसरी न्यायालय स्वतन्त्र हुन सक्छ? चेक एण्ड ब्यालेन्स त हुनुपर्छ तर अहिले प्रमको फासिबाद र पपुलिज्म चलेको अवस्था छ। एमालेका उपमहा सचिब घनश्याम भूषालले त्यसै भनेका होइनन् यो कुरा — प्रम केपी वलीको फासीबाद र पपुलिज्मले उनैलाई सिद्धाउनेछ। जब समान हैसियत समान अवस्था भनिन्छ राराको भ्रमणमा पुष्पकमल दहाल प्रचण्डलाई पनि लगेर संयुक्तरुपमा उद्घाटन गर्नुपथ्र्याे। हुन त यो उनीहरुको आन्तरिक मामला हो। फासीबाद भनेकै यही हो। एक लौटी ढंगले चलेको छ सरकार। मन्त्रालयका सचिबहरुको सरुवा र बढुामा एक आखर पनि मा.केलाई सोधिएन भन्ने दुखेसो छपा र रेडियोबाट धमाधम सुनिन थालेको छ।
आफ्नो पार्टी भित्रबाट असंतोषका छालहरु आइरहेका छन्। पार्टी बाहिर त उछालने काम काम भएको छ। लोकतन्त्र भनेकै यही हो? अत्तालिएर आजसम्म नभएको निषेधित क्षेत्रको घोषणा। आज माइतिघर मण्डलमा छ। भोलि उपत्यकाका सबै शहरी क्षेत्र हुन्छ। भारतको एउटा चासो हो नेपालमा माओबादी नबढून्। अर्को चासो र चिन्ता हो चीन बिकासको निहुँमा नेपालमा नपसोस्। यसैले त चीनले बनाएको उर्जा भारतले नकिन्ने पुर्व संकेत दिइसकेको छ। भ्रमणको दोश्रो दिन इन्डियन एक्सप्रेसमा प्रकाशित ज्योती मलहोत्राको टिप्पणीमा चिनीया कम्पनीले लगानी गरेको र बनाएको उर्जा भारतले किन्ने छैन भन्ने सन्देश दिन मोदीले वलीलाई चाडै नै भारत बोलाएका हुन भन्ने छ। खै वलीको भारत भ्रमणको के अपेक्षा के अनपेक्षा? एक घण्टासम्मको कुराकानी गोप्य राखिए पनि रेल मार्ग र जल मार्गको लड्डू बाहेक अरु देख्न सकिएन। दुबैको अनुहार त्यति फुरेको देख्न सकिन्नथ्यो। याचक भएको त पाइयो भारतीय लगानीको तर १९५० को असमान सन्धीको खारेजीको त के कुरा यस सम्बन्धी चूँ गरेको पनि केही चाल पाइएन। सुस्ता कालापानी,टनकपुर, लिपुलेख लगाएतका दर्जनौ ठाउँमा भएको सीमा अतिक्रमण बारे केही कुरा चलेन। आगोमा घीउ थपेजस्तै कोशी उच्च बाँध अझ उच्च बनाएर जलमार्ग बनाउने कुराले तराइका जिल्लाबासीहरु चिन्तित भएको बुझन सकिन्छ। राम्रो कामगर्दा केही जोखिम त उठाउनुपर्छ नै। तर त्यहाँ छ ३१ जिल्लाको डुवानमा संत्रस्त जीवन। मधेश आन्दोलनको लगाम भारतले समाएको छ। अब राजनीति नफेरिएसम्मद मधेशमा आन्दोलन हुने अवस्था पातलो भएको अनुभूत हुन्छ। ने.क.पा को आन्दोलन आफ्नै ठाउँमा छ। तर अन्य सच्चा बामपन्थीहरुलाई रीस उठने कुरा माक्र्सबादी लेनिनबादी दर्शन पुरानो भयो भन्ने के.पी वलीको उद्घोषसँग हो। ओन एरिया ओन एक्शन भनेर तत्कालीन सामन्तका टाउका गेड्न सफल वलीले अहिले माक्र्स लेनिनका सिद्धान्त पुराना भए भन्ने हौवा फिजाएका छन्। के बाख्रो र बाघ सँगै बस्न सक्छन्? धनी र गरीब भएको समाजमा बर्गसंघर्ष चलिरहन्छ। यो पुरानो हुदैन। पुरानो हुन्छ भने सामन्त, दलाल पुँजिबादलाई हुन्छ। बाइबल महाभारत नयाँ हुन्छ दलालहरुलाई। द्न्द्वात्मक भौतिकबाद कहीँ पुरानो हुन्छ? दास युगदेखि आजसम्मको गति द्वन्द्वात्मक भौतिकबाद हो। कम्युनिष्टको कुरा छोडौ चार्लस डार्भिनले पनि बिकासको गतिलाई मानेका छन्। १६ हजार नेपालीका जनताका छोरा छोरीको रगतमा मस्ती मार्न पल्केका महासयहरुले आफ्नो टाउको रक्षागर्न खटिएका बालकृष्ण ढुंगेललाई थुनामा राखेर आफू ४ तले अलिसान महलमा बस्न मिल्छ? उसबेला चप्पल लगाएर हिड्नेलाई अहिले ४ करोडको गाडीमा गुडने र हेलिकप्टरमा उड्ने कस्ले गरायो? काउत्स्की,ख्रुश्चेभ र तङ्साओका शिस्यहरुले आफ्ना गुरुको गीत गाउँछन्। यो कुनै अचम्मको कुरा होइन। नत बाम गठबन्धन नै आश्चर्याको कुरा हो। एउटै बिचार भएपछि एउटै पार्टी हुन्छ। यो कसैलाई टाउको दुख्ने कुरा भएन। टाउको दुख्ने त कम्युनिष्टको बिभ्रम फैलाएको कुरामा छ। युरोपियन युनियन व पश्चिमा शक्तिबाट प्रभाबित भएर पार्टी अफिसबाट माक्र्स र लेनिनका तस्वीहरु हटाउनु अवसरबाद हो। उनीहरु प्रति जघन्य अपराध हो। यही क्रममा पछि पार्टीको नाम र झण्डा पनि फेरिने छ।
जनताको जनबादी अधिनायकत्व आजको आवश्यकता हो। साम्राज्यबादको उच्चतमरुप एकाधिकारबाद हो। यसलाई उत्तर साम्राज्यबाद भन्न सकिन्छ। बिस्तारबाद र दलाल पुँजिबादलाई निस्तेज पारेर नै नयाँ जनबाद हुदै बैज्ञानिक समाजबाद स्थापना गर्नसकिन्छ। यसबेला नै योग्यतानुसारको काम , काम अनुसार माम हुन्छ। ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा बिश्राम हुन्छ। साम्यबादमा भने योग्यता अनुसार काम, आवश्यकतानुसार माम हुन्छ। तर यो अलि परैको कुरा हो। हामीले राष्ट्रिय पुँजि जति लागूगर्नसक्छौं जति जति जनतालाई सचेत बनाउन सक्छौं बैज्ञानिक समाजबाद धेरै टाढाको कुरा हुदैन। बिषय छ वलीले उत्तेजित पार्ने कुरा। कुनै पनि राजनैतिक समश्याको समाधान राजनीतिबाट नै हुन्छ। जनतासँग गासिएको कुरामा पार्टीका नेताहरुलाई उत्तेजित पारेर समाधान हुदैन। जतिदमन भयो उति उभार हुन्छ। शान्तिपुर्णरुपले घरैमा बसेका वा गाडीमा हिड्दैरहेका नेता कार्यकर्तालाई पक्राउगर्न त सजिलो हुन्छ। तर महंगो पर्छ। आफैले बिश्वको उत्कृष्ट भन्दै आएको संबिधानको उल्लंघन हुन्छ। पंक्तिकार आफै मानब अधिकारकर्मी र पत्रकार भएको नाताले भन्न करलाग्छ कि सत्ताको मादमा मानब अधिकार तथा मौलिक अधिकारको उल्लंघन भएको अनुभूत हुन्छ। छोरी कुटेर बुहारी तर्साएको जस्तो बिद्रोहीसँग भिडने नाममा माक्र्सबादका संश्लेशित बैज्ञानिक बिचारहरु प्रति हमलागर्ने दुस्साहश नहोस्। बिद्रोहीलाई उत्तेजित पार्दै जादा गृहयुद्ध भएमा सरकारले नै जिम्मेवारी ल्याउनुपर्ने छ। बिना कार्यक्रम बिना योजना र बजेट सपनाको लड्डू बाँड्दा जनताले पत्याउने ठाउँ हुदैन। छिमेकीसँग सन्तुलित सम्बन्ध हुनुपर्छ। मोदीले वलीलाई चीनमा हुने बोआओ सम्मेलनमा भागलिनबाट रोक्नुथियो। प्र.म आफै नगएर परराष्ट्रमंत्रिलाई पठाइएको अवस्था छ। यसले मित्रतामा खलल नपारोस भन्ने हो। जे होस कम्युनिष्ट बिचारमा बिभ्रम नफैलाइयोस्। मा.के र एमालेमा पनि कतिपय सच्चा माक्र्सबादी छन्। उनीहरुलाई पनि माक्र्सबादको अबमूल्यन र अपब्याख्या गरेको चित्त बुझेको छैन। घनश्याम भूसालको पनि यही अभिब्यक्ति हो। अब महेन्द्रको पालाजस्तो शब्दको खेती गर्ने बेला छैन। अहिले सिंहदरबारको भ्रष्टाचार गाउँ गाउँमा सल्केको छ। अब जनतन्त्र, जनजिबीका र राष्ट्रिय स्वाधिनताको लागि सबै देश भक्त। साम्राज्यबाद बिरोधी शक्तिहरु एक जुट हुनेबेला आएको छ। यही सन्दर्भमा ने.क.पा , क्रान्तिकारी माओबादी, मसाल र ऋषि कट्टेलको पार्टीि ध्रुबिकृत हुन लागेको अवस्था छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु