रिसोर्टमा रमाएर संविधान बन्दैन – राजेन्द्र चिमौरिया

२०७१ कार्तिक १ गते, शनिबार


नेपाली काँग्रेस, एमाले र एमाओवादीलगायतका केही राजनीतिक दलहरू अहिले माघ ८ गते नै संविधान जारी गर्ने भन्दै दिनहुँ बैठकहरू बसिरहेका छन् । संविधान निर्माणमा विवादित विषयहरूलाई टुोमा पुर्याउन भन्दै उनीहरू दिनरात जुटिरहेको जस्तो देखिए तापनि यथार्थता भने त्यस्तो छैन । सहमति जुटाउन भनी बैठक बस्ने र सिन्कोसमेत भाँच्न नसक्ने अनि सहमतिको लागि अर्को बैठक बस्ने सहमति गरेर निस्कने दलहरूको नालायकीपनका कारण संविधानसभा संकटमा परेको छ । दलहरूको अहिलेको कार्यशैलीलाई हेदा कुनै पनि हालतमा माघ ८ मा संविधान जारी हुन सक्दैन भन्ने प्रस्ट भइसकेको छ । वर्तमान सरकार र तीन दलले तोकिएको समयमा जनताको संविधान बनाउन सक्दैनन् भन्ने आमनेपालीसमक्ष र्छल• भइसकेको छ । तर पनि काँग्रेस, एमाले र एमाओवादीका नेताहरू तोकिएको समयमा संविधान जारी गर्र्छौं भनेर विभिन्न रिसोर्टहरुमा गोप्य बैठक गरिरहेका विषय र्सार्वजनिक भइरहेको छ । के संविधानसभा तीन दलको पेवा हो – अनि उनीहरुले विभिन्न रिसोर्ट चाहारेर बनाएको संविधान जनताले मान्छन् – यो विषयमा पहिले सरकार र आफूलाई प्रमुख दलका नेता हुँ भन्नेले गम्भीर भएर सोच्नुपर्यो । त्यसैले सरकार र आफूलाई प्रमुख दल र शीष नेताहरूले गम्भीर भएर सोच्नुपर्यो, अमुक ठाउँमा बसेर अमुक सहमति गरेर बनाइएको संविधान राष्ट्रवादी दल र स्वाभिमानी नेपाली जनताहरूले कुनै पनि हालतमा स्वीकार्ने छैनन् । विभिन्न होटल र रिसोर्टहरूमा बसेर नसामा झुमेर गरिएको सहमति र संविधानको कुनै अर्थ र औचित्य रहँदैन । त्यस्तो संविधानले देशमा शान्ति र जनतालाई मुक्ति होइन, अर्को महासंकटको सुरुवात मात्र हुनेछ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु