राजनैतिक दलसंगै जनता सति जाँदा देशले दु;ख पायो – राम पाण्डे

२०७३ कार्तिक ६ गते, शनिबार

बिस्व मानचित्रमा नेपाल एक भूपरिवेष्टित देश हो । चारैतिर अर्को देशको सिमाना छ । यो समुन्द्रसंग नजोड़ेकोले समुन्द्रले यसको क्षेत्रफ़ल बिगार्न सक्दैन ।
बंगलादेश,माल्दिभ्सको समुन्द्रमा उसको जमिन डूबेकोले,क्षेत्रफ़ल घटेको छ , तर नेपालको भने कथा अर्कै छ । सुगौली सन्धिको कारण घटेर १४७१८१ बर्ग कि.मिमा सिमित हुँदा नेपालको सिमाना घटेको हो । तर ३१ जुलाई १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिको पछि फेरी टिष्टा कांगडा सिमा पुगेको अबस्थामा नेपालको सिमाना बढेर २०४,९१७ बर्गकिलोमिटर पुगेको कानुनि अबस्थामा छ । यथार्थ भने सुगौली सन्धिले किटेको १४७१८१ बर्ग कि.मि मा पनि १०३३ बर्ग किमि घटेर अहिले १४६१४८ बर्ग कि मिमात्र भुमि हामिसंग वा नेपालीको भोग चलनमा छ । त्यो जमिन कुन ठाउमा गयो ? प्रश्न उठ्छ ,यसको सोझो उत्तर भारतले हडपेको हो , हाम्रो जमिन भारतले मिचेको छ । अब प्रश्न उठ्छ नेपाल सरकार र राजनैतिक पार्टीले किन बोल्दैन । सरकारी निकायले किन देख्दैन ? यहा आफुलाई राष्ट्रवादी भन्ने ठुला पार्टी छन , नेताहरु छन् । फेरी किन १०३३ बर्गकिलोमिटर जमिन खोज्दैनन् , त्यसको बारेमा बोल्दैनन ? उत्तर सिधा छ, हामीले हाम्रो अथवा नेपालीको भनेको सरकार हाम्रो होइन । नेपालमा संचालित राजनैतिक पार्टी जसमा नेपाली सदस्य छन् त्यो पार्टी नेपालको लागि नभई भारतको लागि खुलेका पार्टी हुन् । त्यो सस्था भारतीय दलाल सस्थाहो , त्यसका नेता भारतको एजेन्ट हुन् । त्यसैले ,उक्त पार्टी र सस्थाले नेपालको हितमा बोल्दैन । सके सर्बसम्मत उतै बुझाऊने कोसिस गर्दछ । त्यसैको कारण कोशी नेपालको भएपनि त्यहा नेपालले केहि गर्न पाउदैन । गण्डकी नदि नेपालको हो त्यहाको पानी हामी नेपालीले चलाउन पाउदैनौ । महाकाली सिंगो हाम्रो हो ,त्यो सिमा नदि होइन नेपालको मात्र हो । सुगौली त् खारेज भैसक्यो त्यसपछि हाम्रो सिमाना सतलज सम्म हो । तर हाल त्यहि सुगौली सन्धिले कायम गरेको महाकाली पनि हाम्रा राष्ट्रवादी पार्टीका राष्ट्रवादी नेताहरुले बिक्रि गरे । त्यसैले त बनबासा पुलको बिचमा रहेको नेपाली झण्डा हाल २.५ किमि महाकाली वारी सरेको छ । यस बिषयमा फेसबुकमा उफ्रने राष्ट्रवादीहरु समेत किन उफ्रिदैनन ? कि पार्टीको सदस्य भएको नाताले भारतले दिएको केहि रकम उनीहरुको हातमा पनि आइपुग्यो ?” नत्र कोही के.पी लाई गाली गर्छन ,कोही सेरबहादुरलाई गाली गर्नेहरु , प्रचण्डलाई गाली गनेहरु महाकाली बेचीएकोमा गर्जन कता हराउछन ? कर्णाली बिक्रि हुँदै गर्दा कता हराए ? कि तत, तत सबैको हात्मा भारु आइपुग्यो ? संसारमा शासकले मुलुकको अहित गर्दा जनताले ठुलो आन्दोलन गरि फिर्ता गरेको इतिहास छ | अहिलेको अबस्था हेर्दा सबभन्दा गतिछाडा र हुतुहारा हामी नेपाली नै भएको ठहर्छ । नत्र कोठामा बसेर नक्कली राष्ट्रवाद भट्याउनुको साटो सडकमा निस्कन कसले रोक्यो ? प्रश्न गम्भीर छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु