नोबेल पुरस्कारको लागि गिडगिडाउने कम्युनिष्ट हुँदैन – बलराम तिमल्सिना

२०७५ आश्विन १३ गते, शनिबार

कहाँ जान भनेर हिँडेको बटोही कहाँ पुग्ने रहेछ । नयाँ जनवाद, समाजवाद र साम्यवादको सपना बोकेर हिडेको एउटा विद्रोही कमाण्डर साम्राज्यवादको हातबाट नोवेल शान्ति पुरस्कार ‘गद्दारीको प्रमाण पत्र’ पाउन गिडगिडाएको र पिछलग्गु हनुमानहरूले ‘जयजय’ गरेको देख्नु पर्ला भनेर टाउकोमा कात्रो वाँधेर दुश्मनको किल्लामा लड्न हिडेका कुनै योद्धाले सोचेका थिएनन् । एक थुप्रो हाड छाला बचाउनको लागि जनताका दुश्मनसँग कलात्मक र किस्तावन्दी आत्मसमर्पण गर्दै पहिले जनसत्ताको विघटन, त्यसपछि जनसेनाको विघटन र अन्तमा एक थान थोत्रो पार्टी पनि एमालेको घु¥यानमा मिल्काएर आपूm र आफ्ना जहान परिवारलाई सत्ता–सुखको रसपान गराउन सफल व्यक्तिलाई तमाम सहिद परिवार, जनयुद्धका कार्यकर्ताहरू, श्रमजीवि वर्ग र उत्पीडित जन समुदायले अन्तर मनदेखि नै धिक्कारेका छन् । सिङ्गो वर्ग संघर्षलाई आत्मसमर्पणमा लगेर सिध्याउने पात्रले पश्चातापवोधले आत्मसमर्पण गर्नु पर्ने हो । उल्टै मैले के के गरें भनेर साम्राज्यवादसँग पुरस्कारको भिख मागेको देख्दा एउटा इमान्दार कम्युनिष्टको शिर लाजले झुक्छ, घृणाले आत्मा जल्छ र क्रोधले असैह्य पीडा हुन्छ । जसलाई लाज हुनु पर्ने हो उसलाई लाज नभएपछि वरिपरि हुनेहरूले लाज छोप्न सघाउलान भन्दा उल्टै अरु पनि नाङ्गिने प्रतिस्पर्धामा तँछाडमछाड गरेको देखिएको छ । यो वेला प्रचण्डलाई उनका आसेपासेहरूले सोध्नु प¥यो– संसारका कुन कम्युनिष्ट क्रान्तिकारीले नोवेल पुरस्कार पाएका थिए ? संसारभरिका क्रान्तिकारी कम्युनिष्टहरू त साम्राज्यवादको आक्रमणको निशानामा परे, हत्याको षड्यन्त्रको घेरामा परे र घृणा र भत्र्सनाको केन्द्रविन्दूमा परे । तर प्रचण्डलाई किन मोदी पनि धाप मार्छन् ? ट्रम्पले किन रिस गर्दैनन् र सी जिन पिनले पनि किन दया गर्छन् ? के प्रचण्डको प्रचण्ड प्रतापी ओजले हो ? होइन होइन, त्यो केही होइन । वरु प्रचण्ड त दारा नङ्ग्र्रा फुकालेर सर्कसमा राखिएको बुढो बाघ हो । बुढो बाघले शिकार गर्दैन वरु अरुले गरेको शिकारको आश गर्छ । आधा कार्यकाल प्रधानमन्त्री पाउनु पर्ने, दुईजना हुँदा पनि पार्टी अध्यक्ष हुनै पर्ने र अहिले नोवेल पुरस्कारकै माग गरेर रोएको देख्दा प्रचण्ड एउटा निकृष्ट लोभी बाहुनमा पतन भएको देखिन्छ । मान्छे पतन भैसके पछी के के सोच्दोरहेछ भन्ने एउटा कुरूप उदाहरण बनेका छन् प्रचण्ड । हिजो त्याग तपस्या र समर्पणका पर्याय बनेका प्रचण्ड आज परिवारका हरेक सदस्यलाई जसरी पनि पद दिलाउनै पर्ने र आपूmले पनि खानै पर्ने चुत्थो आत्मकेन्द्रित लघु–मानवमा रुपान्तरण भएका छन् ।
के नेपालमा स्थाई शान्ति आइसक्यो ? के नेपालमा अव कुनै पनि प्रकारको द्वन्द्व छैन ? के यो देशका वर्गीय, जातीय, क्षेत्रीय तथा लैंगिक समस्या समाधान भए ? के प्रचण्डका छोरी–बुहारी मेयर र मन्त्री हुना साथ सवै महिला मुक्त भए ? के प्रचण्डको जीवन पुँजीपति वर्गको बन्दैमा यो देशबाट गरीवी समाप्त भयो ? पुँजीवादीहरूले जति लुटे पनि हुने, जति भ्रष्टाचार गरे पनि हुने, जति कमिशन खाए पनि हुने, जति मनपर्दी गरे पनि हुने तर जनताले फुटेको कौडी नपाउने व्यवस्था ल्याउनु नै प्रचण्डको गन्तव्य थियो ? के अजय सुमार्गीलाई डेढ दशकमा देशका इनेगिनेका अरवपतिमा उचाल्नु नै प्रचण्डको समाजवाद र समृद्धिको नमूना हो ? के जनतालाई धोका दिएर दुश्मनको सेवा गरेको कारणले प्रचण्डलाई पुरस्कृत गर्नु पर्ने ? अहँ प्रचण्ड पुरस्कृत गरिनु पर्ने मानिस होइनन् वरु दण्डित हुनु पर्ने मान्छे हुन । जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद ल्याउने सपना देखाएर त्यसलाई चुत्थो गणतन्त्रमा बिसाउने उनको वेइमानीको उनले भागीदार हुनुपर्छ । कमसेकम उनले – ‘मैले प्रयत्न गरेको हो सकिन, मरिन्छ भन्ने डर लाग्यो भनेर जनतासँग माफी माग्नु पथ्र्यो । उनीमाथि बाबुराम भट्टराईलगायतले अरवौं भ्रष्टाचार गरेको आरोप लागाएका छन्, त्यो आरोपको उनले सफाई दिनु पथ्र्यो । माफी माग्नु र सफाई दिनु त कता हो कता उल्टै मैले नोवेल पुरस्कार पाउने महान् काम गरेकोले मलाई पुरस्कार दिनु प¥यो भनेर माग्नु उनको लाज्जाको विषय हो । माओवादी आन्दोलन विभाजित हुदै आज त्यसको एउटा धारा प्रचण्डकै अगुवाईमा एमालेमा पुगेर जसरी विसर्जित भएको छ, त्यो कुराको मुख्य जिम्मेवारी प्रचण्डको हुन्छ । हिजो जनयुद्ध कालमा सफल नेतृत्व गरेको मुख्य जस जसरी उनलाई जान्छ त्यसै गरे चुनवाङ वैठकबाट लोकतान्त्रिक गणतन्त्रको बाटो हुदै समस्त उपलव्धिहरूलाई पुँजीपतिहरूका नारासँग साटेको र जनायुद्धको धारा आज अपमानित हुनु परेको कुराको जिम्मा उनले नलिए कसले लिन्छ ? आ–आफ्नो जिम्मेवारीअनुसारको जिम्मा त सवैले लेलान्, तर पार्टीमा सर्वेसर्वा प्राधिकार बनेर अरुलाई ताली मात्र पिट्ने बनाएर र कैयन काम पार्टी कमिटिको निर्णय बेगर आपूm खुसी गरेर बिग्रिएको जिम्मा कसले लिन्छ ? जस्तो कि पछिल्लो पटक माओवादीलाई एमालेमा मिसाउने निर्णय उनी एक्लैले गरे । यो एकता पछि आज माओवादीहरू जसरी एमालेभित्र निरीह भएर बस्नु परेको छ, त्यो कुराको जिम्मा किरणले लिने हो र ? पक्कै पनि प्रचण्डले लिनु पर्छ ।
हो हिजो प्रचण्ड पार्टीभित्र सवैका आशा र भरोसाका केन्द्र थिए । पार्टीभित्र मात्र होइन बाहिर पनि सर्वहारा, श्रमजीवि वर्ग तथा उत्पीडित समुदायको लागि उनी मुक्तिदाता नै थिए । त्यो धेरै हदसम्म सही थियो । एउटा कालखण्डमा राम्रो र महान् काम गरेको नेतृत्वले अर्को समय र परिस्थितिमा उसै गरी ठुला ठुला गल्तीहरू पनि गर्ने रहेछ । मूलतः शान्ति प्रक्रियामा आए पछि प्रचण्डबाट दुश्मनका अगाडि घुँडा टेक्ने भयानक गल्तीहरू भए । आफ्नो वर्गको पक्षधरताबाट विमुख वनेर स्वयंलाई पुँजीपति वर्गको प्रतिनिधि बनाउने वेइमानी भए । आपूm मात्र होइन आफ्नो वरिपरी रहेको नेतृत्वको पंक्तिलाई पनि उनले दक्षिणपन्थी बनाउन ठूलो भूमिका खेले र भित्र भित्रै चन्दा घुस र कमिशन बटुलेर रातारात नोकरशाह पुँजीपति वर्गमा एउटा टीमलाई नै बदल्न उनी सफल भए । जनता र कार्यकर्ताका समस्यालाई ‘हुन्छ हुन्छ, मान्छु’ भन्दै लगातार पुँजीवादी बाटोमा उनी हिडे । कसैका कुरा नसुनी कुनै कमिटीलाई थाहा नदिई उनी पुँजीवादी शिविरभित्र छिरे । आपूmलाई सुरक्षित र अमर बनाउन अव उनलाई नोवेल पुरस्कारको भोक तिर्खा लाग्यो । बच्चाले जस्तै त्यो पनि मागिहाले । तलबाट कविरहरूले परर ताली पिट्दै भने– हो हाम्रा गौरवशाली कमरेडलाई नोवेल पुरस्कार दिने पर्छ । तालीको कर्तलध्वनिको बीचमा कुम मच्चाउदै दुवै हातका बुढी औंला वृत्ताकार रेखामा घुमाउदै छविराम बाहुन पुरानै लवजमा खित्खिताए ।
पुष्पकमल दाहाललाई नोवेल पुरस्कार दिएर यो देशका श्रमजीवि जनातालाई केही फाइदा हुने छैन । त्यो पुरस्कारले फाइदा यो देशका दलाल पुँजीपति र साम्राज्यवादलाई नै हुन्छ । पुष्पकमल दाहाल र केपी वलीजस्ता संशोधनवादीहरूलाई देखाएर– लु हेर कम्युनिष्ट भनेका यस्ता निघृणी हुन्छन् भनेर संसार भरका कम्युनिष्टहरूलाई बदनाम गराउन यिनीहरू नमुना हुन सक्छन् । त्यसै भएको हुनाले साम्रज्यवादकै रणनीतिअनुसार यो नोवेल पुरस्कारको हल्ला चलाइएको हुन सक्छ । अर्को कुरा सग्लै जनयुद्धलाई बिसाएर पुँजीवादको इमान्दार नोकरको रुपमा सेवा गरे वापत मैले केही पाउनु पर्ने हो भन्ने बिचार प्रचण्डको दिमागमा आएको हुन सक्छ । यो गुणको वदला उनलाई साम्राज्यवादले गुलियो बचन दिएको पनि हुन सक्छ । प्रचण्डले नोवेल पुरस्कार पाए पनि त्यो जनताको लागि काम नलाग्ने र केही गरेर अन्त्यमा वहाना बनाएर दिएन भने पनि त्यो प्रचण्डलाई थप गलाएर पानी पार्ने चाल हुन सक्छ । एक पटक लत्रिएको मान्छे पुरस्कार नपाए पनि उठेर फेरि जनताको हुने कुनै सम्भावना छैन वरू अझ दत्तचित्तले वाँचुन्जेलमा जसरी पनि नोवेल पुरस्कार थापेर मर्ने भनेर साम्राज्यवादको चाकडी गर्ने नै सम्भावना छ । त्यसैले नेपालका क्रान्तिकारीहरू प्रचण्डको नोवेल पुरस्कार माग र सिफारिसको प्रकरणमा उत्साहित हुने होइन वरु लज्जित हुनु पर्ने अवस्था छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु