धर्म, चार्डपर्व र रूपान्तरणबारे – खेम थपलिया

२०७१ आश्विन ५ गते, आईतवार


क्रान्तिमा धर्म, भगवान् र अलौकिक शक्तिको अस्तित्वलाई ठाडै अस्वीकार गर्ने नेपालका कम्युनिस्टहरू सत्तामा पुगेपछि जनताभन्दा अरू नै शक्तिमा भरोसा गर्ने गरेका छन् । सत्तामा गएपछि उनीहरूका प्रगतिशील एजेन्डा धेरै कमजोर भएको छ । बुर्जुवाहरूले लागि पद, शक्ति र प्रभावमा रहिरहन अलौकिक शक्तिलाई मुख्य ठाने पनि नेपालका मार्क्सवादीहरूले सरकार प्राप्त गरेपछि जनतालाई चटक्कै भुलेर कथित भगवान्को शरणमा जानु र राज्यकोषबाट धार्मिक अनुष्ठान गर्नु सैद्धान्तिक विचलन मात्र होइन, अख्तियार दुरुपयोग पनि हो, जसको प्रत्यक्ष दृष्टान्त हुन् एमालेका वरिष्ठ नेता एवम् पूव प्रधानमन्त्री झलनाथ खनाल जहाँ उनले बालुवाटार प्रवेश गर्दा धार्मिक अनुष्ठान गरेका थिए । साम्राज्यवादी मुलुक अमेरिकाको परम्परावादी राज्य जर्जियाका विद्यालयमा समेत बाइबलको उक्ति टाँस्न पाइँदैन । धर्मनिरपेक्ष मुलुकमा एउटा अमूक धर्म प्रवर्द्धन गर्ने अधिकार कसैलाई पनि हुँदैन । बुर्जुवाहरूले समेतले नगर्ने काम यहाँका प्रगतिशीलहरूले गरिरहेका छन्, जुन रूपान्तरणबारे गम्भीर प्रश्न हो ।
धर्मभीरुहरूकै कारण हाम्रो समाज निकै पछाडि परेको हो । दलाई लामाको दिसा-पिसाबलाई प्रसाद मानेर खानेसम्मको हर्कतले यो विषय कति गम्भीर रूपमा रहेको छ भन्ने कुरा प्रमाणित हुन्छ । तीज लगायतका चार्डपर्वमा नेपाली महिलाहरूले पहिरिने गरगहना कपडाले त के लाग्छ भने तिनीहरूले वैध-अवैध, नैतिक-अनैतिक, जुनसुकै उपायहरूबाट आफू-आफ्ना श्रीमानले आर्जन गरेको सम्पत्तिको रक्षा गर्ने नाममा त्यसो गरिरहेका छन् । दुःखको बेलामा नेपालका कम्युनिस्टहरू खाँटी सिद्धान्तवादी देखिन्छन् तर एक चरणको सफलता पश्चात उनीहरूको आदर्श खिइने गरेको छ । उनीहरू एकपल्ट सत्ताको शिखरमा पुगेपछि ओर्लन चाहँदैनन् । त्यहीँ टिकिरहन उनीहरू विभिन्न उपायहरूको खोजी गर्छन् । एउटाले पूजा गर्दा बलियो भइन्छ भनिदिन्छ । अर्कोले औँठी लगाउँदा भाग्य ठूलो हुन्छ भनिदिन्छ । अन्ततः उनीहरू यस्तै यस्तैको पछि लाग्नाले गम्भीर विचलनको सिकार हुन पुग्छन् । सदैव भयभीत, त्रासपूण मानसिकतामा रहेकाहरूले धर्मको सहारा लिने गरेका छन् तर मानिस नै समाजको निर्माता हो । यसको विकास तथा विनास मानिसद्वारा नै हुन्छ । अझ पुजा पाठमा सरिक हुनु भूमिगत कालमा कम्युनिस्टका लागि लज्जाको विषय हुन्थ्यो । पार्टीीूल्याङ्कनमा उसको अङ्क काटिन्थ्यो । यस्ता विरासत बोकेका पार्टी तिनका नेताहरूले यस विषयमा भृकुटी खुम्च्याउन जरुरी ठानिरहेका छैनन् । उनीहरू ज्योतिषी, गुभाजु, झाँक्री धाएर साइत र जोखना हेराउँछन् । भाकल पूरा गराउन तीथस्थल पनि धाइरहेकै छन् ! हातका आँैलाभरि सजिएका विभिन्न धातु, पत्थर, मुगा, रत्न र मोती जडित औँठीहरू कम्युनिस्ट नेताहरूको रुढीग्रस्त मानसिकताको पोल खोलिरहेका छन् । जनतामा विश्वास नगरेर सरकारको म्याद बढाउन कम्युनिस्ट पूव प्रधानमन्त्री माधवकुमार नेपालले सपरिवार हनुमानढोका पुगेर तलेजु भवानीको आराधना गरेका थिए । उनले फेरि प्रधानमन्त्री बन्न देशभरका धार्मिक मठ मन्दिरहरू पनि धाए । कठै तिनको हविगत ! डर लाग्छ, यो महारोग क्रान्तिकारीहरूमा पनि भुसको आगो झैँ सल्किँदै पो छ कि !
मार्क्सवादीहरू कुनै दैवी शक्तिमा सैद्धान्तिक रूपमा विश्वास नगर्दा नगर्दै पनि संसदीय प्रणालीलाई आत्मसात् गर्न पुग्दा उनीहरूमा यस किसिमको विचलन आएको हो । भोटको राजनीतिले उनीहरूलाई धर्मप्रति उदार मात्र बनाएन, स्खलनको डरलाग्दो गर्तमा समेत हालिदियो । पूजा पाठले सत्ता, शक्ति र सफलता प्राप्त हुने भएको भए नेपालमा यही लोकतान्त्रिक गणतन्त्र पनि प्राप्त हुँदैनथ्यो । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता टिकाउन के मात्र गरेनन् । उनले नेपाल र भारतका प्रायः सबैजसो प्रख्यात मन्दिरहरूमा पूजा पाठ गरे । उनले त्यसबखत चरु मात्र होइन, खर्ुसानीको होम समेत गरे तर जनता उर्लेपछि उनको केही लागेन । बालुवाटारमा कम्युनिस्ट पर्ूव प्रधानमन्त्री झलनाथ खनाल दियो कलसका साथ कुसनमा पलेंटी कसेर सपरिवार बस्नुलाई मार्क्सवादले स्वीकार्दैन । मनमोहनले कालो बोको नै काटे । भैँसी पूजा पनि चर्को चर्चामै छ । वाइसियल नेता सागरले नायिका रेखा थापाको हातबाट तिहारमा परम्परावादी टीका लगाए । द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने ती क्रान्तिकारी कम्युनिस्टको दीघायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै रेखाले तेल, मखमली, सप्तरङ्गी टीका मात्र लगाइनन्, कानमा ओखर समेत बजाइदिइन् ।
महान् जनयुद्धले परम्परागत नेपाली समाजको जगलाई नराम्ररी हल्लाइदिएकै हो । यो सच्चाइलाई कतिपय स्वार्थी मानिसहरूले भित्रैदेखि आत्मसातीकरण नसक्नु इतिहासप्रतिको ठूलो गद्दारी पनि हो । हिजो क्रान्तिकारीहरूको आफ्नै जनसत्ता थियो । फेरि सत्ता भनेको यस्तो चीज हो जसले सुकर्म र कुकर्म दुवैको अवसर दिन्छ । कतिपय सत्तामा पुगेपछि हौसिएर विचलित पनि भएका छन् । यसमा सत्ता उन्मादको पनि महत्वपूण स्थान छ । पूव कम्युनिस्ट प्रधानमन्त्री माधव नेपालले आफ्नी पत्नी गायत्रीलाई लम्पसार परेर खुट्टा ढोगाएकै हुन् । यसले नारी मुक्तिको भाषण गर्ने कम्युनिस्ट नेताको ढांेगी र ठालुपनको चरित्रलाई राम्रैसित प्रस्ट्याइदिएको छ । दार्शनिक आधार नै नबनाइकन कम्युनिस्ट आन्दोलनमा लागेकाहरू अन्ततः परिपक्व कम्युनिस्ट नबन्दा रहेछन् । १७ वर्षजेलमा बसेका नेपालका नेल्सन मन्डेला भनेर चिनिएका मोहनचन्द्र अधिकारीले अन्तिममा गेरुवस्त्र धारण गरे र टुँडीखेलमा कोटीहोम लगाए । र्
धर्मलाई कतिले वस्तुको भाव र लोकमान्यताका आधारमा ग्रहण गर्ने कुरा बताएका छन् भने कतिले यसलाई कर्मको उत्प्रेरणा वा विधि विधानका रूपमा लिने बताएका छन् भने कतिले चाहिँ लोकको उत्पत्ति र कल्याणको रूपमा यसको व्याख्या गरेका छन् । महाभारतले धर्मलाई धारणा भनेको छ भने लोकले जे धारण गर्छ, त्यो धर्म हो भन्ने कुरा चाणक्य नीति बताउँछ । राहुल साङ्कृत्यायनले कुनै अलौकिक शक्तिमा विश्वास गर्नु नै धर्मको सार हो भनेका छन् । धार्मिक रूपमा नेपाललाई तेत्तिस कोटि देवताको थलोको रूपमा चर्चा गरिँदै आएको छ । त्यसैले पनि यो भूखण्डमा धर्मभीरुहरूको जडता एकदमै डरलाग्दो अवस्था छ । यो उपमहाद्वीपले यसको ठूलो बुहार्तन सहनुपरिहेको छ । मार्क्सले धर्मलाई अफिम मात्र भनेन्, उत्पीडित प्राणीको सुस्केराको रूपमा पनि व्याख्या गरे । इतिहासका कैयौँ बेलामा धार्मिक आन्दोलनले प्रगतिशील भूमिका नखेको पनि होइन । इसा मसिहलाई दिइएको फासीको प्रकरण सामाजिक रूपान्तरणमा ठूलो स्थान रहेको मानिन्छ । राज्यले धर्मलाई व्यक्तिगत मामिलाको रूपमा व्याख्या गरे पनि वास्तवमा यो कुनै पनि राज्य तथा पार्टीीापेक्ष हुनै सक्तैन । लेनिनले धर्मको विरोध गर्नुपर्छ भनेका छन् । यो मार्क्सवादीहरूका कखरा हो । प्रशासनिक आदेशद्वारा धर्मलाई उन्मूलन गर्न नसकिने कमरेड माओको भनाइ निकै मननीय छ । धर्मको विरोध गर्ने प्रक्रियामा सबैखाले अवसरवादका विरुद्ध वैचारिक सङ्र्घष चलाउँदै त्यसलाई वर्ग सङ्र्घष्ासित जोड्न आवश्यक हुन्छ । धर्मको जन्म विशेष सामाजिक, ऐतिहासिक सर्न्दर्भमा भएको हो र यसको अन्त्य पनि सोही अनुसार हुने गर्छ । आफ्नो टाउकोमा आफैँले आगो लगाउने संस्कृतिको निर्माण नगरीकन हामीले सोचे जस्तो सैद्धान्तिक, राजनीति, दार्शनिक, सांस्कृतिक मूल्य स्थापित गर्न सक्तैनौँ । यो कुरा दसैँ लगायतका चार्डपर्वसित अभिन्न रूपले जोडिएको छ ।
दसैँ असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा नेपाली समाजमा इतिहासको निकै लामो कालखण्डदेखि प्रचलनमा रहिआएको छ । दुनियाँमा ठुल ठुला परिवर्तनहरू भए । ठुल ठुला राजनीतिक क्रान्तिहरू भए तर सांस्कृतिक रूपान्तरण मन्द भयो । रूपान्तरणको तुरुन्तका तुरुन्त हुने कुरा पनि होइन । जनयुद्धले निर्माण गरेको नयाँ संस्कृति आजसम्म आउँदा स्थापितभन्दा पनि विस्थापनको दिशातिर तीब्र रूपमा उन्मुख छ । जनसंस्कृति केवल शब्दमा मात्र सीमित नभएर जनताको जीवन पद्धतिमा लागू गर्ने र हुने रूपान्तरणको निर्माणमा हामी सबैको ध्यान जानुपर्नेमा त्यसो भइरहेको छैन । क्रान्ति र प्रतिक्रान्तिको पेचिलो भूमिको रूपमा रहेको नेपालमा रूपान्तरणकारी भूमिकालाई सशक्त बनाउन सकियो भने नेपाल विश्व क्रान्तिको आधार क्षेत्रका जनताका रूपमा संसारभर सम्मानित हुनेछौँ, नत्र भने पराजय र पीडाको गर्तमा जाकिनेछौँ । यर्सथ, क्रान्तिकारी विचारको रक्षा गर्दै नेपाली क्रान्तिलाई सम्पन्न गर्दै विश्वलाई नयाँ सन्देश दिन अन्य क्षेत्रको तुलनामा सांस्कृतिक क्षेत्रको अहम् भूमिका रहने कुरालाई हृदयङ्गम गर्दा नेपाली जनताका अघि उभिएका परम्परागत दसैँ लगायतका चार्डपर्वका सर्न्दर्भमा रूपान्तरणका कुरा निकै गम्भीर प्रतीत हुन्छ ।
पर्ूव जनमुक्ति सेना, नेपालको तेस्रो डिभिजनका सहदेव खाती ‘राजु खाती’ को घर सिन्धुपाल्चोक हो । उनलाई व्यक्तिगत रूपमा दसैँले पटक्कै छोएन तर अन्य मान्छेहरूलाई दसैँले नराम्ररी प्रभावित पारेकोमा चाहिँ चिन्तित छन् । जनयुद्धको भीषण कालखण्डलाई सम्झँदै उनी भन्छन्- त्यतिखेर दसैँको बेला पार्टी एकतर्फी रूपमा युद्धविरामको घोषणा गर्दथ्यो । त्यतिखेर हामी जनताका घरदैलोमा गएर आफ्ना योजनाहरू राख्थ्यौँ । उनी थप्छन्- हाम्रो दसैँ त राम रावण युद्धको विजयको रूपमा मनाउँदै आएको रूपमा होइन, जनताले प्राप्त गरेको विजयको रूपमा पो मनाउने हो । त्यो विजय अहिले प्राप्त भइसकेको छैन । सहदेवलाई पहिलेको अवस्थामा र अहिलेको अवस्थामा निकै भिन्न अनुभूति भइरहेको छ । अहिले धेरैलाई दसैँले गाँजेको देख्दा उनी अचम्मित छन् । यो बेला भेटघाटको एउटा अवसर हुने बताउँदै सहदेवले मान्छेहरू एक्लाएक्लै पुराना संस्कृतिको पछि दौडिने गरेको कुरा निर्धक्कसित राख्छन् । पर्ूव जनमुक्ति सेनाका योद्धा सहदेव खातीले टिका नलगाएको वषौँ भयो । अब उनलाई नेपाली जनताले विजय प्राप्त गरेको दिन टीका लगाउने लहर मात्र बाँकी छ । साम्यवादी सिद्धान्तद्वारा ओतप्रोत माओवादी अहिले पनि क्रान्तिकारी अभियानमा सक्रिय छ । जनताका सपना पुरा भएको छैन भन्दै उनी भन्छन्- हाम्रो खास दसैँ त फागुन १ गते हो । हामी यसैलाई दसैँको रूपमा सैन्य अभ्यास, खेलकुद आदिका माध्यमबाट मनाउँदै आएका छौँ । त्यसमाथि पनि शाही नेपाली सेनालाई कसैले छुन सक्दैन भन्ने प्रतिक्रियावादीहरूको भ्रमलाई धुलिसात् पार्दै २०५८ मङ्सिर ८ गते जनमुक्ति सेनाले पहिलो पटक शाही नेपाली सेनाको ब्यारेकमाथि बोलेको धावा र प्राप्त गरेको ऐतिहासिक विजयको दिनलाई अर्थात् मङ्सिर ८ लाई हामी कहिल्यै बिर्सन सक्दैनौँ । यो हाम्रो सङ्गठनको जन्म दिन हो र महान्् इतिहास पनि हो । सहदेवलाई सांस्कृतिक रूपान्तरणको विषय निकै गहन र महत्वपर्ूण्ा लागेको छ । उनी चीनमा कमरेड माओको नेतृत्वमा भएको महान् सांस्कृतिक क्रान्तिबाट निकै प्रभावित छन् र भन्छन्- १० वर्षो युद्धको समयमा राजनीतिक, समाजिक, सांस्कृतिक, आर्थिक रूपमा हामी एकीकृत र केन्द्रित रूपमा रहेका थियौँ । त्यतिखेर हामीलाई पुराना चार्डपर्वहरू खासै छुदैनथ्यो । बरु त्यो समयमा हामी महत्वपूण कामहरू गर्दथ्यौँ तर अहिले पछिल्लो चरणमा आउँदा पार्टी अन्य थुप्रै पार्टीबाट मान्छेेहरू थपिएका छन् । ती मान्छेहरूमा रूपान्तरणको समस्या अलि ज्यादा देखिएको छ । उनी थप भन्छन्- दार्शनिक कोणबाट हेदा आज सांस्कृतिक रूपमा उल्टो रूपान्तरण भएको छ ।
झापाका जयनारायण दाहाल पेसाले मजदुर श्रमिक हुन् । उमेरले ५८ वसन्त पार गरिसकेका दाहाललाई यसपटकको दसैँले अलिकति पनि छोएको छैन । आर्थिक कठिनाई र माओवादी युद्धले पारेको प्रभावका कारण नेपाली समाज पहिलेको अवस्थामा नरहेको बताउँदै दाहाल दसैँ सामन्तवादको जड भएकोले यसलाई मान्न हँुदैन भन्छन् । परम्परागत चार्डपर्वमा भुलिरहने नेपालमा कम्युनिस्टहरूको चिन्तनदेखि दिक्क भएका दाहाल भन्छन्- नेपालका कम्युनिस्टहरूमा सिद्धान्त र व्यवहारको बिचमा ठूलो अन्तर रहेको छ । अब्बल दर्जाका कम्युनिस्टहरूमा पनि सामन्तवादी चिन्तन र व्यवहार छ । यसले एमालेकरणलाई बल पुर्‍याएको छ । यो र्सवथा दुःखदायी कुरो हो । नेपाली श्रमजिवी मजदुरहरू सदैव गरिबीको मारमा परिरहेको बताउने दाहालले नेपाली श्रमजिवी जनताको मुक्तिविनाका चार्डपर्वहरूको कुनै अर्थ छैन भन्दै उनी थप्छन्- आम मजदुरहरू पारिवारिक दायित्वबाट माथि उठेर समग्र मुलुकको दायित्व निर्वाह गर्न चाहन्छन् । दाहाल दसैँ जस्ता चार्डपर्वहरू केही होइन भन्ने कुराको शिक्षालाई घर परिवारबाटै दिइनुपर्ने धारणा राख्छन् । अहिले नेपाली समाज देखासिकीमा दौडिरहेको छ । १० वर्षो जनयुद्धमा खारिएर आएका मानिएका केही मान्छेहरू पनि परम्परागत देखासिकीमा दौडिरहेको देखेर वाक्कदिक्क भएको बताउने दाहाल माओवादीमा आएको नकारात्मक परिवर्तनले निकै चिन्तित छन् । यसले क्रान्तिकारी वैचारिक छबिलाई कमजोर बनाएको छ । यसले जनतालाई चिन्तित पनि तुल्याएको छ । नेपालभित्र मात्रै नभएर नेपाल बाहिरका नेपालीहरूले दसैँलाई मनाउने गरेको भए पनि यसको अतिशयोक्ति वर्ण्राे नेपाली समाजलाई डरलाग्दो भ्रमको खाडलमा हालेको उनको ठहर छ । गरिबहरूको खलो रित्तिएको बेला, सामन्तहरूको गुणगान गाउने कथित दसैँलाई रूपान्तरणको दिशामा अघि बढेको नेपाली समाजले न्युनीकरण गर्दै लैजानुपर्छ । दसैँ तिहार जस्ता चार्डपर्वको नाममा धर्मको नाममा कम्युनिस्टहरूले समेत खसी काट्ने, हृवीस्की र चुस्कीमा रम्ने, निधारभरि अक्षता र कानभरि जमराको मुठो लगाउँदै हिँड्ने परिपाटीले कदापि राम्रो सन्देश दिन सक्दैन । भेटघाट छलफल सिर्जनशील कार्य बाहेक दसैँको कुनै आवश्यकता नै छैन । यो बेकारको कुरा हो ।
सामना सांस्कृतिक परिवारका पूव संयोजक तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय कोषाध्यक्ष विजय साङपाङ र्राई भन्छन्- दसैँमा अनावश्यक खर्च गर्नुहँुदैन । यो आवश्यक नै छैन । यसले जनतालाई राम्रो सन्देश दिँदैन । यो पर्व खर्चिलो पनि भएकोले यो हुनेखानेहरूको चाडको रूपमा परिचित छ । यसले नहुनेहरूलाई कङ्गाल बनाएको कैयौँ उदाहरणहरू छन् । युद्धकालको दसैँमा सामूहिक रूपमा बस्ने, मिठो मसिनो खाने, छलफल गर्ने, मोर्चाको तयारी गर्ने र कतिपय बेला खेलकुदको आयोजना गर्ने गरेको स्मरण गर्दै विजय सामना परिवारलेे योजनाबद्ध रूपमा कहिल्यै दसैँ नमनाएको दावी गर्छन् । महान्् जनयुद्धले सामूहिक संस्कृतिको जुन विकास गरेको थियो, त्यो आज स्खलित भएकोमा उनी असाध्यै दुःखी छन् । अहिले हरेक कुराहरू खर्चिलो हुँदै गएको हाम्रा मानसिकता, व्यवहार पनि विकेन्द्रित हुँदै गएकोले यसले राम्रो सन्देश नदिने उनको ठहर छ । महान् जनयुद्धले विकास गरेको नयाँ संस्कृतिमा स्खलन आएको बताउँदै विजयले यसले आफूलाई गम्भीर रूपमा घचघचाएको बताउँछन् । युद्धकालीन फौजी फर्मेसनका जीवन, त्यसबेलाको चार्डपर्वको कुरै बेग्लै हुन्थ्यो । त्यस बेला धेरै कुरा केन्द्रीकरण थिए, सामूहिकीकरण थियो । सोलु आक्रमणमा प्लाटुन भिसी रहेका विजयले मालीमा खेलकुदको आयोजना गरेर त्यो दसैँ मनाएका थिए । त्यो खेलकुद प्रतियोगितामा भलिबलतर्फविजेता बनेका विजय त्यो समयलाई विशेष रूपले सम्झन पुग्छन् । पार्टीान्तिको शान्तिपूण चरणमा आएपछिको अहिलेको स्थितिमा आफ्नै पार्टर्ीी केन्द्रीय नेता तथा कार्यकर्ताहरू दसैँको तामझामपूण तयारीमा लागेको देखेर छक्क पर्दै उनी भन्छन्- अहिले हाम्रो पार्टर्ीी विकृति र विसङ्गति मौलाउने मौका पाएको छ । यसलाई सङ्र्घष्को माध्यमबाट, सचेतना अभियानको माध्यमबाट न्युनीकरण गर्नर्ुपर्छ । पुराना संस्कारलाई प्रगतिशील संस्कार र संस्कृतिमा बदलेर यो पर्वलाई नयाँ ढङ्गबाट मनाउने गरी उठाउन आवश्यक छ । संस्कृतिलाई चेतनागत पक्षसित जोडेर हेने गरेका विजयले चार्डपर्वबारे पार्टीीीति बन्नुपर्ने आवश्यकता औँल्याउँछन । यस्ता गम्भीर र दीघकालीन महत्वका विषयमा पार्टीकर्मण्यतामा रुमलिनुहुदैन । यी र यस्ता दर्ीघकालीन महत्वका विषयहरूबारे ठोस परिभाषा गरेर जानुपर्छ । यसमा सांस्कृतिक मोर्चाको अग्रणी भूमिका हुने निष्कर्षपनि विजयको छ ।
जनयुद्वले गतिशील यथार्थको रूप नयाँ यथार्थलाई विकास गरायो । नयाँ यथार्थको प्रतिबिम्बन गर्न अग्रगामी एवम् विशिष्ट युगचेतनाको जरुरत पर्दछ । यो युगचेतना भनेको मालेमावादी सौर्न्दर्यचेतना हो । हामी कम्युनिस्ट हौँ र त्यसैले हामीले ‘मानिसको अन्तर्रााट्रय जाति हुनेछ’ भनेर गीत गाउँछौँ । एकाधिकार पुँजीवादका रूपमा जन्मिएको साम्राज्यवाद अहिले सांस्कृतिक मात्र होइन आर्थिक, राजनीतिक तथा सामरिक क्षेत्रमा विश्वव्यापी रूपमा भूमण्डलीकृत बन्दै गैरहेको छ । विद्युतीय प्रविधि र सञ्चार माध्यमहरूमाथि एकछत्र हैकम जमाउँदै साम्राज्यवादले यो बेला विश्वका कुनाकुनामा आफ्नो वैचारिक तथा सांस्कृतिक प्रभुत्व थोपर्ने धृष्टता गरिरहेको छ । साम्राज्यवादले सांस्कृतिक क्षेत्रमा हीनताबोध, शून्यवाद, पलायनवाद, छाडावाद लगायत अनेकौँ विकृति तथा विसङ्गति र व्यक्तिवादी तथा उपभोक्तावादी प्रदूषण फैलाउँदै आएको छ । साम्राज्यवादलाई विस्थापित गर्ने काम राष्ट्रिय मुक्तिको आन्दोलनलाई वैचारिक, राजनीतिक तथा व्यावहारिक क्षेत्रमा सशक्त रूपमा अगाडि बढाएर मात्र हुन सक्छ । सामन्त, दलाल तथा नोकरशाह पुँजीपति वर्गको विरोध र जनतन्त्र, राष्ट्रिय स्वाधीनता तथा जनजीविकाको पक्षमा नेपालमा माओवादीद्वारा जुन महान् जनयुद्धको सञ्चालन गरियो त्यो नयाँ जनवाद, समाजवाद र साम्यवादको महान् उद्देश्यमा आधारित एक विशिष्ट सांस्कृतिक आन्दोलन पनि थियो । यस प्रकारको सांस्कृतिक आन्दोलन समाजवादी क्रान्तिको अभिन्न अङ्ग हो । यसैलाई नेपाली सांस्कृतिक आन्दोलनको गन्तव्य पनि भन्न सकिन्छ । वर्ग सङ्र्घष्ाको त्यो रापिलो र चापिलो बेलामा युद्धमोर्चाको तयारीको काम हुन्थ्यो । माओवादीले त्यतिखेर युद्धविरामको घोषणा गर्दथ्यो । त्यसैले दुश्मनमाथि अनाक्रमणको नीति अनुसार दसैँलाई फौजी प्रशिक्षणको रूपमा मनाइन्थ्यो । उनीहरू सामूहिक रूपमा बस्थे, खान्थे र भीषण वर्गसङ्र्घष्ाले विकास गरेको नयाँ संस्कृतिलाई समृद्ध बनाउन लागिपर्थे । ग्रामीण क्षेत्रमा जनताको दसैँ मनाउने पहुँच नै हुन्थेन र आम जनता माओवादीसितै हुन्थे । पुरानो सत्ताले निरन्तर दमन गरिरहन्थ्यो । त्यसैले पनि परम्परागत दसैँ तिहार जस्ता पर्दाहरू विस्मृत हँुदै गएका थिए । वास्तवमा पुराना चार्डपर्वहरू अधिकांश विभेदकारी रहेका छन् । ती चार्डपर्वहरूले जनतालाई उत्साहित गर्ने सक्तैन । माओवादी नेता र यसका आंशिक रूपका कार्यकर्तामा पनि वैचारिक स्खलन हुँदै गएका छन् । त्यत्रो त्याग, तपस्या, शौर्य र बलिदानबाट आएको क्रान्तिकारीले जनतालाई निराश तुल्याउने कुनै पनि काम गर्न हुँदैन । पार्टी उच्च स्तरका केही नेताहरूले पुराना संस्कार र संस्कृति छोड्न सकेका छैनन् । दसैँमा मासु खानैपर्ने, नयाँ लुगा किन्नैपर्ने, ऋण काढेर भए पनि तामझाम गर्नैपर्ने संस्कृतिले नेपाली समाजलाई अत्यन्त विकृत तुल्याउँदै गइरहेको छ । अहिले जनवादी सांस्कृतिक विरासत कमजोर भएकोले त्यसको रक्षार्थ सिङ्गो पार्टीम्भीर बन्न आवश्यक छ । जनवादी संस्कृतिमा अभ्यस्त हुँदै गएको पार्टीजनताको ती गौरवमयी क्षणहरू आज खोई कता गए – अवैज्ञानिक, असान्दर्भिक र विभेदकारी पुराना चाल चलनहरूको न्युनीकरण गर्दै नयाँ संस्कृतिलाई आत्मसातीकरण गर्न आवश्यक छ । जनसंस्कृतिलाई संरक्षण गर्दै र त्यसलाई जीवन व्यवहारमा लागु गर्दै अघि बढेमा मात्र नयाँ संस्कृतिको कुरा गर्न सुहाउँछ, नत्र ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ उखान झैँ भइराख्ने हो भने यो जनसंस्कृति पुराण बाहेक अरू केही हुनेछैन । अहिले दसैँ लगायतका चार्डपर्वहरूलाई बहुराष्ट्रिय कम्पनीले आफ्नो व्यापारको साधन बनाइरहेका छन् । उपभोक्तावादी संस्कृतिले हाम्रा चार्डपर्वलाई खर्लप्पै निलेको छ । यसैले पनि रूपान्तरणकारी सङ्र्घष आयाम निकै फराकिलो रहेको छ । धर्म-संस्कृति मनोविज्ञान, जीवन व्यवहार, अर्थतन्त्र र राज्यसत्तासित अभिन्न रूपले जोडिएको विषय हो । यर्सथ पनि रूपान्तरणको सङ्र्घष्ा जटिल छ तर सम्भव छ । त्यसैले, क्रान्तिकारी पार्टी वैचारिक बहस चुलिएको, देशले मुक्ति खोजिरहेको, जनताले क्रान्ति मागिरहेको, साम्राज्यवादी-विस्तारवादीहरू-प्रतिक्रियावादीहरू आ-आफ्ना रक्तपिपासु ग्रन्थीहरू रसाउँदै क्रूर हतियारहरू उँध्याइरहेको यो बेला क्रान्तिको साइरनको मात्र आवश्यकता छ । जनताले जित्नुको कुनै विकल्प नै छैन । अन्त्यमा, चिलीका महान् कवि पाब्लो नेरुदाको एउटा कवितांश प्रस्तुत गर्दछुः
हामी छौँ पृथ्वीको शुद्ध चाँदी
मनुष्यको सच्चा धातु
हामीभित्र समुद्रको अविरल गति छ
हामीमा हुन्छ सम्पूण् आशाको शक्ति मूर्तीमान
अन्धकारको एक पलले हामीलाई अन्धो बनाउन सक्दैन
हामी मृत्युवरण गर्नेछौँ कुनै पीडाको अनुभूतिबिनै ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु