दैवी प्रकोप पीडित र रमिते सरकार – युवराज सफल

२०७१ भाद्र १४ गते, शनिबार

हरेक समय नेपालले ठूल ठूला प्राकृतिक प्रकोप एवम् विपत्तिको सामना गर्न परेको छ । यस्ता प्राकृतिक प्रकोपले हज्जारौँ नेपालीलाई विस्थापित गर्ने ,सयौँको ज्यान लिने ,सयौँलाई बेपत्ता पार्ने र सयौँलाई घाइते पार्ने गरेको छ । एकपटक मात्र हैन हामीले कैयँन पटक यस्ता महाविपत्तिहरुको सामना गरेका छौँ । खास गरी नेपालमा बाढी र पहिरोको कारण जनधनको ठूलो क्षति हुने गरेको छ । तर पनि बाढी तथा पहिरो पीडितहरुले सधैँ विजोगको अबस्था सामना गर्न परेको छ । हरेक दश वर्षा भयंकर बाढी पहिरो जाने गरेका छन् । त्यस्तै कोशी पीडितहरु पनि छन् । तर पनि कसैले उचित राहात र पर्ूनवास पाएका छैनन् । अत तमाम बाढी पीडितहरुको दर्दनाक अबस्था ,राहात कार्यक्रम र बाढी पीडितको लागि सरकार र राजनीतिक पार्टीीले खेलेको भूमिकाको बारेमा संक्षेपमा चर्चा गर्दा उपर्यूक्त होला । दैवी प्रकोपको एक झलक साउनको दोस्रो साता मात्र सिन्धुपाल्चोकको जुरेमा भिषण पहिरो गयो , सो पहिरोका कारण सयौँ नागरिकले ज्यान गुमाउन पर्यो । सयौँ बेपत्ता भएको अनुमान गरिदैँ छ । जुरे क्षेत्र खण्डहर भएको छ ,उराठ मरुभूमि जस्तो भएको छ । सुन्दर र हराभरा गाउँ उदाश र उराठ बनेका छ । कैयँन घरहरु पहिरोले बगाएको छ । कैयनलाई घरवारविहीन बनाएको छ । जुरे पहिरोले एउटा नमिठो याद दिएको छ ,तीतो सम्झना दिलाएको छ । कहिले निको नहुने घाउ दिएको छ । जिन्दगीभर नविर्सने चोट र व्यथा दिएको छ । यस्तै अविरल बषर्ा पछि आएका बाढी पहिरोले पूर्वी तर्राई पश्चिम ,सुदुरपश्चिम र मध्य पश्चिम लगायतका जिल्लाहरुमा ठूलो विपत्ति ल्याएको छ । सो बषाले हज्जारौँ रोपनी जग्गा कटान गरिदिएको छ । सयौँ घरहरु बगाएको तथा भत्काएको छ । कतिका बस्ने घर र गरी खाने खेत जग्गा बगाएर छिन भरमै सुकुम्वासी बनाएको छ । आज उनीहरु के खाने र कहाँ बस्ने अबस्थामा छन् । बस्ने ठाउँ छैन ,खाने अन्न छैन । यति ठूलो कष्टसँग बाँची रहेका छन् , बाढी तथा बहिरो पीडितहरु । एकातिर आफ्ना परिवारका सदस्यहरु गुमाउन परेको छ भने अर्को तिर भए भरका जग्गा जमिन र घर गुमाउन परको छ , त्यो भन्दा चर्को पीडा भरे के खाँउ र भोलि के खाउँको चिन्ताले छोएको छ । साथमा अन्नको गेडो छैन ,आङ ढाक्ने उपर्युक्त कपडा छैन । बृद्व बृद्वाहरु र केटाकेटी अनि सुत्केरीहरुको विजोग भएको छ । न उनीहरुले भोक लागेको बेला एक गाँस खान पाएका छन् न त प्यास लागेको बेला शुद्व पानी खान पाएका छन् । दैनिक जीवन ठप्प भएको छ ,जिन्दगीका सुन्दर सपनाहरु भत्किएका छन् । सारा चाहना र इच्छाहरु त्यो बाढी पहिरोले नै तहश नहश पारिदिएको छ । एक हिसावले भविष्यलाई अन्यौलतामा धकेलिदिएको छ । आसाहरु मरे तुल्य भएका छन् । नसोचिएका घटनाहरु घट्न थालको देख्दा आम र्सवसाधरणहरु त्रासमय जिन्दगी जिउन बाध्य छन् । आज उनीहरु आफूले भोगेका विपत्तिहरु सम्झेर कामना गरिरहेका छन् कि यस्तो विपत्ति कसैले पनि भोग्न नपरोस् र अकालमा ज्यान गुमाउन नपरोस् ,बेपत्ता हुन नपरोस् एवम् घरवार विहिन हुन नपरोस् तमाम पीडितहरु यस्तै कामना गरिरहेका छन् । उनीहरु आज आम रुपमा सहयोगको याचना गरिरहेका छन् । आफ्नो सहयोगको लागि दश औँला जोड्न समेत तयार भएका छन् । उनीहरुको मनमा सहनै नसक्ने पीडा छ ,व्यथा छ ,साथै कष्टकर जीवन छ । आफ्नो उजाडिएको संसारलाई अब कसरी फर्काउने र खोसिएका खुसीलाई अब कसरी फिर्ता ल्याउने भन्ने चिन्ताले छाएको छ साथै अब कसरी सामान्य जीवन विताउने भन्ने चिन्ताले छाएको छ ,चारै तिर अन्यौलतको कालो बादल मडारिएको भान उनीहरुलाई परेको छ त्यस कारण पनि आज दैवीप्रकोप पीडितहरु आफ्नो असंख्य पीडा सहेर बाँचिरहेका छन् मरेतुल्य जीवन लिएर । थाहा छैन कसरी फर्किन्छ उनीहरुको खुसी अनि थाहा छैन कसरी आउछ उनीहरुको भाग्य ,कसरी आउछ हिजोको झै सुन्दर जिन्दगी आज उनीहरु यस्तै कुरा लिएर उजाड र उदास मन लिएर बसेका छन् । पीडितलाई राहात र उद्वार प्रकोपवाट पीडित नागरिकहरुलाई राहात दिन र उद्वार गर्न अहिले विभिन्न संघ संस्था वीच कडा प्रतिस्पर्धा भएको छ तर पनि पीडितहरुले यथेष्ट रुपमा राहातको प्याकेज पाएका छैनन् । तर विभिन्न निकायले उपलव्ध राहात सामाग्रीहरु पनि विभिन्न कारणले अलपत्र परेका छन् । सम्बन्धीत निकायले राहात सामाग्री संकलन भएको समाचारलाई रेडियो र टेलिभिजनवाट सुनेर चित्त बुझाउन विवश छन् । त्ार उनीहरुले आफूलाई सहज हुने गरी राहात पाएका छैनन् । आज पनि चाउ चाउ र विस्कुटको भरमा जिन्दगी विताउन विवश छन् कतिले त त्यो पनि पाएका छैनन् । प्रकोप पीडितलाई सहयोग गर्नकै लागि यहाँ सयौँ संघ संस्थाहरु सक्रिय छन् बाढी तथा पहिरो पीडितहरुलाई सहयोग गरौँ भनी आर्थिक संकलन अभियान समेत संचालन गरिएका छन् । कसैले जिन्सी समेत संकलन गरिरहेका छन् तर त्यस्तो अभियानमा कति संकलन गरियो र त्यो रकम कहाँ गयो भन्ने कुराको विवरण आज कतै पाइएको छैन । बेला बखत एकै दिनमा करोडौँ रकम उठेको चर्चा समेत चल्ने गरेको छ ,पैसा उठे अनुसार पीडितले यति राहात पाए भनेर चित्त बुझाउन सक्ने गरी सुन्न पाईएको छैन । कतिपय संघ संस्थाहरुले बाढी तथा पहिरो पीडितहरुको नाममा पैसा उर्ठाई आफैँ खाने गरेका छन् त्यसरी ठगी खानेहरुलाई कमाई खाने अबसर भएको छ प्रकोप पीडितहरुको नाममा । बाढी पीडितको सहयोगको लागि नीजी मोबाइल प्रदायक कम्पनि एनसेलले २० करोड सहयोग दिएको खबर प्राप्त भएको छ भने पीडितको पक्षमा कार्य गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुले पनि करोडौँ सहयोग गरेका छन् तर हाल सम्म कति पैसा उठ्यो र कति खर्च भयो भन्ने जानकारी न त पीडितलाई थाहा छ न त अरु नागरिकलाई । गृह मन्त्रालयलाई समेत थाहा छैन आज सम्म कतिको उद्वार गरियो अनि कतिलाई राहात कतिमात्रामा दिइयो भन्ने कुरा ,अचम्म छ बाढी पीडितको लागि सहयोग स्वरुप दिएको रकम र अन्य सामान प्रधानमन्त्री राहात कोषमा जम्मा भएको छ । त्यो रकम बाढ्न विरामीले थलिएका शुशिलले कति महिना लगाउने हुन् आम र्सवसाधरण प्रश्न गर्न थालेका छन् । संकलित राहात सामाग्री तत्काल पुग्न पर्छ भन्ने कुरामा सबैको ध्यान खिचिएको छ । राहात सामाग्री संकलन भई रहने अनि पीडितको हातमा नपुग्ने हो भने त्यसको केही अर्थ छैन । संकलित राहात सामाग्री वितरण नगरेर कतै थन्क्याउन थाले पछि पीडितहरुको अबस्था के होला सबैले यसवारे सोच्न जरुरी छ । खुसीको कुरा यो पनि छ कि पीडितहरुलाई सहयोग गर्न विभिन्न निकायवाट सहयोगको प्रस्ताव आएका छन् । स्वदेशी संघ संस्था देखि अन्तर्रााट्रय संघ संस्थाहरु समेत सहयोग गर्न तयार भएका छन् तर हाम्रो देशको सरकारले राहात संकलन तथा उद्वार र पुनस्थापना लगायतको कार्यमा सोचे जति प्रगति गर्न सकेको छैन । यति धेरै संघ संस्थाहरु पीडितलाई राहात दिनपर्छ भनेर हिँडेका छन् ,दिनरात नभनी राहात संकलन गरिरहेका छन् । छिमेकी मूलुक चीनले समेत सहयोग गर्छुुनेको छ तर सरकारले त्यसप्रति ध्यान दिन सकेको छैन । अत अब सम्पूण देशवासी मिलेर दैवीप्रकोप पीडितहरुलाई राहात दिनु तथा उनीहरुको उद्वार गर्नु पुनस्थापनाको प्याकेज संचालन गर्न ढिला भई सकेको छ । अब चाडैँ नै सम्बन्धीत निकायले अहिलेसम्म कति राहात संकलन भयो ,को को बाट भयो अनि राहात सामाग्री क कसलाई बाँढ्न पर्ने हो र कसलाई कति बाँढ्न पर्ने भन्ने कुरामा लाग्न पर्छ । नत्र राहात संकलन भइ रहने अनि पीडितलाई नदिने हो भने उनीहरुले कसरी जिन्दगी विताउछन् ,त्यो कुरालाई हामी सबैले मनन् गर्न पर्छ । विपतको यो घडीलाई संयमित भएर अगाडि बढ्न पर्छ । जसको जिन्दगीलाई बाढी र पहिरोले क्षत विक्षत पारेको छ उनीहरुको जिन्दगीमा नयाँ खुसी ल्याउने कार्यमा हामी लाग्न पर्छ । तब मात्र पीडित मनहरुले हामीलाई सम्झना गर्ने छन् यदि हामीले यस विपदको घडीम्ाा आफ्नो दायित्व पुरा गरेनौ भने हाम्रो साथमा कोही हुने छैन हामी मात्र एक्लो एक्लो हुने छौँ । यस विषयमा सबै नेपाली लाई चेतना भया । सरकार र राजनीतिक पार्टीीको भूमिका देशमा यत्रो महाविपत्ति आएता पनि हाम्रो देशको सरकार र राजनीतिक पार्टीलाई यस विपत्तिले कत्ति पनि छोएको छैन । समग्र बाढी पीडितहरुलाई राहात दिनको लागि सरकार अति नै सुस्त भएको छ । भने प्रमूख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष प्रचण्डले संसदमा हल्ला गरेको भरमा आज एउटा समिति बनेको छ । तर पनि सरकारले प्रभावकारी ढंगले आफ्ना संयन्त्र परिचालन गरी प्रकोप पीडितहरुको उद्वार ,पूनस्थापना र राहात प्याकेज उपलब्ध गराउन सकेको छैन । आज पनि एक डेढ अर्ब रुपैयाँ सिँहदरवारमा थन्किएर बसेको छ तर पनि पीडितलाई जम्मा भएको रकम दिलाउन कसैले पहल गरेको देखिन्न । यहाँबाट पनि हाम्रो देशको सरकार प्रकोप पीडितहरुको मामिलामा कति गम्भीर छ भन्ने कुरा प्रष्ट भएको छ । सरकार आफूले त बाढी तथा पहिरो पीडितको लागि माखो मार्न सकेको छैन भने अरुले दिएको राहात सामाग्री समेत बाँढ्न नसकेको देख्दा सरकारसँग दुनियाँ चकित भएको छ । सरकार आज अन्य काममै अल्भिmएको छ विभिन्न कर्मचारीहरुलाई सरुवा बढुवा गरी अकूत पैसा असुल्न नै सरकारका मन्त्रीहरुको ध्यान गएको छ । सरकारमा भएका मन्त्रीहरु कसरी धेरैभन्दा धेरै पैसा कमाउने भन्ने धन्दामा लागेका छन् । तर दैवीप्रकोप पीडितहरुलाई राहात दिने कुरामा सरकारका मन्त्रीहरुलाई कुनै फुसद नै छैन । गृहमन्त्री भनाउँदाहरु हेलिकप्टर चढेर बाढी पीडितको मर्म बुझेको नाटक गर्दै छन् र गोहीको आँखामा आसु भन्ने उखानलाई चरितार्थ गर्दै छन् । बर्तमान सरकारका मन्त्रीहरु प्रहरीको उच्च अधिकारी हरुको सरुवा बढुवा अनि अन्य उच्चपदस्थ कर्मचारीको सरुवा बढुवा गर्दै पैसा कमाउन थालेको छन् । यसवाट के प्रष्ट हुन्छ भने सरकारलाई बाढी पीडितको समस्याले कत्ति पनि छोएको छैन । पीडितहरुको घाउले सरकारी सयंन्त्रमामा छोएको छैन । यसवाट के प्रष्ट हुन्छ भने सरकार बाढी पीडितको राहातको लागि भन्दा पनि आफैँ कमाउने धन्दामा लागेको छ ,यो सरकार जनघाती सरकार भएको कुरा समेत प्रष्ट भएको छ । सरकार जसरी उदासिन भएको छ त्यसै गरी आम राजनीतिक पार्टी समेत यस मामिलामा उदासिन भएका छन् । राजनीतिक पार्टी सरकार परिवर्तनको खेलमा लागेका छन् भने कोही राजनीतिक पार्टी राष्ट्रपति र उपराष्ट्रपति बन्ने खेलमा लागेका छन् । अझ उनीहरु कसरी उच्च स्तरीय राजनीतिक समितिको गठन गर्ने र कसरी देश बर्वाद पार्ने अनि देश लुट्ने भन्ने महाअभियानमा लागेका छन् । उनीहरु शक्ति कसरी हत्याउने भन्ने दाउमा लागेका छन् त्यसकारण बाढी पीडितको पक्षमा काम गर्न पर्छ भनी आज सम्म उनीहरुलाई ज्ञान आएको छैन । उनीहरु संविधान निर्माणको लागि भन्दै विभिन्न कोठे बैठक बस्छन् अनि लाखौँ सिध्याउछन् त्यस्तै उनीहरु देशको ढुकुटी रित्याउन करोडौँ बजेट माग गर्ने संविधान सभाका सदस्यहरु बाढी पीडितको लागि अलिकति पनि आवाज उठाइरहेका छैनन् । सासंदहरुको यो रवैयावाट आम नागरिक बाक्क दिक्क भएका छन् । आफूलाई नेपाली जनताको असली पहरेदार भन्ने राजनीतिक पार्टी नेताहरुलाई कसरी आफू शक्तिमा बस्ने भन्ने कुराको ध्याउन्न छ । तर पनि प्रकोप पीडितहरुलाई राहात दिन भने उनीहरुलाई कुनै जाँगर चलेको छैन अनि संसदमा यस विषयमा कुरा उठाउन पनि चाहेका छैनन् । राजनीतिक पार्टीले केही नगरेपनि विभिन्न पार्टी भातृ संगठनहरुले भने सहयोग संकलनको नाटक गरेर पैसा कमाउने मेलो भने रामै्र पाएका छन् । बाढी पीडितको लागि भन्दै उनीहरु पैसा उठाउन व्यस्त छन् तर त्यो पैसा कसलाई र कति बुझाए भन्ने कुनै हिसाव किताव छैन । जे होस् माउ पार्टर्ीीले वेवास्ता गरेतापनि तिनका बच्चा बच्चीहरुले केही गर्न खाजेका हुन् कि भन्ने कुरा देखिएको छ ,तर मुख्य राजनीतिक शक्ति भने सत्ता ,पद ,पैसा र कुर्सी लागि मरिहत्ते गरेका छन् । तिनीहरुको हर्कत देखेर भोट दिएर जिताएका मतदाताहरु वाक्क दिक्क भएका छन् ।
-लेखक नेपाल गणतान्त्रिक जनता पार्टीका अध्यक्ष हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु