चीन एकाधिकार पुँजीवादतिर – हस्तबहादुर के.सी.

२०७२ श्रावण ९ गते, शनिबार

चीन हाम्रो देश नेपालको एउटा असल छिमेकी मुलुक हो । विशाल भूभाग, विश्वको एक तिहाइ जनसंख्या समेत रहेको चीनले यतिबेला नयाँ–नयाँ विज्ञान र प्रविधिलाई बाहिरबाट भित्र्याएर र आफैले पनि विकास र प्रयोग गरेर विकास र नयाँ नयाँ प्रयोग र प्रविधिका क्षेत्रमा अकल्पनीय विकास गरेर विश्वलाई नै चकित तुल्याई दिएको छ । आर्थिक रूपमा विश्वकै दोस्रो धनी राष्ट्र र सञ्चित पुँजीमा विश्वकै पहिलो राष्ट्रको रूपमा स्थापित चीनप्रति विश्वकै जनताका आँखाहरू चीनतिर सोमिराका छन् । चीनले गरेको त्यस प्रकारले चमत्कारले विश्व जनताको ध्यान त्यसैतिर आकर्षित तुल्याइरहेको छ ।
त्यसले बाहिरबाट मात्र चीनलाई हेरिरहेको छ, बुझिरहेको छ । उसका लागि चीनको समग्र क्षेत्रको जानकारी हुन सक्तैन नै । चीनलाई वास्तविक चीनको रूपमा बुभ्नका लागि स्वयं चीनमा पुग्नु नै वस्तुवादी र यथार्थ हुन्छ । आजको युगमा चीन जस्तो देशको समग्र विषयमा बुभ्न त्यति सजिलो पनि छैन । जे होस् मैले चाहिँ स्वयं चीनमै पुगेर आफ्नै आँखाले चीनलाई देख्ने मौका पाएँ । यो मेरो निम्ति ज्यादै खुसी र अवसरको रूपमा मैले लिएको छु ।
चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणमा र हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीको निर्णय बमोजिम मेरै नेतृत्वमा म नेकपा – माओवादीको केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्रीय पार्टी स्कुल विभागको सचिव हस्तबहादुर के.सी., केन्द्रीय सदस्यद्वय देवेन्द्र श्रेष्ठ र कुमारी मोक्तान, कास्की जिल्ला पार्टी सचिव अर्जुन छन्तेल र महिलाबाट भोजपुरकी दुर्गा राई समेत पाँच जनालाई हाम्रो पार्टीले चीनको विविध क्षेत्र र चिनीया कम्युनिष्ट पार्टीले बनाएको योजनाबमोजिम अध्ययन भ्रमण गर्ने गरी चीन पठायो । चीन जानुभन्दा पहिले पार्टी अध्यक्ष कमरेड मोहन वैद्य किरणले चीन जानुको कारण र त्यहाँ गएर के गर्ने भन्ने बारेमा हामीलाई विर्पिmङ्ग गर्नु भयो । नेपाल स्थित चिनिया राजदूतावासमा भिसा लगाउने र प्लेन टिकट व्यवस्था गर्ने हाम्रो पार्टीको विदेश विभागका कमरेडहरू र केन्द्रीय पार्टी कार्यालयले ग¥यो । चीन जानुभन्दा एक दिन पहिले पार्टीका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख कमरेड सी.पी. गजुरेल ‘गौरव’ले हामीलाई बिर्फिङ्ग गर्नु भयो ।
हाम्रो चीन अध्ययन भ्रमण टोली गत २२ असार २०७२ (४ जुलाई २०१५) का दिन China Air को जेट वियानद्वारा तिब्वतको ल्हासा हुँदै चीनको यात्रा प्रस्थान ग-यो । नेकपा – माओवादी, नेपाली कांग्रेस, नेकपा (माले) र नेमकिपाका ५।५ गरी २० जनाको संयुक्त टोली त्यसै विमानद्वारा चीन प्रस्थान गयो । ल्हासा विमानस्थलमा एक घण्टाको ट्रान्जिटपछि साँझ हामी चीनको सिचुवान प्रान्तको राजधानी Chengdu Airport मा ओर्लियौँ । त्यहाँ हामीलाई स्वागत गर्न चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग एसिया ब्युरोका उपनिर्देशक (Deputy Director) SHAO Liang, , चिनीया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको कर्मचारी Zheng youya लगायतका साथीहरू हामीलाई स्वागत गर्न Chengdu air part आई पुग्नुभएको रहेछ । चिनीया कम्युनिष्ट सिचुवान प्रान्तका प्रमुखले हाम्रा सबै लगेजहरू उठाएर Air port बाहिर गाडीमा राखी दिनुभयो । उहाँहरू काम गर्न कत्ति पनि हिचकिचाउनु हुँदोरहेनछ । त्यस दिन हामीलाई Chengdu स्थित JinJing Hotel मा बसाइयो । यो पाँच तारे होटल थियो ।
चीनमा देशभरि सम्पूर्ण जनताले बिहान ६–७ बजेसम्म नास्ता (Breakfast) खाई सक्नु पर्ने, दिउँसो १२ – १ बजे भित्र खाना खाई सक्नु पर्ने र साँझ ६ –७ बजे सम्म खाना खाई सक्नु पर्ने नियम रहेछ । यदि त्यो अवधि भित्र खाना÷नास्ता नखाएमा होटलहरू तोकिएकै अवस्थामा बन्द हुने भएकाले भोकै बस्नु पर्ने रहेछ । त्यस दिन हामीले तोकिएकै समयमा खाना खाएर कोठामा गयौँ र सुत्यौँ ।
८ जुलाइका दिन हामीलाई सन् २००८ मे १२ म चीनको सिचुवान प्रान्तको आप्पा जिल्लाको सोइमो गाउँमा शक्तिशाली भूकम्प उत्पन्न भएर ६९ हजार मानिसको ज्यान गएको थियो र ठूलो भौतिक संरचनाहरू पनि ध्वस्त भएका थिए । त्यसै क्षेत्रको अवलोकन गराइयो ेर पुनर्निमाण गरिएको स्थानहरूको अवलोकन गराइयो । भूकम्प उत्पन्न भएको निश्चित ठाउँ भग्नाविशेषलाई जस्ताको तस्तै राखेर म्युजिएम बनाइएको रहेछ । त्यसको पनि अवलोकन गराइयो ।
दुई महिनाभित्र पार्टीको सेल कमिटीले योजना बनाएर तुरुन्तै केन्द्रीय सरकारले विस्थापितहरूको बसोबासका लागि घरहरू निर्माण गरिदिएर जनतालाई व्यवस्थित रूपले राखेको रहेछ । त्यो पुनर्निर्माण गरिएको क्षेत्रलाई पूरै पर्यटकीय क्षेत्रमा विकास गरिएको रहेछ । जहाँ आन्तरिक पर्यटकहरूको दिनहुँ घुईंचो लाग्दो रहेछ । पर्यटन व्यवसायलाई नै त्यहाँका जनताको मुख्य आयस्रोत बनाइएको रहेछ किनकि पर्यटनबाट आएको सम्पूर्ण आम्दानी पुनर्वास राखिएको जनतालाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको रहेछ । यो क्षेत्र अत्यन्तै आकर्षणको केन्द्रविन्दु बनाइएको छ । यसका साथै त्यहाँ भएर बग्ने विशाल मिङ नदीको दुवै किनारालाई पर्यटकीय क्षेत्रको विकास गरिएको रहेछ । त्यसको आकर्षणको पनि अवलोकन गरियो ।
९ जुलाइका दिन मिङ नदीबाट बनाइएको अत्याधुनिक सिचार्इं परियोजनाको अवलोकन गरियो । दिउँसो हाइड्रापोवर, थर्मल प्लान्ट, एयर विद्युत प्लान्ट र न्युक्लियर विद्युत प्रणालीको अत्याधुनिक परियोजना र अन्य उद्योगधन्दा तथा कलकारखानाहरूको अवलोकन भ्रमण गरियो ।
१० जुलाईका दिन चिनीया कम्युनिष्ट पार्टी सिचुवान प्रान्तीय कमिटीले राखेको अन्तत्र्रिmया कार्यक्रम र उपहार आदानप्रदान कार्यक्रममा सहभागी भयौँ । दिउँसो स्थानीय संघसंस्था र जनसमुदायसँग भेटघाट र अन्तत्र्रिmया कार्यक्रममा सरिक बन्यौँ ।
११ जुलाईका दिन प्लेनद्वारा चीनको पूर्वी दक्षिण क्षेत्र फू च्यान यन प्रान्तको राजधानी Xiamen मा पुग्यौँ र Seashine पाँचतारे होटेलमा बस्यौँ ।
१२ जुलाईका दिन बिहान Tour the Gulangyu Island को समुद्री यात्राको अवलोकन भ्रमण र पर्यटकीय अध्ययन भ्रमण गयौँ । दिउँसो Namputuo Buddhism Temple र Xiamen University को अवलोकन भ्रमण ग-यौँ ।
१३ जुलाईका दिन बिहान अत्याधुनिक Guangzhou सहरको अवलोकन भ्रमण र स्थानीय समुदाय र Tourism department सँग भेटघाट अन्तत्र्रिmया बैठक र Hesheng community सँग भेटघाट ग-यौँ । दिउँसो चाहि ीयअब ित्यगचष्कm द्यगचभबग सँग बसेर पर्यटकीय विकासको अनुभवको आदानप्रदान गर्ने कार्य सम्पन्न भयो ।
१४ जुलाईका दिन Xiamen बाट प्लेनद्वारा चीनको राजधानी बेइजिङ पुग्यौँ र साँझ अर्थविद् (Expert) ले आयोजना गरेको वर्तमान चीनको आर्थिक नीति र चीनले गरेको प्रगतिबारे विषयक गोष्ठीमा भाग लियाँै । त्यहाँ पनि अन्तत्र्रिmयात्मक कार्यक्रम सम्पन्न भएको थियो । साँझ चिनियाँ कम्पूm (मार्शल आर्ट) हेरियो ।
१५ जुलाईका दिन बिहान चीनको राजधानी बेइजिङमा चिनीया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग एसीया ब्युरोले आयोजना गरेको र चिनीया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग एसिया यूरोप उपमन्त्री DOU ENYONG को उपस्थितिमा आयोजना गरिएको चिनीया विशेषता सहितको समाज नामक सेमिनारमा भाग लिइयो र पार्टीको तर्फबाट सम्पूर्ण धारणाहरू राखियो । कार्यक्रम अन्तत्र्रियात्मक थियो । धेरै प्रश्नोत्तर कार्यक्रम पनि भयो । त्यस सेमिनारमा नेपालमा घोषणा हुन लागेको संविधान र भुईंचालोपछिको पुनर्निर्माणमा चीनले गर्ने सहयोगका बारेमा र नेपाललाई चीनले गर्ने अन्य सहयोगका बारेमा व्यापक छलफल भयो र नेपालका सत्ताधारी दलहरूका महाभ्रष्टचारी भएकाले चीनले पठाएका सहयोग समेतमा ठूलो भ्रष्टाचार भएको जानकारी मैले व्यवस्थित ढंगले प्रस्तुत गरे पछि त्यसले एकक्षण वातावरण तताएको थियो । यो बडो रोचक पनि बनेको थियो । त्यसपछि दिवाभोजमा सरिक भइयो ।
त्यसैदिन दिउँसो चिनको ग्रेट वालको अवलोकन भ्रमण गर्न गइयो ।
१६ जुलाईका दिन बिहान चेयरम्यान माओको Manorial Hall को अवलोकन गर्ने कामका साथ विशाल तेनमेन चोकको अवलोकन भ्रमण गरियो । १२ बजेपछि नेपाल फर्कनका लागि बेइजिङबाट China Airको बोइङद्वारा Chengdu का लागि प्रस्थान गरियो । त्यस रात Chengdu को वगलवष्लन junjing Hotel बसेर बसियो ।
१७ जुलाईका दिन बिहान Chengdu बाट सिचुवान एयरलाइन्सको जहाजबाट तिब्बतको ल्हासा १ घण्टा ट्रान्जिट हुँदै बिहान ११ बजे काठमाडौँ आईपुगियो ।
चिनीया कम्युनिष्ट पार्टीको निमन्त्रणा र हाम्रो पार्टी नेकपा–माओवादीको निर्णय बमोजिम मेरो नेतृत्वमा चीन भ्रमणमा गएको यो पाँच सदस्यीय भ्रमण टोली अन्यन्तै सफल भएको थियो । पार्टीको प्रतिष्ठा बढाउन र अन्य कार्यहरू अनुशासित व्यवस्थित रूपले सम्पन्न गरेको थियो ।
यस भ्रमणका क्रममा मैले वर्तमान आधुनिक चीनको बारेमा दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपले पनि हेर्ने र विश्लेषण एवं संश्लेषण गर्ने कार्य गरेको छु । चीन जस्ता देशको वारेमा हचुवा र मनोगतवादका आधारमा बोल्दा चीनलाई अन्याय हुने मैले ठानेको छ । तर चीनको सकारात्मक तथा नकारात्मक दुवै बाटोबाट हेर्दा उचित हुन्छ । तथ्यपूर्ण र वस्तुवादी पनि हुनेछ भन्ने लाग्दछ मलाई ।
मैले मेरै आँखाले स्वयं चीनमै उपस्थित भएर हेर्ने र देख्ने मौका पाएको अवस्थामा मैले त्यहाँ के देखे भने वर्तमान चिनीया नेतृत्वले दार्शनिकरूपले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई प्रदर्शक सिद्धान्त मानेर कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनीया विशेषताको समाजवाद संचालन गरिरहेका छ भनिरहे तापनि अर्थराजनीतिकका दृष्टिकोणले अहिले चीन सर्वहारावर्गको नेतृत्वमा वैज्ञानिक समाजवादी राज्य व्यवस्था सञ्चालन नभएर एकाधिकार पुँजीवादको बाटोबाट रूपान्तरका साथ अगाडि लम्किरहेको देखिन्छ । किनकि चीनले खुला बजारिया अर्थतन्त्र लागु गरिरहेको छ । उदारीकरण, निजीकरणलाई बढावा दिइरहेको छ । सेमिनारमा प्रस्तुत गरिएको कार्यपत्र बमोजिम पनि समग्र लगानी ६५ प्रतिशत निजीक्षेत्रमा छ भने ३५प्रतिशत मात्र सरकारी लगानी लगाइएको छ । सरकारी लगानी अभैm न्यूनीकरण गरिने नीति लिइएको छ । यसले नै एकाधिकारवादी पुँजीवादमा राज्य व्यवस्था संचालन गरिएको प्रस्ट हुन्छ ।
सरकारी कम्युनिष्ट पार्टीको एकक्षेत्र नेतृत्व रहेको भए तापनि त्यहाँ वर्गको उदय भइसकेको छ र करिब ४।५ सयजना व्यक्तिहरू विश्वकै धनी व्यक्तिहरूमा सूचीकृत हुन पुगेका छन् । चिनिया सरकारले चीन विश्वकै दोस्रो धनी देश भएको घोषणा गरिसकेको छ ।
आजसम्म चीनमा ५१ प्रतिशत जनतालाई सहरीकरण गरिसकेको घोषणा गरिएको छ र आगामी १० वर्षभित्र जनसंख्याको ७१ प्रतिशत जनतालाई सहरीकरण गर्ने घोषणा गरिएको छ । बजारमा किनबेचमा बार्गेनिङ्ग चर्को छ यो पुँजीकरणको नाङ्गो प्रवृत्ति हो । त्यो चीनमा व्याप्त छ । नेपालको भृकुटी मन्डप बजार र भारतको चाइना चोकजस्ता नाङ्गो रूपमा ग्राहक ठग्ने बजारहरू चीनमा पनि प्रशस्तै मात्रामा पाइन्छन् । यो नाङ्गो पुँजीवादको नमूना हो ।
सांस्कृतिकरूपले पनि चीन समाजवादी संस्कृतिबाट चिप्लिँदै गइरहेको छ । चीनमा पश्चिमी छाडा संस्कृतिको प्रकोप बढिरहेको छ ।
आज चीनको नकारात्मक पाटोभन्दा सकारात्मक पाटो नै बढी देखिन्छ । चीनले समग्र चीनलाई नै आधुनिकीकरण गर्ने जुन नीति लिएको छ यो ज्यादै सकारात्मक छ । अहिले चिनिया नेतृत्वले चीनलाई नै विश्वको एउटै चौतारी बनाउने योजना बनाएको छ र यसलाई चिनिया सपना भनिसकेको छ । यो सकारात्मक कुरा हो । सहर, बजार, रेल यातायात, हवाई यातायात हरक्षेत्रमा आधुनिकिकरण र वैज्ञानिककरण गरेको छ । यस विषयमा चीनलाई कसैले उछिन्न नसक्ने देखिन्छ । यो ज्यादै सकारात्मक रहेको छ ।
विद्युत, सिचाईं अन्नपात र फलफूल, सागसब्जीको उत्पादन र प्रयोग वैज्ञानिक ढंगले गरिएको देखिन्छ । सडकमा पहेँलो रङ सरकारी गाडी र निलो रंगले प्लेटको निजी कारबाहेक मोटरसाइकल र साना गाडी प्रदूषण फैलाउने गरी सडकमा गुड्न दिइएको छैन । सामान्य स्कुटी र साइकल जनतालाई प्रयोग गर्न दिइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको ८ करोड ८० लाख पार्टी सदस्य रहेका छन् । छेन्दुमा चिनियाँ कम्युनिस्ट पार्टी एसियाली ब्युरोका उपनिर्देशक SHAO Liang सँग र बेइजिङमा अर्का उपनिर्देशक KRISHNA WANG सँग मेरो छुट्टाछुट्टै वार्ता भयो र दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरु किन फुट्छन् र तिनको भविष्य के हो भन्ने बारेमा छलफल भयो । साथै विश्व कम्युनिस्ट आन्दोलनअन्तर्गत कम्पोसा, रिम लगायतका आन्दोलनहरुको बारेमा पनि व्यापक छलफल भएको थियो ।
सामाजिक वातावरण ज्यादै शान्त र सुव्यवस्थित छ । कतै पनि सडक र घरमा कुकुर देखिँदैनन्, कुकुरपालनमा प्रतिबन्ध लगाइएको रहेछ ।
शिक्षाको क्षेत्रमा माध्यामिक शिक्षा अनिवार्य र त्योभन्दा माथिको शिक्षा स्वेच्छिक र सशुल्क बनाइएको छ । शिक्षामा प्राविधिक व्यावहारिक र वैज्ञानिक शिक्षाको प्राविधिक व्यावहारिक र वैज्ञानिक शिक्षाको व्यवस्था गरिएको रहेछ । प्राविधिक शिक्षा अनिवार्य तुल्याइएको रहेछ ।
सरकारी शिक्षाबाहेक पार्टी स्कुल संचालन पनि अनिवार्य बनाइएको छ । चिनिया कम्युनिष्ट पार्टीका सेलकमिटिका सदस्यदेखि लिएर केन्द्रीय तहसम्मका सबै नेताकार्यकर्तालाई अनिवार्य रूपमा पार्टी स्कुलमा पढ्नै पर्ने व्यवस्था गरिरहेको छ र पार्टीको महासचिव पार्टी स्कुल विभागको प्रमुख हुने उनी नै राष्ट्रपति बन्ने चिनिया संवैधानिक व्यवस्था रहेछ । यो ज्यादै सकारात्मक र नेपाली कम्युनिष्टहरूले अनुसरण गर्नु पर्ने विषय रहेछ ।
चीनमा सरकारी क्षेत्रमा गैरसरकारी क्षेत्रमा पार्टीमा उद्योग व्यवसाय जहाँ महिलाहरूको बढी सहभागिता र सक्रियताको व्यवस्था कानुनी रूपमा मिलाइएको छ ।
चिनियाहरूले सम्पूर्ण कामको टाइम टेबल बनाएका छन् र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म अत्यन्तै खट्दा रहेछन् । हामी हाम्रो टोलीसीत पनि चिनिया कम्युनिष्ट पार्टीबाट महिला र पुरुष सहितका टोली खटाइदिएको थियो । हाम्रो नेपाली टोली पनि उनीहरूले बनाएको टाइमटेबलमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खट्नु पर्ने थियो । चिनियाहरू बढी खट्ने र हिँड्ने भएकाले उनीहरूलाई त गाह्रो पर्दैन थियो तर हामी काम ठग्दै समय गुजार्दै आएका नेपालीहरूलाई भने १० दिनसम्म उनीहरूसँग खट्दा लखतरान परेका महसुस हुन्थ्यो । एक मिनेट पनि चिनियाहरू हाम्रो टोलीलाई समय खेर फाल्न दिँदैनथे । तर हाम्रो टोलीचाहिँ चिनियाहरूसित प्रतिस्पर्धात्मक समयमा खटिरहन सफल भयो ।
अन्त्यमा चीनले जुन सबै क्षेत्रमा स्वतन्त्रता र चारैतिर साम्राज्य फैलाउने नीति लिएको छ यसबाट के बुझिन्छ भने हाम्रो पार्टीले माओको निधन पश्चात जुन प्रतिगतिको बाटो समातेर पँुजीवादमा प्रवेश गरेको थियो । त्यो आज पुष्टि हुँदैछ र अब चीन समाजवादी देश नभएर पुँजीवादी देश हो भन्ने कुरा प्रस्टै भएको देखिन्छ ।
हाम्रो टोलीलाई जो उच्चस्तरको स्वागत गर्ने, सहयोग गर्ने काम चिनियाहरूले गरेको थिए त्यो ज्यादै अविस्मरणीय पक्ष रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु