गृहमन्त्रीलाई खुलापत्र : कलमदेखि यतिभाँती किन डराउनु हुन्छ ?

२०७६ भाद्र १२ गते, बिहीबार

माननिय गृहमन्त्री ज्यु !
जनताको सेवामा अति बेस्त हुनुहुन्छ होला । संजालतिरको मेरो यो सस्तो पोस्ट तपाइँको महङ्गो दरबारसम्म त जाला या नजाला यकिनका साथ भन्न त सक्दिन तर जरुरी थियो तेसकारण आज तपाइँलाई पत्र कोर्दै छु ।
ए ! आफ्नै कहानी रैछ भनेर बिचमै पढन नछोड्नुहोला पुरै पढ्ने कोसिस गर्नुहोला । आज भन्दा करिब १७/१८ बर्ष पहिलेको कुरा हो । पत्रकार ओम हमाल नेपालवान टेलिभिजनका क्षत्रीय प्रमुख थिए । तिनताका अहिले झै मोबाइल छ्याप्छ्याप्ती आएको थिएन र जिल्ला रिपोर्टरहरुसंङ्ग भिडियो क्यामरा हुने थिएन, महत्त्व पुर्ण कार्यक्रम वा ठुला घट्ना भए आफ्नो क्षत्रभित्रको जुनसुकै जिल्लामा जसरी भएपनी दगुर्नुपर्ने हुन्थ्यो ।
म र मेरा गुरु ओम हमाल पर्बत जिल्लाको कुश्मामा गुप्तेश्वोर महोत्सवको समाचार बनाउन पुगेका थियौं तेसदिन । दिउँसोको दुई बजेतिर हामी पोखरा फर्किने तरखरमा थियौं रेकर्ड भएको क्यामराको मिनिटेप पोखरा हवाइजहाजबाट काठमाडौ मुख्य कारलय पठाउनुथियो ।
तर करिब दुई बजेको समयतिर कुश्मा बजारमा कोकोहोलो मच्चियो । भ्याप्ले खोलोमा बम पड्कियो!भ्याप्ले खोलोमा बम पड्कियो ! भन्दै मान्छेहरु हस्याङ्फस्याङ गर्दै थिए । हामी (म,हमाल सर र पर्बत जिल्ला रिपोटर) घट्नास्थलतिर लाग्यौं । त्यो भ्याप्ले खोलो कुश्मादेखी पोखरा आउने दिशामा पर्दोरहेछ हामी लगायत थुप्रै सर्बसाधारण तेतै तर्फ लाग्यौं । घट्नास्थलभन्दा करिब दुई किलोमीटर वरै २०/२५ जना सशस्त्र प्रहरी बसेका रहेछन सुरक्षा घेराको निम्ति । एक मेजर एक प्रहरी इन्स्पेक्टर सहित केही सुरक्षाकर्मीले बिरगती पाएको त्यो घटना तपाइँको जनयुद्धले घटाएको हैन र मन्त्री ज्यु ?। सेना प्रहरीका घाइतेलाई र शबलाइ निश्चित ठाउँमा नपुराइन्जेल मेजरको गाडीको पछि पछि आउदै गरेको एक टोयोटा ट्याक्सी भित्र ५/६ जना घाइतेहरुले मृत्युको घडी गन्दैछ भन्ने था पाएपछि हमाल पानीबाट निकालेको माछा जस्तै भयो । बर्गिय उत्थान हुन्छ जनताको सत्ता आउँछ भनेर मख्ख परेको हमालको राजनैतिक आस्था तपाईंकै पार्टिको थियो गृहमन्त्री ज्यु तेतिबेला । तर उ तेतिबेला पनि मात्रै पत्रकार थियो हतियार बोक्ने लडाकु थिएन । नबिराउनु नडराउनु त्यहाँ हतियारले सज्जिएका प्रहरीलाई झ्याँक्को झारेर एउटा ड्राइभर सहितको मोटर साइकल (नेस्टो भन्ने संस्थाका कर्मचारी थिए ती दिलदार हिम्मतवाला ड्राइभर ) ब्यबस्था गरेर यो तपाइँको सरकारले हतकडी लाएको फोटोमा झै दुइटा हात माथी उठाएर भिडियो क्यामरा माथी ठडाएर कुदे नर्कको आगोमा हाम फालेझै । उनले त्यो क्यामरा बिद्रोहि सेनाले देखुन पत्रकार भनेर गोलि नहानुन भनेर ठडाका होलान् शायद । जे पनि हुन सक्थ्यो त्यहाँ तर उनले त्यो लोकल ट्याक्सी बाहेक केही देखेनन ।
भ्याप्ले खोलोको जस्तै अनेकौं घट्नाका मुख्य योजनाकार र दोषी तपाईंहरुले यो सुधो पत्रकारमाथि हत्कडी लगाएको देख्दा मलाई ताज्जुब लाग्छ । भोलिको दिनमा तपाइले प्रतिबन्ध लगाएको पार्टी सत्तामा आएछ भने पनि उ नेता मन्त्री हुने हैन हजुर । मात्रै पत्रकार नै हुने हो । किनकी राजनीतिग्यमा हुनुपर्ने मिजास उसमा छैन उनि बेइमान गर्न जान्दैनन् ढांट्छल गर्न जान्दैनन । सलामी हरामी र गुलामी उनका लागि क्यान्सर हो । राजनीती आस्था जुनसुकै पार्टीको राख्ने नेपालभरिकै सबै पत्रकार उनको रिहाइको लागि लागिपरेका छन यतिबेला । कसैले केन्द्रबाट सर्वोच्चको काम हेरेका छन त कसैले जिल्लामा । आखिर कलम देखि यतिभाँती किन डराउनु हुन्छ तपाईंहरु ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु