क्रान्तिकारी युवाको जिम्मेवारी – विरोचन शर्मा

२०७२ माघ १६ गते, शनिबार

इतिहासको सर्वाधिक कठिनाईमा देश गुज्रिरहेको छ । तमाम खाले षड्यन्त्रको जालझेल मा नेपाल अल्झिएको छ देशमा व्याप्त समस्या जिउका त्युँ छ । नेपाल र नेपाली जनता कष्टकर जीवन बिताइरहेका छन्, वैदेशिक हस्तक्षेप दिनानुदिन बढ्दै गएको छ । आफ्नो स्वतन्त्रता राष्ट्रिय स्वाधीनता भौगोलिक अखण्डता सामाजिक सद्भाव खल्बलिएको छ । हामी हाम्रो भन्ने सामुहिक पहिचान गुम्दै गएको छ । आज आफ्नो देशलाई बेच्दै आफ्नो स्वार्थ पुरा गर्ने परिपाटी रात दुई गुण दिन चौगुणाले बढ्दै छ । हाम्रा पुर्खाहरुले बहादुरीका साथ विदेशीसँग लडेर जन्माएको नेपाल आज केही जल्लाद नेताहरुले आफ्नो पेवा हो भन्ने सम्झेका छन् । नालापानी, देउथल, अल्मोडाको युद्धमा वीर भक्त थापा,कालू पाण्डे, बलभद्र कुवार सहिद भए तर आफ्नो मातृभूमि विदेशीलाई सुम्पेनन् । नेपालको इतिहासलाई हेर्दा पनि २००७ सालदेखि २०६२–६३सम्मको जनआन्दोलन सशस्त्र युद्ध जनयुद्धमा बिशेष गरी युवाहरुको महत्वपूर्ण भुमिका छ । अझ भनौँ बलिदानको लाइनमा जुझारु देशभक्त प्रगतिशिल र परिवर्तनकारी क्रान्तिकारी युवाहरू नै थिए उनै क्रान्तिकारी युवाहरूको सौर्य, साहस, त्याग, तपस्या र बलिदानबाट सम्पुर्ण राज्यव्यवस्था परिवर्तन भएको इतिहास जगजाहेर छ ।
आज फेरि नेपाली दलाल राजनीतिक पार्टी दलाल नेताका कारण देश वैदेशिक हस्तक्षेपको चपेटामा परेको हो । विशेषगरी भारतिय हस्तक्षेप चरम रूपमा अगाडि बढेको छ । नेपालको खुल्ला सिमाना पश्चिमदेखि पुर्वसम्म फैलिएको छ । पाँचथरको च्याङथापुदेखि पश्चिम दार्चुलाको लिपुलेकसम्म भारतले विशालु नङग्रा गाडेको छ । तर नेपालका पराधिन नेताहरु चुसम्म बोल्दैनन् यो विडम्बना हो, यो लाचार गैरजिम्मेवार अनि नालायक सरकारका विरुद्ध सशस्क्त आन्दोलन गर्न जरुरी छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार र कालोबजारीविरुद्ध क्रान्तिकारी देशभक्त युवाहरू एकजुट हुनुपर्ने अहिलेको महत्वपूर्ण समय भएको छ । देश जर्जर अवस्थाबाट अगाडि बढेको छ । भुकम्प पीडितहरु खान लाउन र बाँस बस्न नपाएर चिसो भोक र रोगका कारण मृत्यु हुनु परेको छ । तर सरकार सरकारी मन्त्रीहरू कम्बल, जस्तापाता, चामल, त्रिपाल बेचेर खान्छन् । कहीँ नभएको अपराध यिनीहरुले गरिरहेका छन् । अझ भनौ चीन सरकारले भुकम्प पीडित चौध जिल्लाका युवायुवतीहरुलाई चीन भ्रमण गरी भुकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बोलाउदा यो देश अनि सरकारका गृहमन्त्रीले आफ्नो पार्टीका नेता, कार्यकर्ताहरुको छोराछोरी, भाइभतिजा पठाएर राष्ट्रको बेइज्जत कमाएका थिए, योभन्दा घृणित कार्य के हुन सक्छ ?
अब क्रान्तिकारी युवाहरूले देश बचाउने अभियान चलाउनु पर्छ तब मात्र देश बच्ने छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, घुस, तस्करी अनि गुन्डागर्दीलाई ठिक नपार्दासम्म यो देश उभो लाग्दैन यो देश समृद्ध शान्त अनि विकसित बनाउन प्रगतिशील देशभक्त क्रान्तिकारी युवाहरू जाग्नु पर्छ । देश माथी गर्ने अन्याय जनता माथी थोपरिएको प्रतिक्रन्ती बेइमानी धोका र गद्दारि हामीलाई सह्यै छैन । देशको सिमाना मिचिदा नेपाली भुमी लुटिएको बेला हाम्रो भुमिमा बिदेशी सेना, पुलिस प्रवेश गरी नेपाली नागरिक मारिदा चेलिबेटी बलात्कृत हुँदा खासिबोका लुटेर खादासम्म नेपाली सासक मस्त कुम्भकर्णको निन्दामा हुन्छन् । उनीहरुलाई केही मतलब हुँदैन गरिब किसान महिला मधेसी दलितको नारा अलाप्दै आफ्नो कुर्सी र सत्ता बचाउने तर उत्पीडित वर्ग समुदायको लागि सिन्को नभाच्ने शासकहरु अब होशियार हुनुपर्छ । होइन जनताको रगतपसिनाबाट उठेको करबाट मोजमस्ती र भ्रष्टाचार गरिरहेका छौ, त्यो अब धेरै दिन टिक्नेवाला छैन । साँवाको ब्याज, ब्याजको स्याज लिने अनि पारदर्शी हिसाबकिताब गर्ने दिन आउदैछ अनि जनताको अदालतको कठघरामा उभिने दिन आउदै छ । केही मुठ्ठीभर जमिनदार, सामन्त, दलाल, पुजिपतीहरु भोका–नाङ्गा जनतालाई उचालेर गरिने आन्दोलन तिमीहरुको लहड र स्वार्थको लागि हो । खासगरी अहिले मधेसी मोर्चाका जमिनदार दलाल नेताहरू राजेन्द्र महत्तो, उपेन्द्र यादव, महेन्द्र यादव, हृदयेश त्रिपाठी, महन्त ठाकुरहरुले गरेको आन्दोलन मधेसी जनताको लागि होईन यसमा स्पष्ट हुनुपर्छ । उनीहरु भारतिय दलाल हुन, नेपालको तराई भुभागलाई भारतसँग विलय गराउने नियतका साथ भारतको योजनामा अगाडि बढेका हुन । यदि नेपाल र नेपाली जनताको मधेसी जनताको लागि साच्चै आन्दोलन हो भने उनीहरुसँग भएको सयौं किलो सुनचाँदी सयौ बिघा जमिन उत्पीडित गरिब मधेसी जनतालाई बाड्नु पर्छ । नेपालको राज्यसत्तामा कैयौं पटक मन्त्री हुने मधेसी नेताहरु नेपालको मन्त्री भएर नेपाल विरोधी अभिव्यक्ति दिन मिल्छ ? भारतसँग मिलेर नेपाल ध्वस्त पर्ने नेपालबाट तराईलाई अलग गराउने भन्ने तर्क आपत्तिजनक छ, यसको घोर भत्सर्ना गरिनु पर्छ । यी राष्ट्रघाती नेताका कारण नेपाल सिक्किमीकरणको दिशामा उन्मुख छ ।
रहौला कहाँ नेपाली हामी नेपालै नरहे भन्ने वाक्यांश एकछिन मनन गरौ त ? नेपालमा राजनीति गर्ने पार्टी राजनीतिक दल नेपाल राष्ट्र भएर नै गर्ने हो यदि नेपाल छैन त हामी कोहि छैनौ । गरिब जनताको झुपडीमा जन्मेर गरिब किसान मजदुरवर्गको अधिकार दिलाउने केही उ बेलाका गरिबका नेताहरु आज सामन्ती वर्ग उत्थानमा रुपान्तरण भएका कारण सबै जाति भूगोल समुदाय देश पुरानै अवस्थामा छ भने नेताहरु रातारात करोडपति भए, मालिक भए, विलासी भए, उनीहरुकै पुस्ता सम्पन्न भए तर जनता जहाँको तहीँ छन् ।
अब केही मानिस मात्र परिवर्तन सम्पन्न हुने होइन आम नेपालीहरु अधिकार सम्पन्न हुने देश नै परिवर्तन र विकसित हुने अवस्था क्रान्तिकारी युवाहरूले नै गर्छ । त्यो राजनीतिक शक्तिले गर्छ यही मानेमा नेपाल कम्युनिस्ट पार्टी माओवादी त्यसको कुशल नेतृत्व र त्यसको कार्यदिशा एकीकृत जनक्रन्तीको कार्यदिशाले गर्छ । अब हामी सबै प्रगति चाहने परिवर्तनकारी प्रगतिशील, देशभक्त युवायुवतीहरु एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द होऔँ । अबको परिवर्तनको संवाहक शक्ति नै माओवादी हो । त्यसको कुशल नेतृत्व नै कमरेड विप्लव हुनुहुन्छ । नेपाली माओवादी आन्दोलन बिचलित विसर्जन र धोकामा परिणत भएको बेला हसिया हथौडा अंकित रातो झण्डालाई भुइँमा खस्न नदिइ माओवादी आन्दोलनलाई सच्चाइका साथ अगाडि बढन साहस गर्नु भयो । यही परिप्रेक्ष्यमा युवा जुझारु शक्तिलाई समेटेर एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सार्नु भयो । आज तमाम वेरोजगारि युवाहरु गोलबद्ध छन् । देशको लागि केही गर्नुपर्छ भन्ने सोच राख्ने क्रान्तिकारी युवाहरूलाई यो देश बचाउने जिम्मेवारी आएको छ । यसैमा समाहित हुनु आजको आवश्यकता हो । देशमा हुने बेथितिलाई सफा गर्नु सचेत क्रान्तिकारी युवाको गहन जिम्मेवारी हुन आउँछ ।
(लेखक राष्ट्रिय युवा जनस्वयम् सेवकको केन्द्रिय सदस्य एवं चितवन जिल्ला अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु