किन आवश्यक छ एकिकृत जनक्रान्ति – डायमण्ड म्याग्देली

२०७५ मंसिर ३ गते, सोमबार

हुन त एक थरी समुह(मुख्यत: दलाल पुँजिवादी संसदिय व्यवस्थाका पुरानातथा नयाँ हिमायतिहरु ) यतिवेला क्रान्तिको क सम्म उच्चारण गर्न रुचाउदैनन् । ति समुहहरुको भनाईमा नेपालमा राजनितिक क्रान्ति सम्पन्न भैसक्यो अब अर्को क्रान्तिको आवश्यकता र सम्भावना छैन ।त्यसैले आर्थिक क्रान्ति मार्फत विकाश र समृद्दीको बाटोमा अगाडी बढ्नुपर्छ ।
यस्तो तर्क गर्ने हरुमा २०५२ सालमा जनयुद्द सुरु गर्दा विश्वभरी नै असफलसिद्द भैसकेको संसदिय व्यवस्थाको पुर्ण रुपमा अन्त्य गर्दै जनवादी व्यवस्था निर्माण गर्ने कसम खाएर विरतापुर्ण संघर्षमा हाम फालेका तर जनयुद्दले अघि सारेका कुनैपनी एजेण्डा पुरा नहुंदै जनयुद्द र जनताको सपनामाथी महागद्दारी गर्दै त्यै पुरानै प्रतिक्रियावादी राज्य सत्ताको जुठो-पुरो चाट्न त्यतै मिसिन पुगेका प्रचण्ड-बादलहरु पहिलो पंक्तिमा छन । त्यस्तै बावुराम भट्टराई ,केपी ओली र अन्य समुह हरु पनि अब क्रान्ति आवश्यक छैन भन्ने कित्तामा क्रमश: पंक्तिबद्ध छन । सामान्यतया यै पुँजिवादी संसदिय कित्तामा उभिएका यो व्यवस्थाका हिमायति केहि मुठ्ठिभर मान्छेहरुले यसो भन्नुलाई अन्यथा मान्नु हुदैंन । बरु मुख्य गरी क्रान्तिकारी शक्ति र जनताको अभिमत के छ भन्ने विषयले खास अर्थ राख्छ ।
देशमा अर्को क्रान्तिको आवश्यकता छ कि छैन भन्ने सतहि तर्क गर्नु भन्दा अघि नेपाली क्रान्तिको गौरवपुर्ण ईतिहास बोकेको महान जनयुद्द र त्यसले उठाएका एजेण्डाहरु र स्थापित गरेका मुल्य मान्यताहरु को समिक्षा र स्मरण गर्नु आवश्यक छ ।यसमा पनि मुलत २०२८ सालमा झापा विद्रोह को नाममा ८,१० जनाको घांटी रेटेर त्यतिबेला क्रान्तिकारी कहलिएका र अहिले त्यसैको आडमा व्याज खाईरहेका केपी ओली समुह लाई त खास केहि भन्नु छैन किनकी उनको जनयुद्द संग कुनै साईनो, सम्बन्ध थिएन। न त कुनै सद्भभाव र नैतिक समर्थन रह्यो ।
बरु विगतकाल भर जनयुद्दको कट्टर रुपमा विरोध षड्यन्त्र र बदनाम गर्नमै मुख्य भुमिका रह्यो । तर जनयुद्दमा प्रमुख भुमिका मा रहेका प्रचण्ड-बावुराम-बादल समुह लाई भने समिक्षाको पातो मा छुटाउनै हुंदैन । तिनले नेपाली क्रान्ति प्रति गरेको महागद्दारी को विरुद्द हजारौ पटक लेख्नुपर्छ ,वोल्नुपर्छ र आम नागरिकलाई शुसुचित गरिरहनुपर्छ किनकी यो भनेको अन्धो नागरिक हरुको वस्तीमा ऎना वेचेर आफैलाई महान क्रान्तिकारी घोषणा गर्ने । अझै जनताको नेता ठान्ने निकृष्ट कपटी हरुको जमात हो । यो जमात ले अझैपनी सत्ता,शक्ति र अन्य सवै विकल्पको प्रयोग गरेर आफ्नो चौतर्फी नांगिएको चरित्र लाई ढाकछोप गर्न भ्रम र षड्यन्त्रका अनेक प्रपञ्च हरु रच्न सक्छ।
त्यसो त आजकल प्रचण्ड-बावुराम-बादलहरुले जनयुद्दको आधारभुत राजनितिक उदेश्य पुरा भैसक्यो। अब आर्थिक क्रान्ति मार्फत विकाश र समृद्दीको वाटोमा अगाडी वढ्नुपर्छ भनेर जसरी बारम्वार भनिरहेका छन् , यसले माथी उल्लेखित विषयहरुलाई थप पुष्टी गर्न सहयोग गर्छ। जनयुद्दको उदेश्य के थियो र आज के भईरहेको छ ,भन्ने कुरा ईतिहासमा लिपिबद्द भैसकेको छ त्यसैले प्रचण्ड,बावुराम,बादलहरु को अहिलेको यात्रा र बोलेका कुरा आज पनि सहि र सान्दर्भिक छ भनेर आत्मरति लिनु र भ्रम सिर्जना गर्नुको कुनै टुक छैन । तिनका सिमित बफादार चेला,भक्तजन हरुले नुनको सोंझो को लागी देखावटी रुपमा ताली पिट्नु अन्यथा हैन तर आम मान्छेमा तिनिहरु प्रति रहेको भ्रमको राम्रो संग चिरफार हुंदै गएको छ । झट्ट हेर्दा गणतन्त्र पनि आएको, नयाँ सविंधान पनि घोषणा भएको त्यहि अनुसार देश संघियतामा गएको जस्तो देखिन्छ, त्यै देखाएर जनता लाई जनयुद्दको आधारभुत उदेश्य पुरा भयो भन्ने भ्रम पार्न खोजिएको छ ।
त्यसैले यस्को व्यवस्थित भण्डाफोर र चिरफार गरिरहनुपर्छ । जनयुद्दको उदेश्य सामन्तवाद को अन्त्य गर्नु थियो तर त्यस्को सत्तामा हजारौं नवसामन्तहरु, राजा, रजौता हरु जन्माउनु थिएन, जनवादी गणतन्त्र स्थापना गर्नु थियो,वुर्जुवा पुजिँवादी विहारी गणतन्त्र को परिकल्पना थिएन। जहाँ जनयुद्द,गणतन्त्र र अग्रगामी राजनितिक परिवर्तनका कट्टर विरोधीहरु विराजमान छन ,र तिनै लाई राजा,महाराजा हरुलाई जस्तै मान,सम्मान गर्नु पर्ने अवस्था छ। तिनले देश र जनताको हितअनुकुल काम गर्ने कुरा को कुनै कल्पना छैन वरु आफ्नो सेवा, सुविधा र अधिकारको दायरा लाई फराकिलो पार्दै छन भने जनताको अधिकार र स्वतन्त्रता लाई खुम्च्याउँदै छन् । राजा, महाराजा हरुको जस्तै भड्किलो र खर्चिलो जिवनशैली, हाउभाउ, तडक भडक सहित धर्म ,परम्परा र संस्कृतिको नाममा जनतालाई दास र रैती को व्यवहार गर्ने निन्दनिय संस्कार को सुरुवात गरिएको छ। यस्तो व्यवस्था लाई जनताले कसरी स्वीकार गर्ने?राज्य सत्ताको आमुल परिवर्तनको लक्ष्य राखेर जनयुद्दमा होमिएका पात्र हरु घुमिफिरी फेरी त्यै जनविरोधी संसदिय व्यवस्था को फोहोरी रसातालमा डुबुल्की मार्न पुग्नु लाई कस्तो क्रान्ति मान्ने?
वर्गिय,जातिय,लिंगिय, क्षेत्रिय लगायत सवैखाले शोषण उत्पिडन र विभेदको अन्त्य गर्दै पिछडिएका जाती,वर्ग समुदाय,लिंग र क्षेत्रलाई राज्यको मुल धारमा ल्याई स्वायत्तता, विशेष अधिकार, समावेशी र समानुपातिक प्रतिनिधित्व सहित समतामुलक सुन्दर राज्य निर्माण गर्ने अवधारणा जनयुद्दले अघि सारेको थियो तर आज त्यै अवधारणाको दुरुपयोग गर्दै आफ्ना छोरी, बुहारी, ज्वाई , भाई ,भतिजा , साला, साली लगायत आफन्त, नातागोता आफ्ना भजनमण्डली समुहका मान्छेहरुलाई सांसद , मन्त्री, मेयर जस्ता जिम्मेवारी मा नियुक्त गर्नु तथा विभिन्न निकायमा, लाभका पदहरुमा भर्ति गर्ने कुरालाई पनि क्रान्ति क्रान्ति कै अंश मान्ने कि?प्रचण्ड-बादलहरुको आजको क्रियाकलाप जिवनशैली , लवाई खवाई, विभिन्न विवादित व्यक्तिहरुसंगको उठवस प्रति हिजो जनयुद्द लडेका ईमान्दार सिपाही हरुले प्रश्न गर्दा तिनका आसेपासेहरु निकै उत्तेजित हुन्छन यसो हुनु आवश्यक छैन र तिनका हरेक गतिविधी लाई व्यक्तिगत स्वतन्त्रता र निजि जिवनको मामला भनेर ढाकछोप, वचाउ गर्न आवश्यक छैन ।
जस्तो प्रचण्ड आफ्नो श्रीमतिको स्वास्थ्य लाभको लागी भारतिय जोगी रामदेव, वालकृष्ण आचार्यको शरणमा पुग्नु विभिन्न मठ-मन्दिरको दर्शन गर्नु, कलश बाल्नु, कहिले आफ्नै गह्र शान्तिको लागी भैसीं पुजा गर्न पुग्नु आदी लाई निजि जिवनको पाटो हो। यति गर्न किन नपाउने भन्नु शोभनिय लाग्दैन। हो एउटा सामान्य मान्छे ले यसो गर्नु उस्को निजी अधिकारको कुरा होला तर प्रचण्ड यस्ता पात्र हुन जस्ले गर्ने हरेक गतिविधी जनयुद्द संग जोडिन्छ र प्रश्न ? उठ्छ । हिजो कम्युनिष्टको कुनै जात,धर्म,देश,निजि सम्पत्ति, निजि जिवन र स्वार्थ हुदैन भनेर प्रशिक्षित गर्दै हजारौ लाई जनयुद्दमा होम्ने, धर्म अफिम हो भन्ने, धर्मको नाममा विभेद र शोषण गरेको अभियोगमा पं. नारायण पोख्रेल को घांटी रेटेर हत्या गर्न आदेश दिने आज आफु मठ-मन्दिर धाउने , तिर्थ-व्रत गर्ने ? सामुहिक सुन्दर जिवनको सपना बाधेंर हजारौ लाई जनयुद्दमा होम्ने र आज तिनलाई घर न घाट बनाएर , तिनको निजि जिवन पुरै उजाड पारिदिने अनि आफु चाहीं अनेकन सुविधासहित विलासीपुर्ण निजि जिवनमा फर्कने ?यस्ता तमाम विषयहरुलाई पनि उनको निजि जिवनको पाटो भनेर मुकदर्शक बनिरहने कि……?
यसरी जनयुद्दको मुल्य-मान्यता,उदेश्य वाट पुरै स्खलित र पतित भएर पुरानै व्यवस्था र संस्कार मा फर्किएका महा गद्दार हरु र झापा विद्रोह बाट भागेका समुह बिच यतिवेला केन्द्रिय तहमा पार्टी एकता भैसकेको छ र गत वर्ष सम्पन्न चुनावमा जनतालाई अनेकथरी झुट्टा आश्वासन बाडेंर प्राप्त बहुमत र फोरम संग सहकार्य पछी २,३ तिहाई को उनिहरुकै भाषामा शक्तिशाली र स्थिर सरकार ओली नेतृत्वमा गठन भएर देश चलाउने जिम्मा लिएको छ । तर अझै आफुलाई कम्युनिष्ट, वामपंथी भन्न रुचाउने हरुको नेतृत्वमा बनेको सरकारले जनताका अति न्युनतम समस्याहरु पनी सम्वोधन गर्न सकेको छैन ।जनतालाई राहत दिने कुरा त परै जावस उल्टो ठाउँ-ठाँउमा चर्को कर असुलेर ढाड सेकिरहेको छ ।दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको छ ।हरेक क्षेत्रमा कालोवजारिया, विचौलिया हरुको विगविगी छ । भ्रष्टाचार, कमिसन,अनियमितता त्यति नै मौलाएको छ तर त्यतातिर सरकारको ध्यान पुग्दैन । बलात्कारी, हत्यारा लाई कारवाही गर्नुको सट्टा पुरै शक्ति लगाएर संरक्षण गर्नतिर लाग्छ । पछिल्लो समय निर्मला पन्त को बलात्कार र हत्या प्रकरण पछी विकसित घतनाक्रम ले त्यसैको पुष्टी गर्छ । २, ३ को बलियो सरकारले बलात्कारी हत्यारा लाई कारवाही गर्न सक्दैन । बिचौलिया, कालोबजारी नियन्त्रण गर्न सक्दैन । महाभ्रष्ट लोकमानसिंह कार्की, चुडामणी शर्मा, गोपाल खड्का हरुलाई कठघरामा उभ्याउन सक्दैन । वाईड वडी खरिदमा मन्त्री रविन्द्र अधिकारीको संलग्नतमा साढे ६ अर्व भन्दा बढी अनियमितता भएको कुरा सार्वजनिक भैरहदा पनी त्यस्को छानविन गर्न चासो दिदैंन । ४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी गर्ने मुख्य नाईके लाई पक्रन सक्दैन । नेपाली सेना भित्र भएको भनिएको ठुलो भ्रष्टाचार वारे चुँ सम्म गर्न सक्दैन । भने यो सरकार र सिंगो व्यवस्थाको विकल्प किन नखोज्ने? यि सत्ता र शक्तिमा रहेका हरु त्यसको दुरुपयोग गर्दै पाईला, पाईलामा चुकेका छन् । नैतिक रुपले पुर्ण -पतित भैसकेका छन । दलाल, भ्रष्ट , विचौलिया , माफिया हरुसंग यिनिहरुको नाजायज सम्वन्ध छ त्यसैले कसैप्रति एक्सन लिन सक्ने नैतिक बल यो सरकार र संसदीय पार्टीका कुनैपनी नेताहरुमा छैन भन्ने प्रष्ट हुन्छ ।
अन्तमा माथी उल्लेखित विषयहरुलाई सम्वोधन गर्दै देश र आम नागरिक लाई स्वाधिन सवल ,सक्षम , स्वतन्त्र र समृद्द बनाउन को निमित्त मुख्य बाधक यो दलाल पुजिँवादी संसदीय व्यवस्था नै हो। विगतका नेतृत्वको गद्दारी का कारण अवको क्रान्ति र नेतृत्व बारे केहि आशंका हरु पनि जिवितै छन् तथापी आज सम्मको राजनितिक करियरमा निश्कलंक छविका साथ देश र जनताको मुक्तिको निमित्त समर्पित व्यक्ति कमरेड विप्लव को साहसिक र कुशल नेतृत्वमा सञ्चालित एकिकृत जनक्रान्ति को माध्यमबाट जनताको समाजवादी सत्ता निर्माण गर्ने महाअभियान मा सरिक बनौ!जनताको न्यायपुर्ण क्रान्तिको जित सुनिश्चित छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु