कहिले रोकिन्छ घुसखोरी र छाडातन्त्र ? प्रशान्त लामा दोङ

२०७३ भाद्र ४ गते, शनिबार

जतिबेला जनताको छोराछोरीको ज्यान जान्छ त्यतिबेला आँखा खोल्ने यो सरकार र सरकारी निकायको कारण यतिखेर नेपाली सडक यातायात अस्तव्यस्त बनेको छ । सरकार , सरकारी निकाय र यातायात व्यवसायी बीचको घुषखोरी तन्त्रले छाडातन्त्रको बिकास हुँदै छ । राज्यलाई बुझाउनु पर्ने करबाट छल्नको निम्ति निश्चित दुरीसम्मको रूट परमिट नलिइ सडकमा गाढी गुडाउने यातायात व्यवसायी , रूट परमिटको आधारमा यातायात व्यवसायीलाई गाडी गुडाउन बाध्य नपारिने सरकारी निकाय , दुर्घटनाको बेलामात्र निर्देशन दिने सरकार तीन ओटै जनताको जीविकाको सरोकार राख्ने निकाय हत्यारा हुन भन्दा फरक नपर्ला । सडकमा आज होइन व्यावसायीले छाडातन्त्र चलाएको , सरकारी निकायले आज होइन घुषखोरी तन्त्र चलाएको , सरकार आज बनेको होइन निकम्भ भएको ,पहिलादेखि नै थियो । जे होस काभ्रे दूर्घटनाले सरकारको आँखा खोलेको छ ,जायज कुरो । तर व्यावसायीको छाडातन्त्र सरकारले नियन्त्रण गर्न सक्छ त ? व्यावसायीको लुटतन्त्र नियन्त्रण गर्न सक्छ त ? सरकारी निकायको घुषखोरी तन्त्र अन्त गर्न सक्छ त ? यी तीन ओटा गंभीर चुनौति सरकारको सामू उभिएको छ । सरकार नक्कली लाइसेन्स खारेज भन्छन , सरकार निकाय घुषखोरीतन्त्रमा हजारौ नक्कली लाईसेन्स बितरण हुन्छ ।सरकार निश्चित भाडादर कायम गर्छ , व्यावसायी लुटतन्त्र मच्चाउँछ । सरकार नक्कली लाइसेन्स बोक्ने र लाइसेन्स बिहिन चालकमाथि कारबाही भन्छ , सरकारी निकायको ट्राफिक प्रहरीहरू पाँच सय , पच्चीस सयको नोटमा लाम्पस्सर , सरकार गाडीमा क्षमता अनुकुल यात्रु बोक भन्छ , व्यावसायी क्षमताभन्दा दुई गुना बढी यात्रु बोकेर सडकमा गाडी दौडाउँछ , सरकारी निकाय मुकदर्शक । सरकार मुखले कारबाही भन्छ तर घटनाको घाउ सेलाएपछि निदाएर बस्छ । बिचरा निकम्भ सरकार ! कार्बाही गरे फेरी आफ्नै पार्टीको मान्छे पर्लान , आफ्नै भाइ भतिजा र छोराको लुटतन्त्र मच्चाउने व्यावसायी धरापमा पर्लान अनि किन गर्छन यिनले कारबाही ? जनता भनेका त यी सरकार र सरकारी निकायको लागि भेडा सरह त हुन नि हैन र ? यो घटनाले दुईचार दिन आँखा खोल्छन , त्यसपछि चुपचाप । नेपालको सबै भन्दा बढी जनताको जनजीविकामा ब्रह्मलुट मच्चाउने को हो भनेर सोध्यो भने सरकार र व्यूरोक्रेसी भन्दा उपयुक्त होला । ब्यूरोक्रेसीको रातो मसि पैसामा घुम्छ , ट्रफिकको डन्डा नोटमा घुम्छ , सरकारको आँखा कमिसनमा घुम्छ भने जनताको लागि को हो नि ?भन्दा कुनै दिन जन्मिएला भनि भोलिवादको भूमरी बस्नुपर्ने बाध्यता छ । त्यसैले ठिकै भनेको रहेछ केपि ओलीले एउटै जातको काठको बीँड लगाएको बञ्चरोले म काठलाई कसरी काटूँ ? मान्छेहरू केपि ओलिलाई ऊखाने भन्थो तर यथार्थमा सही रहेछ भन्दा उपयुक्त होला । सतिले सरापेको यो देशमा यथार्थ कुरो बोल्नेहरू पागल हुन्छ ,उखाने हुन्छ तर झुटको खेती गर्नेहरू यहाँ सत्य हुन्छ । त्यसैले यातायात मन्त्रीले ढिलै भए नि आँखा खोलेछ । जनता यातायात मन्त्रीको परालको ओगो ताप्न चाहँदैन ।आगो आगो जस्तै होस ,जनता त्यो चाहन्छ । सुन्दैछु लुट तन्त्रको मफियाहरू जनताको ढाड सेकाएर दिउँसै चर्को भाडा असुल गरेर लुटतन्त्र मच्चाउँदैछन रे । त्यसैले खबरदार जनताको आशा र भरोसामा लात हान्ने काम नगरेस ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु