ऊर्जामन्त्री प्रभाकरलाई खुल्ला पत्र

२०७३ पुष २९ गते, शुक्रबार

श्रद्धेय नेता प्रभाकर,लाल सलाम !
अर्घाखाँचीमा तपाईं लक्षित घटनाले हामी लाइ आक्रोशित मात्र बनाएको छैन यो संसदिय ब्यवस्थाले हाम्रा कुशल कमाण्डरलाइ गिज्याइरहेको प्रती घृणाभाव पैदा गरेको छ । म उक्त हर्कतको बिरोधमा सडकमा उतिर्न चाहन्थे तर बाध्यता बस रोकिएको छु । किनभने यो आक्रमण माओवादी आन्दोलनले जन्माएर हुर्काएको एक योद्दा माथिको प्रहार होइन र हुनसक्दैन किनकी यो तागत दलाल र लुच्चाहरु संग थिएन र हुदैन पनि । यो त दलाल ब्यवस्थामा भएको एउटा उर्जाशिल मन्त्री प्रतीको अस्वीकार्यता हो । भने त्यही प्रणालीको सार्वजनिक अपिल पनि हो तिमि तिम्रा अरु जस्तै भएर लम्पसार हुन सक्दैनौ भने या जनवादी पारा देखायौ भने हामी यस्तो सम्मान दिन्छौ भन्ने जवरजस्त संदेश समेत हो । हामिलाइ थाह छ आफ्नै पार्टीका धेरै मान्छे नालायकी तरिका बाट लुटपाटमा लाग्दै गर्दा प्रभाकरले जनतालाइ दिन खोजेको थोरै मात्र सेवा जो प्रसम्सनिय र सम्झिन लायक छ । तर तपाइ यति मात्र सोचेर सम्झेर होमिएको नेता होइन । यो भन्दा कैयौं गुणा गर्न सक्ने क्षमता र सपना छ तर बाध्यता तपाइको वरिपरि निक्कै अग्लो गरी स्वार्थी पर्खालहरु लगाइएका छन । यो नाघ्न पर्छ अन्यथा प्रभाकरलाइ प्रभावहिन देख्न चाहनेहरुले भोज गर्नेछन । त्यसैले तपाइ स्वयं लाइ भित्र देखी चित्त नबुझेको बैचारी लक्ष्य र ब्यवहारीक घेरा बाट बाहिर हेर्नुस लाखौं युवा प्रीय कमाण्डर प्रभाकारको स्वागत गर्न मुठ्ठी उठाउने छन ।
लुटपाट मात्र गर्ने दल,दर्शन र दिलका लागी प्रभाकरकको उपस्थिति अफ्ट्यारो लगारो बनेको देखिन्छ । त्यसैले मालेमाको सहि मक्सद साछी राखेर साथ दिएका गाउ बस्ती मजदुर, किसान, महिला, दलित , जनजाती र उत्पीडित क्षेत्र लाखौ युवा बिद्यार्थी स्मरण गर्नुहोस ।
जनताले गास काटेर पालेको, बस्तीमा छोडेर बचाएको र गस्ती गरेर जोगाएको भुल्न नसक्ने थुप्रै योद्धाहरु तपाइ लाइ हेरेर त्यतै अल्झिएका छन । उनिहरुको जिवनमा उर्जा भर्न पर्यावाची मन्त्री बनेर संभव छैन । त्यसैले एकीकृत जनक्रान्तीको मैदानले प्रभाकरलाइ मिस गरिरहेको छ ।
यो छोटो पत्र बाट ओझेल पर्दै मैदानको रातो घाममा स्वागत ब्यानर लिएर उभिने छु ।
– लोकेश बिश्वकर्मा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु