नाओमी ओशाका पुनः युएस ओपन च्याम्पियन

२०७७ भाद्र २८ गते, आईतवार

काठमाडौं । न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर नाओमी ओशाका पुनः युएस ओपन च्याम्पियन बनेकी छन् । जापानी खेलाडी ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् । सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् । सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकाले पछि त्यसपछि पछि परिन् ।
ओशाकाले खेल जीवनमा यो तेस्रो ग्राण्डसलाम उपाधि जितेकी हुन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु