‘श्रमिकहरू भोकै र उत्पीडित हुनुपर्ने दलाल संसदीय व्यवस्था फेर्नुपर्छ’

२०८१ बैशाख २८ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मद्येस प्रदेश इन्चार्ज अनिल सीले श्रमिकहरू नै भोकै नाङ्गै बस्नुपर्ने, सामाजिक न्याय नपाउने, महिला, दलित र गरीबलाई हेप्ने–चेप्ने वर्तमान दलाल संसदीय व्यवस्था फालेर नेपाली विशेषताको समाजवाद ल्याउनु पर्ने बताएका छन्। विहिबार सप्तरी जिल्ला सदरमुकाम राजविराजमा भएको जिल्लाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै अनिल सीले संसदीय व्यवस्था फालेर नेपाली विशेषताको समाजवाद ल्याउुपर्ने दावी गरेका हुन् ।
बैठकले प्रचारात्मक, सङ्‌गठन र सरकारी कार्यालयमा भइरहेका भ्रष्टाचारविरुद्ध सङ्‌घर्ष गर्ने निर्णय गरेको बताइएको छ ।

उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टी सप्तरी जिल्ला सदस्य तथा कम्युनिस्ट योद्धा लक्ष्मणवती रामले पार्टीप्रति आफूमा परिवारमाथि भन्दा ठूलो भरोसा भएको बताएकी छन् । २०७५ सालमा भएको राजविराज–जनकपुर पैदल यात्रामा प्रहरीले उनलाई जनकपुरमा आक्रमण गरेकोले धाइते भएको स्मरण पनि गरिन् । पार्टीको कारण उच्चजातले आफूहरुलाई हेप्न नसकेको पनि बताएकी थिइन् ।
यसैबीच, जनयुद्धका बेपत्ता योद्धा नरसिंड चौधरीका भाई रामपुकार चौधरीले सिंहदरबारले बेपत्ता योद्धाका परिवारको बेवास्ता गरेको र न्याय नदिएको गुनासो गरेका छन् । विहीबार सप्तरीको खरचुहिया बजारमा नेकपाका मधेस प्रदेश इञ्चार्ज अनिल सीसहितको टोलीसँगको छलफलमा उनले उक्त पीडा पोखेका हुन् । छलफलमा चौधरीले एक पटक नेकपाका महासचिव विप्लवसँग भेटने इच्छा रहेको बताएका थिए। चौधरीले प्रचण्ड र बाबुराम भट्टराईसँग न्याय माग्दा–माग्दा थाकेको गुनासो गरेका थिए ।

प्रतिक्रियाहरु